किन गाउँगाउँ डुल्दैछन् बाबुराम भट्टराई ? यस्तो रहेछ भित्रि कारण !

काठमाडौं –

हिजोआज पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई राजधानी काठमाडौँमा कमै भेटिन्छन् । उनी कहिले गृहजिल्ला गोरखाको गाउँघर डुलिरहेका हुन्छन् । कहिले दाङ, बुटवलतिर भेटिन्छन् ।   

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले नियमित जसो जनताको घरदैलो चाहर्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् ।

र उनी आलोचनाको ‘ईस्यु’ बन्छन् । आलोचनालाई पचाएर भट्टराई जनताको घरदैलोमा पुग्न छाडेका छैनन् । पूर्व प्रधानमन्त्री भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’ अभियान लिएर देश दौडाहामा छन् । 

यही अभियान लिएर उनी बिहीबार साँझ तनहुँ आए । तनहुँमा उनले शुक्लागण्डकी नगरपालिका–९ घारी मालेबगरमा एक रात दलित समुदायको घरमा बिताए ।

पत्नी हिसिला यमीसहित आएका भट्टराईले आकाश नेपालीको घरमा एक रात बिताएका हुन् । प्रधानमन्त्री हुँदाको बखत नै दलित समुदायको घरमा बास बस्ने गरेका थिए ।

स्थानीय नेता कार्यकर्ताको हुल लिएर पुगेका भट्टराई दलित समुदायको घरमा बसे पनि बिहीबार साँझ र शुक्रबार बिहानको खानापानको व्यवस्था पार्टीले नै गरेको थियो ।  

बिहीबार साँझ डा.भट्टराईले शुक्लागण्डकी नगरपालिका–९ मा जनता समाजवादी पार्टी वडा कमिटीको कार्यालयको उद्घाटन गरे । जसपा अब निर्वाचनमा होमिएको छ है भन्ने सन्देश स्पष्ट प्रवाह गरिरहेका छन् । 

शुक्रबार बिहान डा.भट्टराई र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले शुक्ला गण्डकीका दुई स्थानमा भेटघाट र छलफल गरे ।

शुक्लागण्डकी नगरपालिका–८ लालिममा भएको भेटघाट डा.भट्टराईले जनताको समस्या जनताको घरदैलोमा पुगेर बुझ्नलाई आफुले अभियान चलाएको सुनाए । 

भट्टराईले यो देशलाई सम्बृद्धिको यात्रामा लैजान पुराना शक्तिले नसक्ने टिप्पणी गरे । केपी ओलीले पञ्चायतशैली देखाइरहेको उनको आरोप छ ।  

डा.भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म मुलुकमा राजनीतिक स्थिरता कायम नहुने दोहोर्याए ।   सत्ता साझेदार दलको गठबन्धन आगामी निर्वाचनसम्म रहने उनको दाबी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...