काठमाडौ –
कैलालीमा आफ्नो देशको सीमाना पनि नचिनेर नेपाली भूगोललाई भारत नै हो भन्दै घुम्दै हिडेका दुई भारतीय प्रहरी प क्रा उ परेका छन् ।
नेपाल प्रहरीले कैलालीमा इजाजत बिना आएका दुई जना भारतीय प्रहरीलाई प क्रा उ गरेको छ । भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमार प क्रा उ परेको कैलाली प्रहरीले जनाएको छ ।
उनीहरु भारतीय सिमानावाट भित्र नेपालको ३ वटा चेकप्वाइन्ट र भन्सार पार गरेर आएका थिए । उनीहरु सवार एचआर ३१ पी ८७७९ नम्बरको टोयोटा गाडीकोे ठ क्क रबाट एक जना घा इ ते भएपछि उनीहरुलाई प क्रा उ गरिएको हो।
उनीहरू सवार गाडीले टीकापुर–९, झुँगाको पीपल बोटनजिकै ठ क्क र दिएपछि टीकापुर नगरपालिका–९, रोइनीबोझी बस्ने ४१ वर्षीय इन्दलकुमार गोडिया घा इ ते भएका थिए।
घा इ ते गोडियालाई टीकापुर अस्पतालबाट कोहलपुर रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय प्रहरी झुक्किएर नेपाल प्रवेश गरेको खुलेको बताए।
‘उनीहरु भारतको नै क्षेत्र हो भनेर खक्रौला नाका भएर नेपाल प्रवेश गरेका रहेछन्,’ उनले भने, ‘फर्किने क्रममा भारतीय प्रहरी सवार गाडीले ठ क्क र दिएपछि प क्रा उ गरिएको छ।’
यो पनि : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले विराटनगर विमानस्थलमा रहेको शौचालयको अनुगमन गरेका छन् । एक कार्यक्रममा सहभागी हुन शुक्रवार विराटनगर विमानस्थल ओर्लिएका मन्त्री आलेले अचानक शौचालयको अनुगमन गरेका हुन् ।
विमानस्थल परिसरमा फोहोर देखेर मन्त्री आले अचानक शौचालयको अनुगमनमा पुगेपछि विराटनगर विमानस्थलका कर्मचारी अलमलमा परेका थिए ।
शौचालय अनुगमनपछि उनले शौचालय ठिकै रहेको भन्दै त्यहाँबाट बाहिरिए । विराटनगर ओर्लिएपछि उनले विमानस्थलमा रहेको क्नभियर बेल्ड अनुगमनलगत्तै उनले यात्रुकक्षमा रहेको शौचालयको अनुगमन गरेका हुन् । शौचालयको अनुगमन गर्ने कार्यक्रम अचानक बनेको थियो ।
‘मन्त्रीज्यूले विमानस्थलको अनुगमन गर्ने पूर्व कार्यक्रम थिएन’ प्रमुख खरेलले भने, ‘अचानक मन्त्रीज्यूले विमानस्थलभित्रको यात्रु बाहिरिने कक्षका साथै शौचालयको अनुगमन गर्नुभयो ।’
मन्त्री ज्युको अनुगमन गर्ने कार्यक्रमले एकैछिन त हामी नै अलमलमा परेका थियौं ।’ तर मन्त्रीज्यूले अनुगमनका क्रममा समस्या समाधानका लागि बजेटमार्फत सम्बोधन गर्ने आश्वासन दिएको खरेलले बताए ।
मन्त्री आलेले सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट विराटनगर विमानस्थलका लागि आवश्यक बजेट विनियोजन हुने दाबी गरे । विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नतिका लागि बजेट अभावमा रोकिएको छ ।
यो पनि : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व डिआईजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन् ।
उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउने बताए । पूर्वडिआईजी खरेलले देशमा अहिले कुशासन व्यप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
पूर्व डिआईजी खरेलले भने, ‘हामी सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्छौँ । हाम्रो देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएका छौँ ।
अहिले सबै कुशासनले व्याप्त भएर देशको यो हालत भएको छ । मैले सबै साथीहरुलाई भनेको छु सेवा गर्ने हो मेवा खाने होइन। तर राजनीतिमा लागेकाहरु पेशाकर्मी भए, मेवा खाए, नागरिकहरुलाई केही वास्ता गरेनन् । हामी तपाईहरुलाई कहिल्यै पनि धोका दिँदैनौँ ।’
पूर्व डिआईजी खरेलले सेवा गरेर मेवा खाने नभइ सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने बताए । उनले सबै नागरिकको चासो र आवश्यक्तलाई ध्यानमा राखेर जनतालाई धोका नदिने गरी काम गर्ने प्रतिवद्धता पनि जनाए ।





















