चितवन –
नेकपा एमालेको दशौं राष्ट्रिय माहाधिवेशन शुक्रबारदेखि चितवनको भरतपुरमा शुरु भएसँगै संसारभरका प्रजातान्त्रिक दल र छिमेकीका मुख्य दल एवं कम्युनिष्ट पार्टीका नेताहरु चितवन पुगेका छन्।
तर, विदेशी नेताहरुको यो हुलमा नेपालको सीमा जोडिएको उत्तरी छिमेकी मुलुक चीनको कम्युनिष्ट पार्टी वा सरकारका कुनै प्रतिनिधि सहभागी छैनन् ।
दुनियाभरका नेता सहभागी भएको एमालेको अधिवेशनलाई चीनले किन बहिस्कार गर्याे ? यो प्रश्नले कुटनीतिक क्षेत्रमा एकाएक सनसनी म’च्चि’एको छ।
नेपालको कुटनीतिक क्षेत्रले नेकपा एमालेको दशौं महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको माथिल्लै तहका नेताको सहभागिता रहला भन्ने अनुमान गरेको थियो।
तर, जव उद्घाटन सत्रमा कार्यक्रमका सञ्चालक एमालेका प्रबक्ता एवं पूर्वपरराष्टमन्त्री प्रदीप ज्ञवालीले विदेशी पाहुनाहरुबारे जानकारी दिने क्रममा चीनको कम्युनिष्ट पार्टीबाट पनि शुभकामना सन्देश प्राप्त भएको भन्दै प्रतिनिधि नआएको बारे जानकारी दिए त्यसपछि कुटनीतिज्ञ बृत्तको अनुमान मिलेन।
नेकपा एमालेका अध्यक्ष तिनै नेता हुन् जो प्रधानमन्त्री भएका बेला चीनसँग व्यापार तथा पारवाहन सन्धि गर्न सफल भएका थिए। सन् २०१५ मा भारतले लगाएको अमानवीय ना’क’ब’न्दीको डटेर मुकाविला गर्दा ओलीले उत्तरी छिमेकी मुलुक चीनको साथ पनि खोजेका थिए।
भलै उनले चाहेजस्तो साथ त पाउन सकेनन् तै पनि न’का’व’न्दीबाट राहत पाउन केही पेट्रोलियम पदार्थको सहयोग चीनले त्यो बेला पनि गरेको थियो।
भारतले हुन्न भन्दा भन्दै पनि ओली नै त्यस्ता नेता थिए जसले प्रधानमन्त्री भएका बेला चीनसँगको सम्बन्धलाई प्राथमिकतामा राखेर अघि बढाउन सफल भएका थिए।
ओली आफू पनि चीन भ्रमणमा गए र राष्टपति विद्या भण्डारीलाई पनि चीन भ्रमणको चाजो पाँजोमात्र मिलाएनन्, चीनका शक्तिशाली राष्टपति सी जिङ्ग पिङ पनि उनकै कार्यकालमा नेपाल भ्रमणमा आएका थिए।
भारतले भ्रमण रोक्न यावत प्रयत्न गरेको कुरा सार्वजानिक हुँदा पनि सीले नेपाल भ्रमण गरेरै छाडेका थिए, ओलीले उनको भ्रमणको सम्पूर्ण सुरक्षाको ग्यारेन्टी पनि दिएका थिए र चीनले सो कुरालाई पत्याएको पनि थियो।
ओली र नेपालका लागि चीनकी राजदूत यान्सीका बीच निरन्तर भेटवार्ता भइरहेका समाचारहरुमा पनि सार्वजानि भइरहेका हुन्थे त्यसबेला जतिबेला ओली प्रधानमन्त्री थिए।
यी समाचारहरुले छिमेकी मुलक हैरान थियो र भारतीय मिडियाहरुले त यान्सी र ओलीलाई प्रेमी प्रेमिका भनेरसमेत आरोपित गरी पटक पटक समाचार प्रकाशित गरेका थिए, जसलाई नेपाली जनताले जनस्तरबाटै वि’रो’ध गरेका थिए।
यति राम्रो सम्बन्ध हुँदा हुँदै ओली नेतृत्वको नेकपा एमालेको महाधिवेशनमा चीनको सहभागित नहुनु एक हिसावले शुभकामना सन्देशमात्र पठाएर आफू खुसी नभएको सन्देश ओलीलाई दिनुको राज के हो ?
