काठमाडौं –
हाम्रो नेपाल, हामी नेपाली अभियानका संयोजक ज्ञानेन्द्र शाहीले भेटेर राप्रपाको अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।
चीर अ’न्ध’का’रमा जुनकिरी पिलपिलाएको भन्दै शाहीले राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएको आफ्नो फेसबुकमाफर्त जानकारी दिएका हुन् ।
उनले लेखेका छन्ः विदेशी षडयन्त्र र स्वदेशी खोल ओढेका विदेशी दलाल एजेन्टहरूको कारण देशको हर क्षेत्र संघ संस्था निकाय तहस नहस भएको वर्तमानको चीर अ’न्ध’का’र’म’य कु’शा’स’न,भ्र’ष्टा’चा’र,वि’कृ’ति , वि’सं’ग’ति र रा’ष्ट्र’घा’ती’यु’क्त वातावरणमा राप्रपाको महाधिवेशनले क्षि’ति’जमा आशाको दियो जलाएको छ।
चीर अ’न्ध’का’रमा जुनकिरी पिलपिलाएर चु’नौ’ती दिएको छ। यो महाधिवेशन औपचारिकतामा मात्र सिमित नभएर सुझबुझ पूर्ण निर्णय गर्दै देशको राजनीतिमा नयाँ सोच मान्यताको झण्डा फहराउँदै देश र जनताको पक्षमा कोशेढुङ्गा स्थापित गरेको छ।
एक सामान्य परिवारबाट संघर्षका डगरहरू पार गर्दै ईमान्दारी,संघर्ष, लगन,आस्था,समर्पण र राष्ट्रभक्तिले ओतप्रोत जनताको छोरालाई जिताउँदै अराजक,अराजनैतिक, अ’नै’ति’क,भ्र’ष्ट,अवसरवादी, रा’ष्ट्र’घा’ती र मौकापरस्त चरित्रलाई हराउँदै देशभक्ति कहिले नहार्ने सन्देश दिएको छ।
यसर्थ यो महाधिवेशनमा नेताले होईन प्रतिनिधिले जितेका छन्।सबभन्दा पहिले ती तमाम देशभक्त प्रतिनिधिहरूलाई हार्दिक बधाई विजयी सबै पदाधिकारीहरू तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना ।
विशेष गरि सामान्य जनाताको ईमान्दार देशभक्त छोरो,किराँत पुत्र तर सनातन धर्म परम्पराका अगुवा कर्मठ देशभक्त श्री राजेन्द्र लिङ्देन ज्यूलाई हार्दिक बधाई तथा शुभकामना । तपाई र तपाईको टिमको जीत साँच्चै देश र जनताको जीत बनोस् ।
हाम्रा वैभवशाली धर्म, परम्परा,संस्कृति, रितिरिवाज, देशभक्ति अनि नेपाली राष्ट्रियताको जीत बनोस् । कु’शा’स’न र भ्र’ष्टा’चा’रका वि’रू’द्ध सशक्त मशाल बन्दै श्रृजनशील, सौहार्द, समृद्ध अनि सुशासनयुक्त नव नेपाल निर्माण गर्न सम्वाहक बनोस् ।
देशभक्तिको यो सन्देश र यात्रा सबै राजनैतिक पार्टी एवं संघ संस्थालाई छुओस् । देश र समाजका निम्ति केही गर्न चाहने सामान्य जनताका छोराछोरीहरूलाई प्रेरणा बनोस् । सामन्ति सोच र रा’ष्ट्र’घा’ती चरित्रलाई सवक बनोस् ।
यो पनि : क्याप्टेन विजय लामाले पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमको सुधारका लागि राम्रो थालनी गरेको भन्दै प्रशंशा गरेका छन् ।
आलेका साथै कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियताले आज निगम ‘डेन्जरस गुड क्यारियर’ भएको भन्दै यो धेरै राम्रो प्रगती भएको बताएका छन् ।
साथै विभिन्न अरु कामहरुको सुरुवाती पनि गराइ सकेको भन्दै उनले आलेबाट ठूलो आशा पलाएको बताएका छन् ।
निगमले हालैमात्रै खतराजन्य वस्तु बोक्ने अनुमति पाएपछि लामाले यस्तो टिप्पणी गरेका हुन् ।
लामाले सामाजिक सञ्जालमा लेखेका छन् –
मेरो साडे तीन दसकको कार्यकालमा धेरै पर्यटन मन्त्रीहरुका साथै कार्यकारी अध्यक्षहरु देखे र हर्कतहरु पनि भोगे! कोइ गफैमा सिमित रहे भने कोइ नामको लागि मात्र,
कोइ मौका पाएर पनि केही गर्न नसकी समय फ्याल्नेमा परे भने कोइ भत्काउनको लागि मात्र आएको पाए, कोइ अरु वायुसेवाको agent भएर आए। फेरि यसो भन्दा सबै नै त्यही दर्जामा राख्न खोजेको होइन!!
ने वा नि लाई बनाउनु पर्छ भन्ने सुगत कन्साकार ज्यु जस्ता पनि तिन तीन पटक आए तर हराए…तर दृढ इच्छा शक्ति भएका नेतृत्व कमै देखे । सबैले नेवानी सुधार गर्न खोजे, मन्त्र जपे पनि प्रगति हुन सकेन।
तर भनिन्छ समय सधै एकनास हुदैन… अहिले आशा लाग्दो कामको शुरुआत भएको छ… स्थापना भएको ६३ बर्ष सम्म हामीले खतराजन्य वस्तु बोक्ने अनुमति लिन नसकेर हामीले ठुलो ब्यवसाय गुमाएका थियौं..
वर्तमान मन्त्री प्रेम बहादुर आले ज्यु तथा कार्यकरी अध्यक्ष युबराज अधिकारी ज्युको सक्रियताले आज हामी dangerous goods carrier भएका छौ।
यो धेरै राम्रो प्रगती हो! साथै विभिन्न अरु काम हरुको सुरुवाती पनि गराइ सक्नु भएकाले पनि ठूलो आस पलाएको छ! बधाई छ हामी सबैलाई! धन्यवाद मन्त्री प्रेम बहादुर आले ज्यु र ने वा नि को अध्यक्ष युबराज अधिकारि ज्यु लाई!
जय चन्द्र सुर्य!





















