काठमाडौं –
राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो ।
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सचिवालय सदस्यसमेत रहेका घिसिङलाई युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले सदस्य सचिवमा नियुक्त गरेको हो ।
घिसिङ नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्य समेत हुन् ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद ऐन, २०७७ को दफा १७ को उपदफा ३ बमोजिम सदस्य सचिव सिफारिसका लागि ३ सदस्यीय समिति गठन गरेका थिए ।
समितिमा मन्त्रालयका सह सचिव कमल प्रसाद पोखरेलको संयोजकत्वमा कमला ज्ञवाली र हरि बहादुर श्रेष्ठ थिए । सदस्य सचिवमा आवेदन दिएका १८ जनाले आइतबार मन्त्रालयमा कार्ययोजना बुझाएका थिए।
ती मध्येबाट समितिले घिसिङ सहित अच्युतम लामिछाने र महिलातर्फ ममता श्रेष्ठको नाम सिफारिस गरेको थियो । सदस्य सचिव बन्नका लागि टंकलाल घिसिङसहित अच्युतम लामिछाने, ममता श्रेष्ठ, दीपक विष्ट,
रविराज कर्णिकार, आरके विष्ट, छुम्बी लामा, मानबहादुर गुरुङ, सुदिल शाही, विनोदकुमार यादव, भरत महर्जन, राजकुमार कार्की, देवराज चौलागाई, दिलकुमारी नेपाल, जगतमान श्रेष्ठ, सिद्धार्थ लामा तामाङ, भरत चालिसे र सुनिल नकर्मीले आवेदन दिएका थिए।
गत कार्तिक १ गते तत्कालिन सदस्य सचिव रमेश कुमार सिलवाललाई ब’र्खा’स्त गरेपछि मन्त्रालयले ४ गते ७ दिनको समयावधि राखेर सदस्यसचिवका लागि दरखास्त आवेदन माग गरेको थियो ।
यो पनि पढनुहोस : नेपाल विद्युत प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत सर्वसाधारणको लगानीमा निर्माण भइरहेका आयोजना सम्पन्न हुन ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले अनुगमन गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको अनुगमनमार्फत आयोजना व्यवस्थापन, निर्माणमा संलग्न ठेकेदारहरु, परामर्शदातासँग छलफल गरी बाँकी रहेका काम छिट्टो सम्पन्न गर्न निर्देशन दिए ।
चिलिमेको प्रबन्ध–सञ्चालक हुँदा घिसिङले तीन वटै आयोजनाको वित्तीय व्यवस्थापन गरी एकसाथ अगाडि बढाएका थिए । भू’क’म्प, भारतीय सीमामा भएको अव’रोधले निर्माण सामग्री तथा उपकरणको ढुवानीमा कठिनाइ,
क’ठि’न भौगोलिक अवस्था, ठेक्का कार्यान्वयनमा देखिएका ज’टि’ल’ता तथा ठेकेदारको कमजोर कार्यसम्पादन, बा’ढी’प’हि’रो, को’भि’ड–१९ को म’हा’मा’री लगायतका कारणले आयोजनाहरुको निर्माण प्रभावित हुँदै आएको छ ।
‘मुख्य सिभिल संरचनाहरुको निर्माण सम्पन्न भइसकेका छन्, सर्वसाधारणको पनि लगानी रहेको यी आयोजनाको निर्माण यथासक्य छिट्टो सम्पन्न गरी लगानीकर्तालाई प्रतिफल दिनुपर्छ’, घिसिङले भने ‘बाँकी रहेका कामहरु समानान्तर रुपमा अगाडि बढाएर ७/८ महिना भित्रमा सम्पन्न गर्नुपर्छ ।’
माथिल्लो सान्जेनको बाँध, बालुवा थिग्य्राउने पोखरी, सुरुङ लगायतका सिभिल संरचनाको निर्माण र गेट, पेनस्टक पाइपजस्ता हाइड्रोमेकानिकल उपकरणहरु जडान सम्पन्न भइसकेका छन् । समग्र निर्माण प्रगति ९१ प्रतिशत पुगेको आयोजनाले दावी गरेको छ ।
माथिल्लो सान्जेनको क्यासकेडको रुपमा रहेको सान्जेनको सुरुङ, सर्जट्याङ खन्ने कार्य सम्पन्न भई त्यसलाई अन्तिम रुप दिने काम भइरहेको छ ।
आयोजनाका अनुसार विद्युतगृहका उपकरण रहने संरचनाहरुको निर्माण सम्पन्न भइसकेको छ । समग्र निर्माण प्रगति ८३ प्रतिशत पुगेको छ ।
दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरुको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट आउन नसक्दा काम प्रभावित भएको छ ।
निरन्तरको प्रयासपछि चिनियाँ प्राविधिकहरु मंगलबार नेपाल आउन लागेको र त्यसपछि चिनियाँ तथा नेपाली प्राविधिकहरुले उपकरणहरु जडान सुरु गर्ने छन् ।
प्रसारण लाइनको टावरहरु निर्माण भइसकेका छन् भने तार टाँग्न बाँकीे छ । रसुवागढी जलविद्युत आयोजनाको मुख्य सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको ठेकेदारले आफ्नो काम आगामी चैतभित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
इलेक्ट्रो मेकानिकलको ठेकेदारका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । इलेक्ट्रोमेकानिकलका ९९ प्रतिशत उपकरणहरु आयोजना स्थलमा आइसकेका छन् भने अहिले जडान कार्य भइरहेको छ ।
‘इलेक्ट्रोमेकानिकलको ठेकेदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको छ, उपकरणहरु जडानका लागि ठाउँको अभाव छैन,
कामदार थपेर सबै ठाउँमा समानान्तर रुपमा काम गरी ८/९ महिनाभित्र सक्नुहोस्, ठेकेदारले व्यहोरिरहेको समस्या समाधानका लागि हामी सहजीकरण गर्ने छौं’ घिसिङले भने ।
तीन वटै आयोजनाहरुको विद्युत निर्माणाधीन २२० केभीको चिलिमे हब सबस्टेसनमा जोडिने छ । चिलिमे तथा त्रिशूली थ्री बी हब सबस्टेसन र चिलेमी–त्रिशूली
थ्री बी हब सबस्टेसनको निर्माण आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही प्रसारण लाइनमार्फत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।





















