अ‍ाेमिक्राेन भा इ र स लाई लाई जित्न यी दुई खोप प्रभावकारी, कुन कुन हुन् ति खोप ?

काठमाडौं –

जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको भा इ र स बि रू द्धको खोपको दुई मात्राले ओमिक्रोनको प्र भा वबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन् ।

ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चि न्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्र ति रो धा त्म क क्षमताबाट उम्कन सक्छ भन्ने ड र छ ।

यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृ त्यु भएको प्रमाण भने भेटिएको छैन । बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने को भि ड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन् ।

खोप निर्माता जर्मन कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् ।

खोप लगाएका मानिसहरूको रगतको सीरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार ओमिक्रोन वि रु द्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा (बूस्टर) खोप आवश्यक भएको बताइएको हो ।

हालको खोपको दुई मात्रा लगाएका व्यक्तिको र’गतको नमूनाअनुसार भा इ र सको प्रारम्भिक प्रभावको तुलनामा एन्टिबडीहरूलाई तटस्थ राख्न औसत २५ गुणा कटौती भएको देखिएको कम्पनीले बताए ।

‘टि’ कोषबाट रोग प्र ति रो धा त्म क प्रतिक्रियाको अर्को भाग सम्भवतः अझै पनि यस भेरियन्ट वि रु द्ध अ’त्यधिक प्रभावकारी हुनसक्ने कम्पनीको दावी छ । साथै खोप लगाएका व्यक्तिहरूलाई अझै पनि यस रोगका ग म्भी र रूपहरूबाट जोगाउन सकिने फाइजरले जनाएको छ ।

तिनीहरूको नतिजाबारे थप गहन अनुसन्धान हुन भने बाँकी नै रहेको बताइएको छ । कम्पनीहरूले हाल बायोएनटेकद्वारा विकास हुँदै गरेको एन्टि–भा इ र स खोपको ओमिक्रोनको विशिष्ट संस्करण मार्च सम्ममा उपलब्ध हुने कुरा बताएका छन् ।

फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोरलाले भन्नुभयो, “दुई मात्रा खोपले पनि ओमिक्रोन स ङ्क्र म णको कारण हुने ग’म्भी र स म स्या बाट सुरक्षा प्रदान गर्न सक्ने भए तापनि यी प्रारम्भिक तथ्याङ्कबाट यो स्पष्ट हुन्छ कि हाम्रो खोपको तेस्रो मात्राले सुरक्षामा थप सुधार हुनसक्छ ।

यस्तै विश्व स्वास्थ्य संगठनले को भि ड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा सं क्रा म क भएको जनाएको छ ।

आइतबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले डेल्टा भेरियन्ट भन्दा ओमिक्रोन सं क्रा म क भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम ग म्भी र रहेको पनि डब्ल्यूएचओले प्रष्ट पारेको छ ।

डिसेम्बर ९ सम्म ६३ मुलुकमा ओमिक्रोन फेला परेका छन् । नयाँ भेरियन्ट तीव्र गतिमा फैलिनुको कारण अझै प्रष्ट भइसकेको छैन । तर हालसम्म उपलब्ध तथ्यांक हेर्दा ओमिक्रोनले सं क्र म ण गतिमा डेल्टालाई उछिन्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

‘तर हाल उपलब्ध तथ्यांक हेर्दा सामुदायमा सं क्र म ण फैलिन पुग्यो भने ओमिक्रोनले डेल्टा भेरियन्टलाई उछिन्ने देखिन्छ’ डब्ल्यूएचओको विज्ञप्ति उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

प्रारम्भिक तथ्यांकका आधारमा ओमिक्रोनले को भि ड-१९ खोपको प्रभावकारिता समेत घटाउन सक्ने तर डेल्टाभन्दा कम घा त क रहेको पनि डब्ल्यूएचओको विश्लेषण छ ।

‘ओमिक्रोन वि रु द्ध खोपको प्रभावकारिता सम्बन्धी उपलब्ध तथ्यांक सीमित छ र स्वतन्त्र रुपमा विश्लेषण हुन बाँकी छ,’ विज्ञप्तिमा भनिएको छ,

‘तर प्रारम्भिक प्रमाण र निकै परिवर्तित भएको ओमिक्रोनको स्पाइक प्रोटिनसम्बन्धी विवरणले यसको संक्रमण तथा विस्तारवि रु द्ध खोपको प्रभावकारिता घट्ने देखाउँछन् ।’

यो पनि : बेलायतमा को रो ना भा इ र सको नयाँ भेरियन्ट ओमिक्रोनको सं क्र म ण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आ प त का ल नै घोषणा गर्नुभएको छ ।

ओमिक्रोन सं क्र म ण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ । टेलिभिजन मार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल र ज्वारभाटा नै आउनेमा कुनै आशंका नभएको भन्दै समयमै सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने योजना बनाएको थियो । तर ओमिक्रोनको सं क्र म ण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको हो ।

बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरिएको छ । विगत केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ सं क्र मि त थपिरहेका छन् । ओमिक्रोनबाट सं क्र मि त हुनेको संख्या पनि दैनिक ५ सयको हाराहारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...