मन्त्रि प्रेम आलेलाई कहाँ बाट आउँछ यस्ता कुरा ? फेरी भए भाइरल !

काठमाडौं –

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले कर्मचारी प्रशासनको सुस्तताको कारण भनेजस्तो काम गर्न नसकिरहेको गुनासो गरेका छन् ।

बुधबार नेपाल पर्वतारोहण संघले आयोजना गरेको एक कार्यक्रममा मन्त्री आलेले आफ्नो स्पीड रकेटजस्तो र कर्मचारी थोत्रा ट्वीनटर जस्तो भएको बताएका हुन् ।

पर्वतीय पर्यटन मजदुरका लागि जापानको निप्पोन फाउण्डेसनले गरेको सहयोग रकम स्वीकार गरी वितरण गर्नेबारे जानकारी दिन आयोजित कार्यक्रममा मन्त्री आलेले कर्मचारी संयन्त्रले पूर्ण सहयोग नगरेको गुनासो गरेका हुन् ।

आफूले पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रको विकासका लागि तीव्रगतिमा काम गरिरहेको भएपनि कर्मचारी संयन्त्रको गति सुस्त भएको गुनासो गरेका हुन् ।

पर्यटन क्षेत्र पनि भ्र’ष्टा’चा’र र अ’निय’मित’ताको दलदलमा फस्दै गएको भन्दै पर्यटन प्रवर्द्धन र विकासका लागि राम्रोसँग काम गर्न नसकिएको उनले बताए ।

पदमार्ग निर्माणका लागि पनि एउटै ठेकेदार कम्पनीले मात्रै पाउने गरी कर्मचारी संयन्त्रले ठेक्का मिलाउने गरेको भन्दै प्रतिस्पर्धा हुन नपाउँदा त्यहाँ पनि भ्र’ष्टा’चा’र भएको उनले गुनासो गरे ।

मन्त्री आलेले भने, ‘हामी पर्यटन विकासका कुरा गर्छौँ । ट्रेकिङ रुट राम्रो बनाउने भन्दै ढुङ्गा विछ्याउन बजेट आउँछ । १५ करोडको ठेक्का आउँछ । तर त्यो ठेक्का पाउन पहिले ढुङ्गा बिछ्याएकै हुनुपर्ने भन्ने क्राइटएरिया राखिन्छ ।

अनि अघिल्लो वर्ष जसले पाएको हो,त्यो मात्रै योग्य हुन्छ र बिना प्रतिष्पर्धा एक्लै उसले ठेक्का पाउने हुन्छ । यसो गर्दा यदि प्रतिष्पर्धा भएमा ७८ करोडमा सकिने काम पूरै १५ करोड लाग्ने हुन्छ ।

यसो हुँदा राज्यलाई घाटा हुन्छ । म कर्मचारीलाई त्यसो नगर्न र योग्य सबै ठेकेदारले पाउने गरी क्राइटएरिया बनाउन भन्छु,तर मेरा कर्मचारी साथीहरु यो वा त्यो भन्छन् ।

म रकेटको स्पीडमा काम गर्न खोज्दैछु,मेरा कर्मचारी साथीहरु थोत्रा ट्वीनटर जस्ता छन् । अनि अलि बढी स्पिड बढाउँ न त भन्यो भने यो मन्त्रीले दुः’ख दियो,काम गर्न नसक्ने भयो भन्छन् ।

नेपाल पर्वतारोहण संघले ६ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्दा त्यसको राजश्व सरकारले लिने गरेको भन्दै उक्त रकमको १० प्रतिशत मजदुरका लागि कल्याणकारी कोष बनाएर राख्न र आवश्यक पर्दा दिन आग्रह गरेका थिए ।

सो को जवाफमा मन्त्री आलेले राजश्वको १० प्रतिशत मजदुरका लागि छुट्याउन कुनै सम’स्या नभएको भन्दै त्यसका लागि पहल गर्ने र पहिलेका मन्त्रीले किन गर्न खोजेनन् भन्ने कुरा उनीहरुकै सम’स्या भएको पनि बताए ।

साथै पर्यटन क्षेत्र लयमा फर्किन अझै समय लाग्ने भएकाले पर्यटन क्षेत्र र पर्यटन मजदुरका आवश्यक सहयोग गर्न सरकार तयार रहेको पनि मन्त्री आलेले बताए ।

पर्यटनमन्त्री आले यसअघि वनमन्त्री भएका बेला अनिय’न्त्रित अ’भिव्य’क्तिका कारण चर्चित भएका थिए । मन्त्री आलेले कहिले यो सरकार जनताप्रति उत्तरदायी सरकार होइन त कहिले सरकारको स्पिड सात नम्बरको गेयरमा चलिरहेको छ र सोझै समुद्रमा पुग्ने हो भन्दै अ’भिव्य’क्ति दिएका थिए ।

त्यसैगरी वनमन्त्री हुँदा उनले रुखलाई मानिसले अक्सिजन दिने कुरा गरेका थिए भने को’भि’ड १९ को संक्र’मण बढेको बेला चीन सरकारले दिएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेका थिए । जसका कारण मन्त्री आले चर्चा र वि’वा’दमा तानिएका थिए । 

पर्यटन मजदुरलाई जापान फाउण्डेसनको २ करोड ५० लाख सहयोग

को’भि’ड १९ का कारण पर्वतीय पर्यटन क्षेत्रका मजदुरलाई आर्थिक सम’स्या परेको भन्दै नेपाल पर्वतारोहण संघको आग्रहमा जापानको निप्पोन फाउण्डेसनले २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

त्यसमा नेपाल पर्वतारोहण संघले पनि केही रकम थप गरी ३ हजार पर्वतीय पर्यटनका मजदुरलाई वितरण गर्ने भएको छ ।

नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङका अनुसार करिब ११ हजार पर्वतीय पर्यटन मजदुरमध्ये अत्यावश्यक भएका तीन हजार मजदुरलाई प्रतिव्यक्ति ५० अमेरिकी डलर बराबरको सहयोग गर्न लागिएको हो ।

त्यसका लागि महिला,एकल महिला,हिमाल आरोहणका क्रममा अङ्गभङ्ग भएका,हिमाल चढ्दा चढ्दै बुढो भएका र २०१९ बाट कुनै पनि हिमाल आरोहण गर्न नपाएका मजदुरहरुलाई प्राथमिकताका आधारमा उक्त सहयोग वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...