काठमाडौं –
चारपाङ्ग्रे हलुका सवारी मानिसहरुले ध के लेको त तपाईं हामीले देखेका छौं । तर बुधबार बाजुरा विमानस्थलमा फरक दृश्य देखियो, जहाँ यात्रुहरुले तारा एयरको एउटा जहाज धकेलेका थिए ।
तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो । यति एयरलाइन्सका प्रवक्ता सुरेन्द्र बर्तौलाका अनुसार हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो ।
जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्कियो । जहाजका कारण ट्याक्सी–वे अ व रु द्ध भयो । विमानस्थलमा समिट एयर र तारा एयरबाट नेपालगञ्ज झर्न यात्रुहरु प्रतीक्षारत थिए ।
तर टायर पड्किएको तारा एयरलाइन्सको विमान ट्याक्सी वेबाट नहटाएसम्म उड्न नपाउने भए । त्यसपछि यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट जहाजलाई धकेलेर किनारा लगाए ।
त्यसपछि नेपालगञ्जमा रहेको तारा एयरको अर्को जहाज मार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुग्यो । टायर फिट गरिसकेपछि दुबै जहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको बर्तौलाले जानकारी दिए ।
यो पनि : अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।
बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।
उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी समेत दिए । अ’वै’ध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।
एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन ।
ठूलो मात्रामा अ’वै’ध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
यस्तै व्यवसायीले अवैध मोबाइल भित्रिने क्रम नरोकिए धर्नामा बस्ने चे’ता’व’नी दिएका छन् । बुधबार मोबाइल वितरक संघको दोस्रो महाधिवेशनमा उनीहरुले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तुरुन्त कार्यान्वयनमा ल्याउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरे ।
साउन १ बाटै लागू गरिने भनिएको एमडीएमएस प्रणाली अझै पूर्ण रूपमा लागू हुन सकेको छैन । यसले गर्दा अ’वै’ध मोबाइल फोनको बिक्री वितरण बढिरहेको व्यवसायीहरू बताउँछन् ।
‘अब पनि एमडीएमएस लागू भएन भने हामी दूरसञ्चार प्राधिकरणको गेटमा धर्नामा बस्नुको विकल्प हुँदैन,’ मोबाइल फोन आयातकर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘आश्वासन मात्रै धेरै आइसक्यो ।
यही महिनाभित्र लागू गर्नुपर्छ ।’ कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एमडीएमएस तुरुन्तै कार्यान्वयनमा ल्याउने आश्वासन दिए ।
‘मलाई यसबारे व्यवसायीहरूले हिजोमात्रै भन्नुभयो,’ मन्त्री शर्माले भने, ‘यो तत्काल लागू गर्न निर्देशन दिइसकेको छु यो सम’स्या समाधान हुन्छ ।’
शर्माले एमडीएमएसका वि’रु’द्ध कोही पनि नलागेको र कसैले आफूलाई रोक्न नखोजेको स्पष्ट पारे । प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले केही महिनाको अन्तरालमै एमडीएमएस लागू हुने प्रतिबद्धता व्यक्त गरे ।
उनका अनुसार आव २०७७/७८ मा करिब ३७ अर्ब रुपैयाँ बराबरको ७० लाख हाराहारीका मोबाइल सेट आयात भएको थियो । त्यसबाट करिब ६ अर्ब राजश्व संकलन भएको अर्यालले बताए ।
नेपाल भित्रिनेमध्ये २५ देखि ३० प्रतिशत मोबाइल फोन अ’वै’ध रूपमा आउने गरेको अनुमान छ ।





