ओलीको शासनका उत्तरार्ध दिनहरुमा चीन तत्कालीन नेकपा एक भएको हेर्न चाहन्थ्यो, पार्टी विभाजन नहोस् भनेर चीनले पटक पटक प्रयासमात्र गरेको थिएन, मिल्नका लागि चीनले के योगदान दिनुपर्छ दिन तयार रहेको सन्देश पनि ओलीसहितका नेतालाई दिएको थियो।
चीनले पछिल्ला दिनहरुमा ओलीले सत्ता छाडेर नै भएपनि पार्टी एकता जोगाउनु पर्ने धारणा राख्न थालेको थियो। जुन कुरा ओली र उनी समर्थकका लागि पाच्य थिएन।
यही कारण चीन ओलीसँग चिढिँदै गएको थियो र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नजिकिँदै गएको थियो।
शायद यही घटनाको परिणाम हुन सक्छ चीनले आफ्नो नाराजगी महाधिवेशनमा सन्देशमात्र पठाई वहिस्कार गरेर नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीसमक्ष दर्शाएको खबर डिसी नेपालले प्रकाशित गरेको छ ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावपछि राष्ट्रपति बनाउने आश्वासन दिँदै वरिष्ठ उपाध्यक्षमा दाबी छाड्न आग्रह सुवास नेम्वाङसँग गरेका छन् ।
शनिबार बिहान सौराहा स्थित ओली बसेको होटल पार्क सफारीमा भएको छलफलका क्रममा ओलीले नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरे पनि उनले अस्वीकार गरेका हुन् ।
नेम्वाङ निकट स्रोतका अनुसार ईश्वर पोखरेललाई सर्वसम्मत रुपमा वरिष्ठ उपाध्यक्ष बनाउन आग्रह गर्दै नेम्वाङलाई उपाध्यक्षमा मात्रै बसिदिन ओलीले आग्रह गरेका थिए । तर जवाफमा नेम्वाङले आउँदो चुनावमा एमालेले राष्ट्रपति पद पाउने गरी चुनाव जित्ने सुनिश्चितता खोजेका छन्।
ओलीको प्रस्तावपछि नेम्वाङको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंको प्रस्ताव राम्रै हो । तर जनमतको जिम्मा कसले लिन्छ ?’ नेम्वाङले यसअघि नै चुनाव हुने अवस्थामा आफू वरिष्ठ उपाध्यक्षको उम्मेद्वार हुने घोषणा गरेका छन् ।
शुक्रबारको केन्द्रीय कमिटीले उपाध्यक्ष एक वरिष्ठसहित सात र उपमहासचिव तीन जना पुर्याउँदा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुने देखिएको छैन ।
त्यस्तै ओलीले घुमाउरो रुपमा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने प्रस्ताव गरेका छन् । शाक्यलाई ओलीले आफूलाई सहयोग गरिदिन आग्रह गर्दै पार्टीले अवसर पाउँदा उपराष्ट्रपतिमा पठाउने प्रस्ताव गरेका हुन् ।
नेता अमृत बोहोरासँगै ओलीलाई भेट्न गएकी शाक्यले ओलीलाई ठोस जवाफ नदिई फर्केको एक नेताले जानकारी दिए । शाक्य उपाध्यक्ष बन्ने तयारीमा छिन् ।
शुक्रबार सुरु भएको एमालेको दशौँ महाधिवेशनमा नेतृत्व चयनको रस्साकस्सी सुरु भएको छ । वरिष्ठ उपाध्यक्षसँगै अध्यक्षमा पनि प्रतिस्पर्धा हुने सम्भावना बढेको छ ।
ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने कोसिस भए पनि भीम रावलले उम्मेद्वारी घोषणा गर्दै पछि नहट्ने बताइरहेका छन् । शनिबार बिहान १० बजे नै बन्दसत्र सुरु गर्ने भनिए पनि नेतृत्व चयनका विषयमा लाग्दा ढिलो भएको छ ।
बन्दसत्र ढिलो हुँदा रावलले प्रतिनिधिसँग अध्यक्षका लागि भेटेर मत माग्न थालेका छन् । उनले एसएमएसमार्फत शुक्रबार नै भोट माग्न थालिसकेका छन् । त्यस्तै महासचिवमा शंखर पोखरेल र विष्णु पौडलले पनि दाबी जारी राखेका छन् । दिउँसो ३ बजेसम्म सहमति हुन सकेको छैन ।





















