म्यानपावरहरुले यस्तो अनौठो ह र्क त : मन्त्री श्रेष्ठले दिए यस्तो कडा चे ता व नी, म्यानपावर रु वा बा सी !

काठमाडौं –

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ‘भिजिट भिसा’मा नेपालीलाई विदेश पठाउन सघाउने वैदेशिक रोजगार व्यवसायीलाई का र बा ही गर्ने चे ता व नी दिएका छन् ।

यही मंसिर १६ र १७ गते राजधानीमा हुने द्विपक्षीय श्रम सम्झौता सम्बन्धी संयन्त्र नेपाल–कतार संयुक्त कार्यसमितिको बैठक तयारीका सिलसिलामा शुक्रबार सरोकारवालाहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

वैदेशिक रोजगार व्यवसायीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाप्रति असन्तुष्टि जनाउँदै उनले वैदेशिक रोजगार सम्बन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने दृढता व्यक्त गरेका छन् ।

साथै, मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरूको पुनःएकीकरण योजनामा सरकार रहेको बताएका छन् । उनले विदेशमा श्रम गरेर फर्केकाहरूलाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

उनले कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई प्राप्त अवसर गुम्न नदिने बताएका छन् । छलफलमा उनले वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको वि केन्द्रीकरण,

कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विदेशमा कार्यस्थलमा हुने मृ त्यु, घा इ ते, अ ङ्ग भ ङ्ग हुने लगायत श्रमिकले झे ल्नु परेका सम’स्या, पी डि तको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापना अपरिहार्य भएको बताए ।

छलफलमा श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको बाक्लो उपस्थिति थियो ।

छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन् ।

यस्तै कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टि ङ अ प रे सन गरेका छन् । 

उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टि ङ अ प्रे स न गरेका हुन् । 

‘बुधवार बिहान मैले होटलमा स्टि ङ अ प रे स न गरेँ,’ मन्त्री श्रेष्ठले भने, ‘मैले पहिलेदेखि नै श्रमिकको पक्षमा बोल्दै आएकाले अहिले पनि उनीहरूको स म स्या समाधानमा लागि परेको हुँ ।’

मन्त्री श्रेष्ठका अनुसार बाल्टिक होटलमा कोरिया जान लागेका ८३ जना बसेका थिए । उनीहरू त्यहाँ ५ दिनदेखि बसेको तर, सात दिनको पैसा मागेको पाइएको मन्त्री श्रेष्ठले बताए । 

उनका अनुसार उनीहरूमध्ये धेरैले पैसा तिरिसकेको पाइएको छ । होटलमा बसेका ८३ जनामध्ये केहीलाई ३० हजार रूपैयाँभन्दा बढी थप रकम असुलेको पाइएको छ । तर, तिर्नुपर्ने रकम भने करीब १२ हजार मात्रै हुन आउने मन्त्री श्रेष्ठको भनाइ छ । 

‘कोरिया जान लागेका नागरिकलाई बढी पैसा तिराउन लगाउने ‘द ला ल’ अजय सोडारी रहेछन्,’ उनले भने, ‘सोडारीले कोरियामा जाने नेपालीहरूले नेपालमा पनि अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भनेका रहेछन्, जुन गैरकानूनी कुरा भयो ।’

मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बढी लिएको पैसा तत्कालै फिर्ता गर्न भनेका छन् ।  

‘८३ जना नेपाली आजै दिउँसो ४ बजे उड्दैरहेछन्, म अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो उनीहरूलाई भेट्छु र उनीहरूले पैसा फिर्ता नपाएको बताए भने तत्कालै फिर्ता पाउने व्यवस्था मिलाउँछु,’ मन्त्री श्रेष्ठले भने । 

सोडारीलाई गौशाला प्रहरीले प क्रा उ गरेको छ । यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाउने संघर्ष समितिमा समेत सोडारी थिए । उनले नै ८३ जनालाई होटलमा बढी रकम असुलेको मन्त्री श्रेष्ठको भनाइ  छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...