बिहे गरेको ३ दिनमै बेहुली फरार भएपछि…

काठमाडौं – बैतडीमा एक युवती बिहे गरेको ३ दिनपछि बेपत्ता भएकी छन ।

जिल्लाको दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमकी जयन्ती जोशीसँग बिहे गरेका थिए ।

दुलही गायब भएपछि अहिले बेहुला भट्ट उनको खोजीमा जुटेका छन। उनले फरार भएकी दुलहीको खोजीकार्य गरिदिन भन्दै प्रहरीमा निवेदन पनि दिएका छन् ।

दिपक र जयन्तीबीच गत असोजदेखि फोनमा सम्पर्क हुन थालेको थियो । लामो कुराकानी पछि बिहेको कुरा अघि बढेको दुलाहा दिपकले बताएका छन् ।

फोनमा कुरो गर्दै जाँदा सम्बन्ध झाङ्गिदै गएपछि मंसिर १ गते दिपक दुलही हेर्न गएका थिए । उनीहरुको यहि मंसिर १२ गते विवाह सम्पन्न भयो । १३ गते घर भित्र्याएकी दुलही १५ गते घर छोडेर गएको दिपकले गुनासो गरे ।

केटीको अर्कै केटासँग सम्बन्ध रहेको र घरबाट त्यसलाई नदिने विचार रहेकाले आफूलाई फसाएको उनले दाबी गरे । –सिमारेखाबाट

-फाइल फोटो

यो पनि : बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मु द्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् ।

एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई ग म्भी र स्वास्थ्य सम स्याको साथमा जन्माएको आ रो प लगाउँदै मु द्दा हालेकी थिइन् ।

द सनका अनुसार एवीको जन्म २००१ मा भएको थियो । उनलाई जन्मिँदा नै लिपेमाइलोमेनिंगोसेले नामको स्वास्थ्य सम स्या थियो ।

यो एक प्रकारको ग म्भी र स्वास्थ्य सम स्या हो जसलाई मेडिकल भाषामा स्पाइना बिफिडा भनिन्छ । यही स्वास्थ्य सम स्याका कारण उनले डाक्टरलाई मु द्दा हालिदिएकी थिइन् ।

एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् ।

यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए ।

लण्डन हाइकोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...