काठमाडौं –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गर्दा पनि केपी शर्मा ओलीले आफूलाई धो का दिएको बताएका छन्।
बिहीबार न्यूज एजेन्सी नेपालसँगको संवादका क्रममा उनले यस्तो बताएका हुन्।
‘मलाई प्रधानमन्त्री बनाउने लिखित सहमति गर्दा पनि ओलीले धो का दिए’, उनले भने, ‘दुई पार्टी मिलाएर नेकपा बनाउँदा अध्यक्ष र प्रधानमन्त्रीमा पनि आधा आधा सहमति भएको हो। तर लिखित गर्दा पनि केपी ओलीले धो का दिए ।’
उनले ओलीले बीचमा आएर प्रधानमन्त्री छाड्न नमानेको पनि उनले बताए। ‘आधा कार्यकाल पूरा भएपछि अन्य नेताहरूसमेत साक्षी राखेर ओलीले बजेटसँगै मलाई सत्ता हस्तान्तरण गर्ने भने’,
दाहालको भनाइ थियो, ‘झलनाथ, माधव र वामदेवले लिखित सहमति गरौँ भन्नु भएको थियो। तर यति कुरामा किन लिखित चाहियो भनेर म नै मानिनँ, अन्तिममा ओलीले धो का थिए।’
उनले ओलीसँग पार्टी एकता प्रस्ताव आफूले नै गरेको पनि बताए। ‘पार्टी एकता प्रस्ताव मैले नै गरेको हो। मलाई यसमा पश्चाताप छैन’, उनले भने, ‘देशमा राजनीतिक स्थायित्व पनि आउँछ भनेर गरेको थिएँ तर ओलीले बिगारे।’
उनले नेकपा खारेज भएपछि बनेको माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि आफूले विचारमा क्रम भं ग गर्ने गरी दस्तावेज लेखिरहेको पनि बताएका छन्।
‘ओलीले धो का दिँदा दिँदै पनि हामीले जितेका छौँ। मैले जितेकै हो तर अरुले हराए’, उनले भने, ‘अहिले मैले लेखेको दस्तावेजका कारण हामीलाई बीच बाटोमा छाडेर गएका साथीहरु आउनु हुन्छ भन्ने विश्वास छ।’
पार्टीमा आफू रहरले नबसेको पनि उनले बताए। ‘जसको नीति उसकै नेतृत्वले मात्रै गति लिन्छ। नेतृत्व र विचारलाई बाहिर राखेर गरिने बहस काम गर्दैन’,
उनले भने, ‘एकातिर विचार ठूलो होइन, नेतृत्व पाँच पाँच वर्षमा फेरौँ भन्नेछ। तर हामी विचारलाई नयाँ नयाँ ढंगले अगाडि बढाउन नेतृत्व दिगो हुनुपर्छ भन्छौँ। ज न यु द्ध का क्रममा पनि यसबारे ठूलो बहस चलेको थियो।’
उनले चुनवाङ बैठकबाट मैले एकलौटी तीन महिने युद्धविराम आफूले नगरेको भए १२ बुँदे सहमति पनि असम्भव रहेको उल्लेख गरे। ‘जसको नीति उसको नेतृत्व हुँदा कार्यान्वयन गर्न सजिलो हुन्छ’,
उनले भने, ‘नेतृत्वमा बसिरहने मेरो रहर होइन। साथीहरूले तपाईँ नेतृत्वमा बस्नुपर्छ भनेर पो बसेको हुँ। रिटायर्ड भएर मलाई त स्मरण लेख्न मन छ।’
चुनवाङ बैठकमा आफूले निर्णय लिन सकेका कारण अहिलेसम्मका सबै उपलब्धी हात परेको पनि प्रचण्डले बताए।
‘त्यो बैठकबाट मैले कदम नचालेको भए १२ बुँदे हुने थिएन। १९ दिने ज’न’आ’न्दो’ल’न पनि हुने थिएन’, उनले भने, ‘केही साथीहरुले पार्टीमा कति बसेको भनिरहेका छन्। बुर्जुवाहरूले प्रश्न गरिरहेका छन्।
तर म जनताको विकास र मुक्तिका लागि बसेको हो। व्यक्तिगत रुपमा यस्तो पदमा बस्नु भन्दा त रिटायर्ड भएर संस्मरण लेख्नुपर्ने थियो। तर नेतृत्व अहिले नै छाड्ने अवस्था छैन।’
भिडियो हेर्न यहाँ थिच्नुहोस
तस्बिर : फाईल फोटो





















