विद्युत प्राधिकरणले चाले यस्तो गजबको कदम, ७ लाख ग्राहकले यति धेरै सुविधै सुविधा पाउने

काठमाडौं –

ग्राहकलाई सहज र सस्तो मूल्यमा मिटर उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरणले एकै पटकमा सात लाखवटा इनर्जी मिटर खरिद गर्न भारतको जिनस पावर इन्फ्रास्टक्चर लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा प्राधिकरणका प्रबन्धक कोमल आचार्य र भारतीय कम्पनीका प्रतिनिधि पुनितले हस्ताक्षर गरे ।

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरय मिटर उपलब्ध गराउन प्राधिकरणले मिटर खरिद गर्न लागेको जानकारी दिए ।

सम्झौता भएको एक महिनापछि नै मिटरहरू नेपाल आउन सुरू हुने बताउँदै उनले भने, ‘संख्या धेरै भएकाले मिटरहरू विभिन्न लटमा आउनेछन् । सम्झौताको ५ महिनाभित्र सबै मिटर नेपाल आइपुग्नेछ ।’

उनले अगाडि भने, ‘प्राधिकरणले ६४ लाख अमेरिकी डलरमा सो मिटर खरिद गर्न लागेको हो । यसरी प्रतिमिटर नौ डलर खरिद मूल्य पर्न आउँछ ।’

प्राधिकरणले खरिद मूल्यबाहेक कुनै पनि अतिरक्ति मूल्य नलिई ग्राहकलाई सो मिटर उपलब्ध गराउने उनले स्पस्ट पारे ।

हरेक वर्ष करिब तीन लाख जना प्राधिकरणका नयाँ ग्राहक थपिन्छन् । यसरी प्राधिकरणलाई मासिक २५ हजार मिटर आवश्यक देखिएको गाेरखापत्रले छापेको छ ।

यो पनि : नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । 

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको लगानीमा निर्माण भइरहेका आयोजना सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले अनुगमन गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिए ।

चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए । भू’क’म्प, भारतीय सीमामा भएको अव’रोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ,

क’ठि’न भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका ज’टि’ल’ता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बा’ढी’प’हि’रो, को’भि’ड–१९ को म’हा’मा’री लगायतका कारणले आयोजनाहरुको निर्माण प्रभावित हुँदै आएको छ ।

‘मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको यी आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भने ‘बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७/८ महिना भित्रमा सम्पन्न गर्नुपर्छ ।’

माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङ लगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । समग्र निर्माण प्रगति ९१ प्रतिशत पुगेको आयोजनाले दावी गरेको छ ।

माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ ।

आयोजनाका अनुसार विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । समग्र निर्माण प्रगति ८३ प्रतिशत पुगेको छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ ।

निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् ।

प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ । रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

इलेक्ट्रो मेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजना स्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।

‘इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरु जडानका लागि ठाउँको अभाव छैन,

कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी ८/९ महिनाभित्र सक्नुहोस्, ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्ने छौं’ घिसिङले भने ।

तीन वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिशूली

थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...