काठमाडौं –
को रो ना भा इ र सको नयाँ भे रि य न्ट अ म्रि को न नेपालमा पनि भेटिएको छ । २ जनामा नयाँ भेरियन्ट पुष्टि भएपनि उनीहरु दुवै जना विदेशी नागरिक हुन् ।
तर, उनीहरु मंसिर ३ गते नै नेपाल आएका थिए । त्यसैले अहिले उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी र परीक्षणलाई प्राथमिकता दिईएको छ । सँगै, नि षे धा ज्ञा वा ल क डा उ न हुने हो कि भन्ने पनि मानिसहरुको चासोको विषय बनेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने ल क डा उ न गर्ने वा नगर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताएका छन् । उनले पहिलो विकल्प नै ल क डा उ न नभएकाले यसबारे छलफल गरेर मात्रै आवश्यक निर्णय लिईने बताए ।
‘ल क डा उनको विषयमा अहिले नै निर्णय भईसकेको छैन, सबैभन्दा महत्वपूर्ण र हामीले प्राथमिकतामा खोपलाई राख्नुपर्छ’ उनले भने, ‘सुरुमा त परीक्षण,
सं क्र म ण पुष्टि भएकाहरुको निगरानी र सं क्र म ण फैलन नदिन जनचेतना फैलाउने कुरा हुन्छ, त्यसका लागि अस्पतालको व्यवस्थापनमा मन्त्रालय जुटिसकेको छ, ल क डा उ न मै जानुपर्छ भन्ने सोच छैन ।’
विज्ञहरुका अनुसार पनि सं क्र म ण दर तीव्र भएपनि यसको मृ त्यु द र एकदमै कम छ ।
जसका कारण सं क्र म ण पुष्टि भएकालाई राम्रोसँग व्यवस्थापन गर्न सकिए को रो नाको नयाँ भेरियन्टबाट बच्न र बचाउन सकिने उनीहरुको तर्क छ । त्यसैले पनि मन्त्रालयले अहिले नै ल क डा उ नबारे केही नसोचेको बताएको हो ।
यो पनि : अर्थतन्त्रका सूचक न का रा त्म क भई आलोचना खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षकाे लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् ।
अर्थ समितिको बैठकमा बिहीबार उनले यस्ताे दाबी गरेका हुन् । आफूलाई अर्थतन्त्र नबुझेको र आर्थिक सूचकबारे नबुझेरै बोलेको भन्दै आलोचना भएकोमा काम गरेर त्यसको जवाफ दिने शर्माले बताए ।
अहिले अर्थतन्त्र चुनौतिपूर्ण अवस्थामा देखिनुको कारण यसअघिको सरकारले लागू गरेका वित्तीय र मौद्रिक नीति नै प्रमुख कारण रहेको उनले बताए ।
‘अर्थतन्त्र चुनौतिरहीत कहिल्यै हुँदैन । सधैं चुनौतिपूर्ण नै हुन्छ । अहिलेको अर्थतन्त्रको अवस्था भनेको हिजोको अर्थनीति र योजनाको परिणाम हो’, शर्माले भने ‘हामीले आजै अहिल्यै सबै कुरा सुधार्न सक्दैनौं । अहिले गरेको कामको नतिजा पछि देखिन्छ ।’
अर्थतन्त्र नै नबुझेको भनेर भइरहेको आफ्नो आ लो च नालाई पनि स्वभाविक रुपमा लिएको उनले बताए । यो आलोचना आफ्ना लागि ‘गरेर देखाउने’ चुनौतिका रुपमा लिएको उनले बताएका छन् ।
‘को जान्ने, को नजान्ने भनिरहेका महाशयहरूलाई पनि म हेरिरहेको छु । सरकारले आज अगाडि सारेका नीतिले पछि परिणाम देखाउँछ,’ शर्माले भने, ‘मासिक १० प्रतिशत खर्च गर्ने सरकारी योजनाको प्रकृया भर्खरै शुरू भएको छ ।
यो अभ्यास गर्ने कुरा हो । अभ्यासकै क्रममा छ ।’ प्रतिकुल अवस्थाका बाबजुद पनि सरकारले ७ प्रतिशत को आर्थिक वृद्धिदर हासिल गर्ने उनको दाबी छ ।
अर्थमन्त्री शर्माले क्रेडिट ग्रोथ ३२ प्रतिशतसम्म बढ्नु, समग्र सरकारी खर्च गत वर्षको तुलनामा बढ्नु, को भि डले थलिएका ९८ प्रतिशत उद्योग संचालनमा आउनु र मुद्रास्फिती पनि नियन्त्रणमै रहनुलाई आफ्नो उपलव्धिका रुपमा औंल्याए ।
मन्त्री शर्माले अहिले राजस्व संकलन अनुरुप बजेट खर्च हुन नसकेकाले ऋण लिनपर्ने अवस्थामा सरकार नरहेको अर्थ समितिमा बताए ।
‘अनिवार्य र आवश्यकता हुँदा मात्र ऋण लिने हो । अहिले आवश्यक छैन । राजस्व पर्याप्त उठेको छ,’ शर्माले भने ।
तर अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ४ सय मिलियन र विश्व बैंकबाट ३ सय मिलियन अमेरिकी डलर ऋण लिने तयारी रहेको उनले बताए ।
अहिलेको अर्थतन्तको मुख्य समस्या र चुनौती पुँजीगत खर्च हुन नसक्नु र बढ्दो आयात रहेकोमा यो स म स्या पनि नियन्त्रित अवस्थामै रहेको उनले बताए ।
‘ठूलो सं क ट छैन । समाधानको अवस्थाभित्रै छन् । यसै पनि अर्थ मन्त्रालय आफैं खर्च गर्ने निकाय होइन । खर्चको व्यवस्थापनमा सघाउने हो । अर्थतन्त्रलाई मजबुद बनाउनका लागि हाम्रो स्रोत साधनको अधिकतम प्रयोग हामीले गरिरहेका छौं’ शर्माले भने ।
चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा बस्तु आयात ६१ प्रतिशत र निर्यात १०४ प्रतिशतले बढेको, विप्रेषणमा ६.७ प्रतिशतले कमी आएको र विदेशी मुद्रा सञ्चिति १३ खर्ब १९ अर्बमा खुम्चिएको तथ्यांक शर्माले समितिलाई जानकारी गराएका छन्।





















