ज्योतिषले जुराईदिए प्रधानमन्त्रि देउवाको साइत, कुन साइत उत्तम रहेछ त ?

काठमाडौं –

बालुवाटार बंकर सहित सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ ।

नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ । आजको यो साईत देउवाका निजी ज्योतिषले जुराई दिएका हुन् । यही साइतमा देउवाले बंकरको पनि अबलोकन गर्नेछन् ।

पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको छ । एक रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्ने छन् ।

दुई रोपनी जग्गामा बनाइएको अर्को भवन सार्वजनिक प्रयोजनका लागि हो । सार्वजनिक भवन अझै बन्ने क्रममै छ । प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रवन्धयुक्त छ ।

यो भवनको पहिलो तलामा मुख्य शयन कक्ष, परिवारका सदस्यका लागि अर्को शयन कक्ष, पारिवारिक कोठा, प्रधानमन्त्रीको अध्ययन कोठा, पूजा कोठा, होम थिएटर, लबी, जिम हल, बाल्कोनी लगायत छन् ।

दोस्रो तलामा अति विशिष्ट पाहुनाका लागि तीन वटा कोठा, विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने कोठा, पाहुनाको सहयोगीका लागि कोठा, डाइनिङ, किचन र लबि लगायतका कोठाहरु छन् ।

सार्वजनिक प्रयोजनका लागि बनाइएको भवनको भुइँ तलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषदको आकस्मिक बैठक कक्ष, सञ्चार केन्द्र लगायतका कोठाहरु छन् ।

यो पनि : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन्। सभापतिका प्रत्यासी देउवाले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

केहीबेरअघि सुरु भएको मतदानमा सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् भने अन्य प्रत्यासी डा। शेखर कोइराला र विमलेन्द्र निधि पनि मतदानस्थलमै रहेका छन्।

यसैगरी उपाध्यक्षका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा.रामशरण महत, सुनील थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलगायतले पनि मतदान गरिसकेका छन्। 

मतदानका लागि प्रतिनिधि लामबद्ध रहेका छन्। कांग्रेसका नेता कूलबहादुर गुरुङले पहिलो मत खसालेका थिए। एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ।

अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ। एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुरु भएको हो। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ। मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ।

यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक,

अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...