कुलमान घिसिङले गरे यस्तो खुलासा, सबै चकित !

काठमाडौं –

नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताएका छन्।

शुक्रबार उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले लोड धेरै बढेपछि ट्रान्सफर्मर फेर्नुपर्ने र फेर्नका लागि केही समय लाग्ने भएकोले बिजुली गइरहेको बताए। उनले उपत्यकाको समस्या केही दिनमै हल हुने पनि बताए।

प्रमुख कार्यकारी निर्देशक घिसिङले भने, ‘अहिले देशभर हाम्रो डिमाण्ड गतसालको भन्दा २५ देखि ३० प्रतिशत बढेको छ। इण्डक्शनदेखि लिएर अहिले सबै इक्वीपमेण्टहरु प्रयोग भयो कि जस्तो देखिन्छ।

त्यसले गर्दा ३ सय, ४ सय मेगावाट डिमाण्ड बढेको छ। त्यसले काठमाडौं उपत्यकामा पनि ४ सय ५० मेगावाट डिमाण्ड छ। अब काठमाडौंमा अलिकति ठाउँ ठाउँमा अहिले समस्या आएको भन्ने मलाई पनि जानकारी भएको छ।

बेलुका साढे ५ देखि ७ बजेसम्म पिक हुन्छ। हाम्रो त्यो पिकको टाइममा केही ट्रान्सफर्मरहरु ओभरलोडिङ भएको देखिन्छ।’

प्रमुख कार्यकारी निर्देशक घिसिङले जायिकाको १५० मिलियनको फण्ड आइरहेको र त्यो फण्ड काठमाडौं र पोखराका प्रमुद क्षेत्रमा अण्डराउण्ड केवलिङमा हुने उल्लेख गरेका छन्।

यो पनि : सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा स्थापना भएको विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् व्यापार कम्पनीलाई विद्युत् व्यापारको अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री पम्फा भुसालले बताइन् । 

अहिले प्रस्तावित विद्युत् विधेयकमा विद्युत् व्यापार कम्पनीलाई अनुमतिपत्र दिने व्यवस्था भए पनि विद्यमान ऐनमा नेपाल विद्युत् प्राधिकरण बाहेक अन्य कम्पनीले विद्युत् व्यापार गर्न पाउने व्यवस्था छैन ।

मन्त्री भुसालले निजी क्षेत्रबाट आउने कम्पनीलाई समेत अन्तरदेशीय विद्युत् व्यापारको अनुमति दिने तयारी गरेको बताइन् ।

भाडामा बस्नेलाई छुट्टै मिटर 
अब घरभाडामा बस्नेले आफ्ना लागि मात्र प्रयोग हुने गरी प्राधिकरणको छुट्टै मिटर लिन सक्ने भएका छन् । अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । विद्युत् वितरण विनियमावली, २०६९ लाई संशोधन गरी यस्तो व्यवस्था गरिएको हो । 

‘यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन्,’ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भनिन् ।

घरधनीको मिटरबाटै भाडामा बस्नेले पनि विद्युत् उपयोग गर्नुपर्ने र प्राधिकरणले तोकेकोभन्दा धेरै महसुल तिर्नुपर्ने अवस्था देखिएकाले यो व्यवस्था गरिएको मन्त्री भुसालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...