नेपालको पैसा विदेश जाना नदिन अर्थमन्त्रि शर्माले चाले यस्तो कदम, सबै चकित !

काठमाडौँ –

अर्थमन्त्री जनार्दन शर्माले बिलासिताका वस्तु आयातमा सरकारले कडाइ नीति लिने बताएका छन् । आन्तरिक उत्पादनलाई प्रवद्र्धन एवम् औद्योगिकीकरणका लागि सहजीकरणको नीति लिँदा केही वस्तुको आयात निरुत्साहन भइसकेको शर्माको भनाइ छ ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन, उत्पादकत्व र औद्योगिकीकरणका लागि विलासिताका वस्तु आयातमा कडाइ गर्दै जाने बताएका हुन् ।

स्वदेशी एवं विदेशी लगानीका लागि प्रोत्साहनको नीति सरकारले लिएकाले निजी क्षेत्रले यसबाट लाभ लिन सक्नुपर्ने अर्थमन्त्री शर्माले बताए । खुला बजार अर्थतन्त्र, आर्थिक उदारीकरण र सशक्त निजी क्षेत्रको पक्षमा सरकार रहेको पनि उनले स्पष्ट पारे ।

‘आर्थिक सुधारका प्रयास भइरहेका छन् । सार्वजनिक खरिदमा भएको नीतिगत व्यवस्था र मौद्रिक नीतिमार्फत भएका विभिन्न व्यवस्था यसैको निरन्तरता हो,’ शर्माले भने, ‘गैर आवासीय नेपालीले विभिन्न ८ वटा विदेशी मुद्रामा खाता खोल्न सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।’

नेपालले जलविद्युत्, पर्यटन लगायतका क्षेत्रलाई तुलनात्मक लाभ क्षेत्रका रुपमा स्थापित गर्न सक्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ ।

व्यवसायिक कृषि र आन्तरिक स्रोत साधनको भरपुर उपयोगमार्फत आयात घटाउनुपर्ने नीति लिनुपर्ने र त्यसका लागि निजी क्षेत्रको भूमिका अहम् हुने उनले बताए ।

यो पनि : अर्थमन्त्री जनार्दन शर्माले सरकारले पहिलो पटक गरिब र विपन्नका लागि जनमुखी कार्यक्रम ल्याएको बताएका छन् ।

पाँच लाख परिवारलाई १० हजारका दरले आर्थिक राहत वितरण, दीर्घ रोगीलाई मासिक पाँच हजार उपचार खर्च, घा’इ’ते अ’पा’ङ्ग’ता भएका व्यक्तिलाई उपचार खर्च दिनेजस्ता कार्यक्रम सोही अनुसार बजेटमा राखेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीले आयोजना गरेको सभालाई आइतबार सम्बोधन गर्दै उनले गरिबी र अभाव अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताए ।

सो अवसरमा उनले राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक तीन हजारका दरले जीवनवृत्ति प्रदान गर्न लागिएको, हरेक पालिकामा कम्तिमा ५०० युवालाई स्वरोजगार

बनाउने कार्यक्रम ल्याइएको, कृषि बिमाको प्रिमियम अनुदान ८० प्रतिशत पुर्‍याइएकोजस्ता कार्यक्रमको चर्चा गरेका थिए । यी कार्यक्रमलाई उनले जनमुखी कार्यक्रमको संज्ञा दिए ।

‘गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान सम्भव छैन,’ उनले भने, ‘समग्र विकास र सम्पन्नताको जगमामात्र समाजवाद खडा हुनसक्छ ।’

मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको बताए ।

यस्तै अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बैंक ब्याजदर एकल अंकमा राख्न नियामक निकाय नेपाल राष्ट्र बैंकलाई भनेको र लागू नभए परिणाम ग म्भी र हुने चे ता व नी दिएका छन् ।

नेपाल फूटवेयर्स म्यानुफ्याक्चरर्स एशोसिएशनको २० औं साधारणसभालाई सम्बोधन क्रममा अर्थमन्त्रीले बैंक ब्याजदर सीमाबारे धारणा राखेका हुन् । 

