काठमाडौं –
माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माओवादी केन्द्र मात्र जनताको सुख दुःखको साथी भएको बताएकी छिन् ।
भरतपुर योङ्ग कम्युनिष्ट लिग नेपाल वडा नं २० स्तरीय कार्यकर्ता भेटधाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मुलुकले प्राप्त गरेको युगान्तकारी परिवर्तन महान् ज न यू द्ध को बलबाट मात्र सम्भब भएको भन्दै उनले सबैलाई माओवादी केन्द्रमा संगठित हुन आग्रह गरिन्।
माओवादी पार्टीमा लागेर मात्र आत्मासम्मान प्राप्त गर्न सकिने उनले बताईन् । भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा आफू
महानगरपालिकामा जनप्रतिनिधिको रूपमा प्रवेश गरेसँगै नगरको समग्र विकास र नगरवासीको सम्वृद्धिका लागि निरन्तर क्रियाशील रहेको बताउँदै माओवादी केन्द्रबाट
निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मात्र विकासलाई केन्द्रमा राखी काम गरेको कारण भरतपुरमा यो रफ्तारको विकास सम्भव भएको बताईन् ।
उनले भनिन्, ‘तपाई यूवा साथीहरू माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ, तपाईहरूको माओवादी केन्द्र विकास र समृद्दि सार्थक बनाउने महाअभियान हो’।
उनले भरतपुर महानगरपालिका भित्र ४ बर्षमा ६ सय १० कि मी कालोपत्रे सडक निर्माण सम्पन्न भएको भन्दै चितवनलाई देशकै विकासको केन्द्र बनाउन आउने निर्वाचनबाट पनि
माओवादी केन्द्रका विकासप्रेमी उम्मेद्ववारहरूले नै विजय हासिल गर्नुपर्ने बताइन्। सबै नेता कार्यकर्ताहरूलाई चुनाब केन्द्रित अभियानमा लाग्न समेत उनले आग्रह गरिन् ।
सो अवसरमा प्रमुख दाहालले सुकुम्बासी, भूमिहिन तथा अब्यवस्थित बसोबासीहरूलाई देबी ज्ञवाली आयोगले झुक्काएको बताउँदै अहिले बनेको आयोगले मात्र लालपूर्जा वितरण गर्ने बताइन् ।
भरतपुरका सूचीकृत भएका १० हजार २९ जनालाई आफ्नै कार्यकालमा लालपूर्जा बाँड्ने गरी काम अगाडी बढिरहेको बताउँदै उनले माघ १५ गते बाट जग्गाधनिपूर्जा बितरण सुरू गर्ने बताइन्।
कार्यक्रममा अन्य पार्टी छोडी माओवादी केन्द्रनिकट योङ्ग कम्युनिष्ट लिगमा धर्मदत्त थापा, बेल बहादुर सार्की ,रत्न बहादुर भूजेल ,प्रकाश परियार, सुदिप भुजेल, राम नेपाली, राम वि.क, गोरे कुमाल, कुल बहादुर तामाङ,
भरत वि.क, विवेक वि।क, सन्तोस तामाङ, दिपक रिमाल, आशा तामाङ, हाशिस नेपाली, हरी बहादुर भण्डारी, गणेश गुरुङ, आशिस परियार, विकास गुरुङ, बुद्दि तामाङ, मनोज तामाङ, मनिस वसेल,सुदिप भुसाल, सुमन भुसाल,
सुजन रानाभाट, सुमन रानाभाट,कपिल दवाडी, उज्जवल शर्मा, राजकुमार गुरुङ,शिव गुरुङ,शुसान्त पौडेल, अनिल गुरुङ, प्रविण घले, हरी क्षेत्री,सलिन भुसाल,
अभिषेक घले,आदित्य गुरुङ,मनोज गुरुङ, सवित गुरुङ, योगेन्द्र गुरुङ, सुमन गुरुङ, निशान गुरुङ, सुमन गुरुङ, अनिस गुरुङ, यम गुरुङ, अनुप गुरुङ लगायत ८४ जना प्रवेश गरेका छन्।
प्रवेशीहरुलाई महानगरपालिका प्रमुख दाहालले अबिर र खादा लगाएर स्वागत गरेकी हुन् । यस्तै भेलाले अध्यक्षमा उत्तम गुरूङ ,उपाध्यक्षमा प्रबिन गुरूङ , सचिबमा अमृत दवाडी,कोषध्यक्षमा दिपेन्द्र पौडेल, सहसचिबमा सुरज गुरूङसहितको योङ कम्युनिष्ट लिग नेपाल वडा नं २० समेत गठन गरेको छ ।





















