काठमाडौ –
तत्कालिन युवराज दिपेन्द्र शाहसंग प्रेममा रहेका कारण चर्चामा रहेकी देवयानी राणा फेरी एक पटक चर्चामा आएकी छन् ।
राजपरिवारको नि ध न पछि उनी भारतमै थिइन् । हालै उनलाई बहुराष्ट्रिय कम्पनी कोकाकोलाले भारत तथा दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार एवं दीगोविकास मामिला हेर्ने गरी उपाध्यक्षमा नियुक्त भएकी थिइन् ।
तर फेरी उनी अहिले भारतका १०० महत्वपूर्ण व्यावसायिक व्यक्तिको सूचीमा परेकी छन् । रेप्युटेशन टुडेले हालै सार्वजनिक गरेको १०० जना महत्वपूर्ण व्यक्तिको सूचीमा उनको नाम परेको हो ।
उक्त सूचीको ४६औं स्थानमा रहेकी उनी बहुराष्ट्रिय कम्पनी कोकाकोलासँग आबद्ध छिन् । ४७ वर्षीया देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष पशुपति शम्शेर राणाकी छोरी हुन् ।
नेपालमा २०५८ जेठ १९ गते भएको दरबार घटना पनि उनी अचानक चर्चामा आएकी थिइन् । उनी र युवराज दिपेन्द्रबीच प्रेम रहेको र परिवारले प्रेम स्वीकार नगरेका कारण दरवार घटना भएको बताइएको छ ।
परिवारले प्रेम अ’स्वीकार गरेका कारण तत्कालिन युवराज दिपेन्द्रले परिवारका सबै सदस्य समाप्त हुने गरी घटना गराएको आधिकारिक प्रतिवेदनमा उल्लेख छ । तर सर्वसाधारणले सो कुरामा भने विश्वास गरेका छैनन् ।
लण्डन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर गरेकी देवयानीसँग संयुक्त राष्ट्रसंघीय विकास नियोग लगायत विभिन्न संस्थामा काम गरिसकेकी छन् ।
दरवार घटना भएको ५ वर्षपछि मध्य प्रदेशको राजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी देवयानीका एक छोरा छन् ।





