‘को भि डको मा रमा परेको अर्थतन्त्रमा दोहोरो अंकको ब्याजदर सान्दर्भिक छैन, बैंक मात्रै नभइ सहकारीले पनि ब्याजदर घटाउनुपर्छ,’ अर्थमन्त्री शर्माले भने, ‘दोहोरो अंकको ब्याजदरका कारण उद्योगधन्दा र व्यवसायमै अ प्ठ्या रो स्थिति निम्तिएको छ ।’

सरकारले स्थापना गरेका उद्योग ध रा सा यी भइ ब न्द भइरहँदा निजी क्षेत्रबाट स्थापना गरिएका उद्योगले योगदान गरेको बताउँदै अर्थमन्त्री शर्माले राष्ट्रिय उत्पादन बढाउन सरकारले सहयोग गर्ने उल्लेख गरे ।

उत्पादनमूलक उद्योगधन्दाका लागि सरकारले सहयोग गर्दा केही पक्षबाट आलोचना र विरोध भएपनि आफूले त्यसको सामना गर्ने पनि अर्थमन्त्रीले बताए । 

‘सरकारले जनताकै नीति बनाउने र सहजीकरण गर्ने हो, राष्ट्रिय उत्पादन बढाउन सहयोग हुन्छ, अहिले केही प्रयास गरिएको छ,’ शर्माले थपे, ‘मैले स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न जोड दिएको छु, देशभित्रकै उद्योगले आवश्यकता परिपूर्ति गर्ने र आत्मनिर्भर हुन योगदान दिएको अवस्थामा विदेशबाट सामान आयात गर्दा करको दर बढाइन्छ ।’

सरकारी निकायहरूमा नेपालमै उत्पादित जुत्ता लगाउने नीति बनाउने आश्वासन पनि अर्थमन्त्रीले जुत्ता उत्पादकहरूलाई दिए । यसका निम्ति उत्पादकहरुले पनि नागरिकको आवश्यकता र मागअनुसारका उत्पादन उपलब्ध गराउनुपर्ने उनले बताए । 

सुरुवाती व्यवसाय (स्टार्टअप बिजनेस) लाई सहुलियत दिने कार्यविधि राज्यले बनाइसकेको र देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढेका उद्योगहरूलाई राज्यले थप सुविधा दिने पनि अर्थमन्त्रीले आश्वासन दिएका छन् ।

अहिले बैंकहरूले अधिकांश कर्जा गाडी र जग्गा किन्नेहरूलाई दिएकाले यो प्रवृत्ति फेरिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगका लागि कर्जामा थ्रेसहोल्ड बढाउन खोजेको बताए । 

बन्द भएका सबै सरकारी उद्योग खोल्ने तयारीमा आफू लागिपरेको मन्त्री अर्थमन्त्री शर्माले जानकारी दिएका छन् । यसो गर्दा स्वदेशी उत्पादन बढ्ने र राज्यलाई पनि कर प्राप्त हुने उनको भनाइ छ । बन्द उद्योग खोल्न कार्यविधि बनाइरहेको उनले खुलासा गरे । 

विदेशमा रहेका नेपाली श्रमिकका लागि सञ्चयकोष व्यवस्था गर्ने योजनामा सरकार लागेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई

सामाजिक सुरक्षामा समेट्न सके विप्रेषण पनि वैधानिक बाटोबाटै आउनसक्छ, सरकारले केही रकम राखिदिने र श्रमिकले केही रकम योगदान गर्नेगरी सञ्चयकोष व्यवस्था मिलाउन लागिपरेको छु ।’

एशोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण फुयाँलले हाल नेपालीले प्रतिवर्ष ३.१२ जोर जुत्ता चप्पल खपत गर्ने गरेको र नेपाली जुत्ताचप्पल उद्योगीसँग वार्षिक १६ करोड जोर उत्पादन गर्ने क्षमता रहेको दाबी गरे ।

नौ करोड जोर जुत्ता भए नेपालीलाई पुग्ने हुनाले सरकारले सहयोग गरे जुत्ताचप्पल आयात प्रतिस्थापन गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...