दार्चुला – भारतीय बजार धार्चुला जान नेपालीले परिचपत्र अनिवार्य देखाउनुपर्ने भएको छ ।
नेपाल-भारत जोड्ने खलंगाको सीमा पुलमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन सूचना बोर्ड नै टाँसेको छ ।
हरेक दिन मदजुरी र काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीलाई पुलमै लाइन लगाएर एसएसबीले नागरिकता वा परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेश दिइरहेका छन् ।
राहदानी, नागरिकता, मतदाता परिचयपत्र, सरकारी निकायको परिचयपत्रमध्ये एउटा परिचयपत्र देखाए मात्रै भारत जान दिइँदैछ । पाँच प्रकारका परिचयपत्रमध्ये कुनै एउटा देखाएमा मात्रै भारत प्रवेश गर्न दिइने एसएसबीको सूचना पाटीमा उल्लेख छ ।
भारतले व्यासको छाङरू र तिंकरमा जनगणनामा असहयोग पनि गरेको थियो । भारतको बाटो भएर हिँडने अनुमति नदिएपछि जनगणना टोलीलाई बिहीबारमात्रै हेलिकप्टरबाट खलंगा ल्याइएको छ ।
अतिक्रमित नेपाली भूमिमा पर्ने कुटी, नाभि र गुञ्जीमा नेपालले जनगणना गर्नसक्ने भन्दै भारतीय सुरक्षा निकाय सशंकित बनेको छ । नेपालमा राष्ट्रिय जनगणना भइरहेकोले गणक अतिक्रमित क्षेत्रसम्म पुग्न भारतीय बाटो प्रयोग गर्न सक्ने भन्दै सीमापुलमा निगरानी बढाएको छ ।
सीमा क्षेत्रमा आवतजावत सहज बनाउने प्रयास भइरहेको पुलघाट प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज खड्काले बताए । आवतजावत सहजका विषयमा कोतवाली धार्चुलाका इन्चार्जसँग कुराकानी गरिएको उनको भनाइ छ ।
भारतीय एसएसबीले दशैँतिहारमा पनि भारतीय क्षेत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरेको थियो ।
यो पनि : नेपाली कांग्रेसकी नेतृ एवं संविधानसभा सदस्य डा.आरजु राणा देउवाका समर्थकहरुलाई खुसीको खबर छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा आरजुको ‘सेटलमेण्ट’ का लागि पहल थालेका छन् ।
अहिले कांग्रेसको देशभर चुनाव भइरहेको छ । देशभरको परिणामा सभापति देउवाको समूहले कमजोर प्रदर्शन गरेको छ । पार्टीभित्र आफ्नो साख गिर्दै गएको र महाधिवेशन हार्ने सम्भावना बढेकोले पत्नीको राजनीतिक व्यवस्थापन खोजेर नयाँ कोर्स सुरु गर्न देउवाले चाहेका छन् ।
देउवानिकट नेताहरुका अनुसार पछिल्लो समय आरजुलाई उपसभापति लडाउने प्यानलको खोजीमा जुटेका छन् ।
आरजुलाई आफ्नो राजनीतिक उत्तराधिकारीका रुपमा उपसभापति बनाउने र कांग्रेसको सर्वोच्च नेता बन्ने देउवाका तयारी छ । यसका लागि उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका नेताहरुसँग गोप्य छलफल नै चलाएका छन् ।
बालुवाटार स्रोतका अनुसार आफूविरुद्ध साझा उम्मेदवार बन्ने अवस्था आएमा आरजुलाई सेटल गरेर जाने राणीति देउवाले लिइसकेका छन् । राजनीतिमा आरजुलाई अगाडि बढाउने उद्देश्यकै साथ देउवाले आफ्नै जिल्लाबाट आरजुलाई महाधिवेशन प्रतिनिधि बनाइसकेका छन् ।
आरजु निकट कांग्रेस नेताहरुले भने देउवा छँदै राजनीतिक भर्याङ चढ्न सुझाव दिएका छन् । आरजुलाई उपसभापति दिन तयार हुने सभापतिको उम्मेदवारलाई देउवाले साथ दिने सम्भावना बढेको बताइन्छ ।
देशभरको परिणाममा संस्थापन इतर पक्ष बलियो देखिएको छ । सुदुरपश्चिममै देउवा पक्ष आन्तरिक लडाईका कारण दोस्रो हुने अवस्थामा देखेपछि देउवाले नयाँ चाल चलेका हुन् ।
देउवाका लागि अबको महाधिवेशनमा आफू सभापति बन्ने भन्दा आफू निकटका व्यक्तिलाई सेट गर्ने कुरा नै महत्वपूर्ण रहेको बताइन्छ ।
छोरा जयवीरसिंह देउवालाई तत्काल कांग्रेसमा भूमिका दिन सम्भव नभएकोले आरजुलाई नै अवसर दिएर अगाडि बढ्ने देउवाको सोच हो । देउवाले लिने हरेक निर्णयमा आरजुकै प्रभाव रहदै आएको छ ।
देउवा टिमका अधिकांश नेताहरु सो गुटमा दाई र भाउजुका अलग–अलग मान्छेहरु रहेको बताउँछन् । आरजुलाई देउवाले उपसभापतिमा अगाडि सार्ने भएपछि आरजुका समर्थकहरु खुसी देखिएका छन् । आरजुले पनि राजनीतिक सक्रियता बढाएको बताइन्छ ।





















