आज एक दिनमा को’रो’ना संक्र’मित र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो २ सय ९६ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७ हजार ८४५  जनाको पिसिआर र १ हजार २७८ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ३२ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ७० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ७० जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ६ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

नेपालमा को’रो’ना स’ङ्क्र’मणमु’क्त हुने दर ९७.७ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३७० जना को’रो’ना मु’क्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी देशमा हालसम्म सात हजार १६४ जना सक्रिय स’ङ्क्र’मित रहेका छन् । यो सँगै नेपालमा को’रो’ना संक्र’मितको संख्या ८ लाख १९ हजार १९ पुगेको छ ।

२४ घण्टामा ४० हजार १४ जनाले खोप लगाएसँगै नेपालमा पूर्ण खोप प्राप्त गर्नेको संख्या ७९ लाख ६ हजार ३६९ रहेको छ ।

यस्तै नेपालमा अहिले गर्मी सिजन सकिएर बिस्तारै हिउँद सुरू हुँदै गर्दा मौसमी फ्लुका बि’रा’मी बढ्न थालेको चिकित्सकहरू बताउँछन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो साता मौसमी फ्लुका बि’रा’मी बढ्न थालेको बताए ।  ‘अब सिजन परिवर्तन हुँदै गर्दा मौसमी ज्व’रो र रु’घाखो’कीका बि’रा’मी पनि बढ्न थालेका छन् ।

काठमाडौं भन्दा पनि बाहिरका जिल्लामा झन् धेरै बि’रा’मी देखिएको भन्ने सुनेको छु,’ उनले भने । डा. पुनका अनुसार मौसमी फ्लुले समात्दा ज्व’रो आउने, घाँटी दु’ख्ने, जीउ दु’ख्ने र खो’की लाग्ने गर्छ । त्यसैले यस्ता लक्षण देखिनसाथ मौसमी फ्लु भएको भनेर सम्झिनुपर्ने उनको भनाइ छ । 

तर यी लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकालाई धेरैलाई मौसमी फ्लु र को’रो’ना भएको छुट्याउन गाह्रो पर्ने डा. पुन बताउँछन् । उनले अस्पतालमा पनि धेरै मानिसहरू सो लक्षणहरू लिएर को’रो’ना भएको हो कि भन्ने आ’शं’काले आउने गरेको तर पछि जाँच गर्दा मौसमी फ्लु हुने गरेको उनी सुनाउँछन्। 

मौसमी फ्लु हो कि को’रोना हो भनेर कसरी छुट्याउने ?

डा. पुनका अनुसार धेरै मानिसहरूलाई मौसमी फ्लु हो कि को’रोना हो भनेर छुट्याउन गाह्रो पर्छ । कसैले ज्व’रो आउनु बित्तिकै उनीहरू को’रोना नै भयो भनेर आत्तिने गरेको उनले सुनाए । तर पुनले मौसमी फ्लु र को’रोना छुट्याउनलाई केही सुझाव दिएका छन् । 

उनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, जीउ दु’ख्नेसँगै स्वाद र ग’न्ध पनि हराएको छ भने त्यो बेलामा को’रोना भएको हुनसक्छ । त्यस्तो हुनसाथ नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने र परीक्षण गराउन उनको सुझाव छ ।

तर स्वाद र गन्ध हराएको छैन भने त्यो बढी मौसमी फ्लु हुनसक्ने र पछि थप सम’स्या आएमात्र चिकित्सकसँग परामर्श गर्नुपर्ने पुन सुझाउँछन् । 

साथै रू’घा लाग्दा वा हाछ्यूँ गर्दा नाकबाट सिँगान वा पानी बगिरहन्छ भने, त्यो को’रोनाको लक्षण नहुने उनी बताउँछन् । तर सुख्खा खो’की लागिरह्यो भने चाहिँ त्यो को’रोना हुनसक्ने भन्दै त्यो बेला सचेत हुनुपर्ने उनको भनाइ छ ।

साथसाथै सास फेर्न गाह्रो हुन थाल्यो भने तुरून्तै चिकित्सक कहाँ जानुपर्ने पुनको सुझाउँछन् । किनभने मौसमी फ्लु हुँदा सास छोटो छोटो हुने वा सासै फेर्न मुस्किल नहुने उनी बताउँछन् । त्यसैले कुनै पनि व्यक्तिले मौसमी फ्लु हो कि को’रोना हो भनेर छुट्याउन यी कुरा ख्याल गर्नुपर्ने उनको भनाइ छ । 

मौसमी फ्लूबाट कसरी जोगिने ? 

डा. पुनका अनुसार मौसमी फ्लुबाट जोगिन को’रोनाकै जस्तो साबुन-पानीले बेलाबेला हात धुने, हाछ्यूँ गर्दा कुइनाले छोप्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ ।

यदि मौसमी फ्लु भएमा सो व्यक्तिले आफूलाई अरूबाट अलग गरेर घरमै दुई चार दिन आराम गर्ने र औषधि लिने र त्यो गर्दा पनि गा’ह्रो भएमा मात्र अस्पताल जानुपर्ने डा. पुनको सुझाव छ । 

त्यस बाहेक मौसमी फ्लु सिजन परिवर्तन हुने बेलामा देखिने हुँदा सो बेला बढी सतर्क हुनुपर्ने पुन सुझाउँछन् । साथै, फ्लुले बढी बालबालिकामा असर गर्ने भन्दै ती समूहलाई बढी हेरचाह गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...