खुसिको खबर : अब एकल पुरुषले पनि मासिक यति धेरै भत्ता पाउने, एकल पुरुष परे मख्खै

जुम्ला –

गुठिचौर गाउँपालिकाले सबै वडाका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ । गाउँपालिकाले ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई मासिक २ हजार रुपैयाँका दरले भत्ता वितरण गर्न लागेको हो । 

चालु आर्थिक वर्षदेखि सुरु गरिएको कार्यक्रमका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘रकम अपुग भए अन्य शीर्षकबाट उक्त भत्ता उपलब्ध गराइनेछ,’ गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भने, ‘विदुर पुरुषहरूलाई जीविकोपार्जनमा स म स्या भएको देखिएपछि यो निर्णय लिएका हौं ।’

गाउँपालिकाले विदुर भत्ता दिने निर्णयले उत्साह मिलेको स्थानीय कमानसिंह विकले बताए । ‘समाजमा एकल पुरुष पनि साहरा विहीन छौं,’ उनले भने, ‘यो भत्ताले थोरै भए पनि राहत दिने विश्वास छ ।’ छोराबुहारीले घरबाट निकालेपछि उनले ७ वर्षदेखि आफन्तको घरमा बसेर मजदुरी गरी जीविकोपार्जन गरिरहेका छन् ।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आए पनि एकल पुरुषलाई नदिँदा उनीहरू सहाराविहीन बनेपछि

भत्ता दिन बजेट छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । अहिले गाउँपालिका ले एकल पुरुषहरूको तथ्यांक संकलन गर्न थालेको छ ।

यो पनि : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि एमाले अध्यक्षमा नदोहोरिने घोषणाको सम्मान गर्नका लागि आफू अगाडि बढेको बताएका छन् ।

१० औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा कार्यक्रममा रावलले अध्यक्ष ओलीले यसअघि नै सोही पदमा नदोहोरिने बताएकाले आफू योग्य ठानेर अघि बढेको बताए । 

आइतबार उम्मेदवारी घोषणा गर्न पत्रकार सम्मेलन गरेका रावलले व्यक्तिगत रूपमा चुनाव ल ड्ने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा भने, ‘ओली स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा उम्मेदवारी नदिने घोषणा पनि गर्नुभएको हो ।

उहाँको यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकाले मैले केन्द्रीय अध्यक्षका लागि उम्मेदवारी दिन उपयुक्त सम्झेको छु ।’

केपी शर्मा ओलीले यसअघि पार्टी अध्यक्षमा नदोहोरिने बताउँदै आएका भए पनि पछिल्लो समय उनले अध्यक्षभन्दा माथि पद नभएको भन्दै उम्मेदवार बन्ने संकेत गरेका थिए ।

ओली निर्विरो ध अध्यक्ष बन्ने प्रयासमा लागेको समाचार आइरहँदा उपाध्यक्ष रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि महाधिवेशनमा प्रतिस्पर्धा हुने भएको छ ।

आफू अध्यक्ष निर्वाचित भएपछि ओलीका अनुभव पनि पार्टी अगाडि बढाउन समेट्ने रावलले बताए थिए । अध्यक्ष ओली र अन्य नेतालाई आफ्नो उम्मेदवारीलाई सहज रूपमा लिएर सहयोग गर्न पनि रावलले आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...