विमानस्थालमा क डा ई : विदेशबाट आउँदा के ल्याउन पाइन्छ, के पाइँदैन ?

काठमाडौं –

त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा म’दिरा’जन्य प’दा’र्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।

उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानून बमोजिम का र वा ही हुने स्पष्ट गरेको छ ।

यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले ग म्भी र ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ ।

कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ ।

व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसकै स्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ ।

व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा म दि राका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ ।

अपरिचित व्यक्तिले दिएको मालबस्तुमा अन्य कुनै अवैध बस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन/नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ ।

अपरिचित वा सामान्य परिचित व्यक्तिले विभिन्न सामाग्री आफन्तलाई पु-याइ दिन अनुरोध गर्ने र भन्सारमा जाँचका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अ’वै’ध व’स्तु राखेको फेला परेमा सम्बन्धित यात्रुले नै का र वा ही भोग्नुपर्ने व्यवस्थाप्रति भन्सार कार्यालयले सबै तह र तप्कालाई सजग गराएको छ ।

यस्तै गत सोमबार विदेशबाट नेपाल आएका ४ सय १५ जना यात्रुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २१ केजी सुन बरामद भयो । उनीहरुले प्रतिव्यक्ति ५०– ६० ग्रामसम्म सुन ल्याएका थिए । पछिल्लो समय विदेसिएकाले फर्कंदा ल्याउने सामानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले कडा निगरानी गर्न थालेको छ ।

‘हामीले मंसिरको पहिलो साता नै सूचना निकालेर सचेत गराएका थियौं, हाल तीन सिफ्टमा करिब ५० कर्मचारी सामानको निगरानीका लागि खटाएका छौं’ विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईले भने ।

विदेशबाट नेपाल आउने यात्रुलाई अपरिचित वा सामान्य परिचित व्यक्तिले सामान आफन्तकोमा पुर्‍याइदिन भन्दै अनुरोध गर्ने र विमानस्थलमा भन्सार जाँचका क्रममा ‘अ वै ध’ हुने गरेको गरेको भन्सार कार्यालयले सूचनामा जनाएको छ ।

आफन्तले ल्याइदिने मालसामानमा अन्य कुनै अ वै ध वस्तु लुकाइको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन र नल्याउन भन्सार विभागले सूचना मार्फत अनुरोध गरेको छ ।

विदेशबाट त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने यात्रुहरुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा सुन, सुनका गहना, मोबाइल फोन, ल्यापटप तथा म दि रा जन्य पदार्थ ल्याउन पाउँदैनन् ।

भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार यात्रुले विदेशबाट आउँदा आफ्नो साथमा के के सामान ल्याउन पाउँछन् ?

– व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म

– चाँदीको गहना पाँच सय ग्रामसम्म
– एक लाख रुपैयाँसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया

– ट्याबलेट, ल्यापट, डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन, पेनड्राइभ एकरएक थान
– सात किलोसम्म खाद्य सामग्री

– एक लिटरसम्मको एक बोतल मदिरा
– लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान

– उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि
– शारीरिक रुपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान

– पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एकरएक थान । जस्तै स् डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, खेलाडीको खेलकुदसम्बन्धी फुटबल, भलिबल र ब्याटमिन्टन सेट ।

कति परिमाणभन्दा कुन सामान ल्याउन पाउँदैनन् ?

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार महसुल बुझाई लैजान सक्छन् । सोभन्दा बढी परिमाणमा सुन ल्याएमा जफत समेत हुनेछ ।

ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति दस ग्राम नौ हजार पाँच सय रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रति दस ग्राम १० हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ ।

विदेशबाट फर्केका यात्रुले सुनको गहनाको हकमा भने ५० ग्रामसम्म ल्याउँदा कुनै शुल्क लाग्दैन । ५० ग्रामभन्दा बढी एक सय ग्रामसम्म ल्याएमा प्रति दश ग्राम १२ हजार पाँच सय रुपैयाँका दरले र सो परिमाणभन्दा बढी थप एक सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम १२ हजार रुपैयाँका दरले भन्सार महसुल बुझाई लैजान सक्छन् ।

विदेशबाट फर्केका नेपाली नागरिकले व्यक्तिगत प्रयोजनका उल्लेखित सामान भन्सार महसुल तिरी ल्याउन सक्छन् :

– टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एकरएक थान
– शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक्स धेरैमा १५ थान

– घरायसी प्रयोगका सामान्य किसिमका उपकरण जस्तै : मिक्सचर, जुसर, सिलाई, मेसिन, कुकर जस्ता सामान दुईरदुई थान
– दस किलोसम्म खाद्य परिकार

– व्यवसायिक पेशामा लागेका यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुईरदुई थान
– यी सामान बाहेक घरमा आवश्यक पर्ने वस्तु बढीमा दुईरदुई थान ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...