खुल्यो अस्ट्रेलिया : नेपालीहरु कहिले देखि जाना पाईन्छ अस्ट्रेलिया ?

काठमाडौं –

लामो समयपछि अस्ट्रेलिया प्रवेश खुल्ला भएको छ । हालैमात्र अस्ट्रेलियन सरकारले को भि ड–१९ विरु द्धको पूर्ण डोज खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गरेको हो ।

योसँगै अब को रो ना विरु द्धको भ्याक्सिनको पूर्ण मात्रा लगाएका अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाको पीआर भएका व्यक्ति, विद्यार्थी भिषा प्राप्त गरेका  व्यक्ति लगायत २८ प्रकारका भिसा प्राप्त गरेकाहरुले अष्ट्रेलिया जान अथवा अस्ट्रेलियाबाट बाहिरिन पाउने भएका छन् ।

अस्ट्रेलियाको सीमा खुलेसँगै वैदेशिक उच्च शिक्षाका लागि पर्खिरहेका विद्यार्थी माझ खुसी छाएको  इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन अस्ट्रेलियाका संस्थापक सिइओ सागर लोहनी बताए । 


अष्ट्रेलियाली सरकारले एक सूचना जारी गर्दै को रो नाको कारण यात्रामा लगाएको प्र ति ब न्ध हटाएको घोषणा गरेको छ ।

अस्ट्राजेनिका, फाइजर, मोडर्ना, सिनोभ्याक, कोभ्याक्सिन र सिनोफार्मको खोपको दुई डोज अथवा जेनसेनको एक मात्रा खोप लगाइसकेको १८ वर्ष देखि ६० वर्ष सम्मका नागरिकहरूलाई अष्ट्रेलियाको यात्रामा प्र ति ब न्ध फुकुवा गरिएको हो । 

यात्रा गर्नको लागि खोप लगाएको कम्तिमा पनि सात दिन कटेको हुनुपर्नेछ ।

त्यसैगरी १२ वर्ष भन्दा मुनिका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइसकेको यात्रीको रुपमा लिइनेछ भने १२ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई खोप प्रमाणको आवश्यकता नभए पनि पूर्ण रुपमा खोप लगाएको अभिभावकसँग आएको खण्डमा मात्र यात्रा गर्न दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।

यो पनि : एमाले उपाध्यक्ष भीम रावलले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै उपमहासचिव घनश्याम भुसालले पनि उम्मेदवारी घोषणाको तयारी गरेका छन् ।

निकट स्रोतका अनुसार भुसालले आफ्ना पक्षका नेता कार्यकर्ताहरूसँगको छलफलपछि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । त्यसअघि उनले पार्टीका केही नेता, महाधिवेशन प्रतिनिधि, शुभचिन्तक र समर्थकहरूसँग कुराकानी गर्ने जनाइएको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले सो पदबाहेक अन्य पदमा उम्मेदवारी दिन भुसाललाई सुझाव आएको उनी निकट नेताहरुको भनाइ छ ।

‘विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्न सुझाव आइरहेको छ । सोही सुझावअनुसार उम्मेदवारी दिने लगभग निश्चित छ’ भुसालनिकट एक नेताले रातोपाटीसँग भने, ‘तर कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित भैसकेको छैन । सम्भवत मंगलबारसम्म टुंगो लाग्नेछ ।’

ती नेताका अनुसार भुसालले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष या महासचिव तीनमध्ये एक पदमा उम्मेदवारी दिने तयारी छ ।

‘अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएकाले अब वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमध्ये एक पदमा उम्मेदवारी दिने पक्का छ’, ती नेताका अनुसार भुसालको यस्तो तयारीपछि अध्यक्ष ओलीले भुसाललाई बालकोटमा भेट्न बोलाएका छन् ।

‘बालकोटबाट भेटघाटका लागि खबर आएको छ । तर उहाँ जानुभएको छैन । त्यहाँ गएर नमस्कार गर्नुबाहेक अरु उपलब्धि नहुने भएपछि उहाँले चासो दिनुभएको छैन’, भुसाल निकटस्थहरुको भनाई छ ।

एमाले महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनमा १५ पदाधिकारी सर्वसम्मत चयन गर्ने अध्यक्ष ओलीको चाहना छ ।

अध्यक्षमा आफैं दोहोरिने चाहाना राखेका ओलीले सबै पदमा सहमति खोज्ने प्रयास गरेपनि ओली समूहमै आकांक्षी धेरै भएपछि निर्वाचन हुने लगभग निश्चित भएको छ ।

१९९९ महाधिवेशन प्रतिनिधि रहने भनिएको एमाले महाधिवेशनमा अधिकांश ओली पक्षबाट चयन भएका छन् । रावल र भुसाल समूहका झण्डै ४ सय महाधिवेशन प्रतिनिधि चयन भएको उनीहरुको आन्तरिक मूल्याङ्कन छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...