काठमाडौं –
प्रधानन्यायाधीश चोलेन्द्रको भाग्य नै बलियो रहेको पुष्टि भएको छ । उनको राजीनामालाई बटमलाइन बनाएर आ’न्दो’ल’नमा उत्रिएको कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनले आन्दोलनबाट ‘ब्याक’ हुने संकेत दिएको छ ।
गोला प्रथाद्वारा मु’द्दाको पेशी तोक्ने सर्वोच्च अदालत फूलकोर्टको निर्णयको स्वागत गर्दै बारले तत्काल कार्यान्वयन भए आन्दोलन छोड्ने संकेत दिएको हो ।
बारले गोला प्रथाद्वारा पेशी तोक्ने निर्णय कार्यान्वयनका लागि सर्वोच्च अदालतको ध्यानाकर्षण पनि गराएको छ ।
तर, मंसिर १ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रथामार्फत् पेशी तोक्ने साउन १७ गते गरेको निर्णय कार्यान्वयन् नगरी नियमावली मात्र संशोधन गरेकोमा भने बारले असन्तुष्टि जनाएको छ ।
आज केन्द्रीय समितिले गरेको निर्णयबारे सबै इकाइहरुलाई जानकारी दिँदै बारले भनेको छ, ‘सर्वोच्च अदालत आफैंले २०७८ र ०४र१७ गतेका दिन मिति २०७८ मंसिर १ गतेदेखि
जिल्ला तथा उच्च अदालतमा गोला प्रणालीमार्फत पेशी तोकिने भनि पत्राचार गरेकोमा सोबमोजिम नगरी नियमावली मात्र संशोधन गरिएको र जिल्ला तथा उच्च अदालत नियमावली संशोधन नगरी
उदासिन रहेको पाइएकाले तत्काल जिल्ला तथा विशेष अदालत नियमावली संशोधन गरि गोला प्रणाली लागू गर्ने गराउने व्यवस्था मिलाउन सर्वोच्च अदालत फूलकोर्टसँग जोडदार माग गर्दछ ।’
उक्त संशोधन भएर नआउँदासम्म विरोधका कार्यक्रम यथावत राख्ने पनि बारको निर्णय छ । बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनलाई अनिवार्य शर्त भन्दै सर्वोच्च, उच्च, विशेष तथा जिल्ला अदालतहरुमा कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिँदै आएको छ ।
न्यायालय सुधारका लागि बार, न्यायाधीशलगायत कानुन व्यवसायीहरुले उठाउँदै आएको गोला प्रणाली लागू गर्न प्रधानन्यायाधीशसँगै न्यायाधीशहरु तयार भैसकेका छन् । त्यसका लागि सर्वोच्च अदालत नियमावली संशोधनसमेत गरिएको छ ।
कानुन व्यवसायीहरुको आ’न्दो’लनलाई सहयोग पुर्याउने गरि इजलास ब’हि’ष्कार गरेका न्यायाधीशहरु बेञ्चमा फर्किएपछि अप्ठेरोमा परेको बार नेतृत्व पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम पुनरावलोकन गर्ने मनस्थितिमा पुगेको आजको निर्णयले देखाएको छ । जनआस्थामा खबर छ ।
यो पनि : त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा म’दिरा’जन्य प’दा’र्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।
उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानून बमोजिम का र वा ही हुने स्पष्ट गरेको छ ।
यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले ग म्भी र ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ ।
कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ ।
व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसकै स्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ ।
व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा म दि राका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ ।
अपरिचित व्यक्तिले दिएको मालबस्तुमा अन्य कुनै अवैध बस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन/नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ ।
अपरिचित वा सामान्य परिचित व्यक्तिले विभिन्न सामाग्री आफन्तलाई पु-याइ दिन अनुरोध गर्ने र भन्सारमा जाँचका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अ’वै’ध व’स्तु राखेको फेला परेमा सम्बन्धित यात्रुले नै का र वा ही भोग्नुपर्ने व्यवस्थाप्रति भन्सार कार्यालयले सबै तह र तप्कालाई सजग गराएको छ ।
यस्तै गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।
‘हामीले मंसिरको पहिलो साता नै सूचना निकालेर सचेत गराएका थियौं, हाल तीन सिफ्टमा करिब ५० कर्मचारी सामानको निगरानीका लागि खटाएका छौं’ विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले भने ।
विदेशबाट नेपाल आउने यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले सामान आफन्तकोमा पुर्याइदिन भन्दै अनुरोध गर्ने र विमानस्थलमा भन्सार जाँचका क्रममा ‘अ वै ध’ हुने गरेको गरेको भन्सार कार्यालयले सूचनामा जनाएको छ ।
आफन्तले ल्याइदिने मालसामानमा अन्य कुनै अ वै ध वस्तु लुकाइको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन भन्सार विभागले सूचना मार्फत अनुरोध गरेको छ ।
विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा म दि रा जन्य पदार्थ ल्याउन पाउँदैनन् ।





















