दाङ –
रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृ त फेला परेका छन् ।
संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृ त फेला परेका हुन् । उनी निवासमा झु ण्डि ए को अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले बताए ।
‘उहाँको परिवार काठमाडौंमा भएकाले नपुगुञ्जेल ढोका खोलेका छैनौं’ उनले भने, ‘भित्रबाट ढोका लगाएको अवस्थामा उनलाई मृ त फेला पारिएको हो ।’
प्रहरीका अनुसार उनी शुक्रबार बिहान जिम गरेर कोठामा बसेका थिए । खाना खाने वेलासम्म नआएपछि हेर्न जाँदा मृ त अवस्थामा देखिएका थिए ।
यादव नेपाल प्रहरीमा २०४९ चैतमा प्रहरी निरीक्षकबाट प्रवेश गरेका थिए । उनको ब्याचका दुई जना विश्वराज पोखरेल र सहकुलबहादुर थापा हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।
तर यादव चाहिँ एसएसपीको ५५ वर्षे उमेर हदका कारण आगामी १५ माघमा अवकाश पाउँदै थिए । एसएसपी कुँवर भन्छन्, ‘हालसम्म उहाँको मृ त्युको कारण खुलिसकेको छैन, परिवार पुगेसँगै विस्तृत अनुसन्धान हुन्छ ।’ तस्बिर: यादवको फेसबुकबाट
यो पनि : दाङमा कर्तव्य ज्यान मु द्दा मा २० वर्ष कै द फैसला भएर स जा य भुक्तान गरिरहेका एक कै दी प्रहरीकै मोटरसाइकल चढेर फ रा र भएका छन् ।
घोराहीस्थित का रा गा र मा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् ।
घोराही का रा गा र का नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
उनका अनुसार परियार बिहान छालाको उपचार गर्न भन्दै घोराही स्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए ।
उपचारका लागि भनेर ह त क डी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।
उनका अनुसार प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आ शं का छ । घटनाबारे प्रहरी जवान चौधरीले दिउँसो चार बजेतिर मात्रै जानकारी गराएका थिए ।
चौधरीको भूमिका शं का स्प द देखिएपछि उनलाई थु ना मा राखेर अनुसन्धान भैइरहेको छ । फरार भएका परियारको खोजीमा प्रहरी परिचालन गरिएको एसपी काफ्लेले बताए ।





















