उज्यालो नेपालका दूई नायकले चलायको विद्युतीय मोटरसाइकल भा इ र ल बन्यो

काठमाडौं – 

अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपाली युवा इन्जिनियर टोलीले बनाएको विद्युतीय मोटरसाइकल ‘यात्री’ को मंगलबार टेस्ट राइड गरेका छन् ।

उनीहरूले अर्थ मन्त्रालय परिसरमै केही समय मोटरसाइकल हाँकेर त्यसको टेस्ट राइड गरेका हुन् ।

अर्थसचिव मरासिनीले मंगलबार राति ८ बजेर ३४ मिनेटमा आफ्नो ट्वीटरमा लेखेका छन्, ‘नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीको गज्जबको टेस्ट राइड गरियो। यस्तो वातावरणमैत्री सिर्जनाका लागि अशिम पाण्डे र उनको टिमलाई बधाई ।

यसका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुनै सक्दैनथ्यो, किनभने अहिले हाम्रो देश हरित विकासमा प्रतिबद्ध छ। हामी यस्ता घरेलु उद्यमलाई प्रबर्द्धन गर्नेछौं ।’

अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीसँग यसबारे सोध्दा उनले ‘यात्री कम्पनीको टोली आएर अर्थमन्त्री सहित मन्त्रालयका पदाधिकारीहरूलाई आफ्नो विद्युतीय मोटरसाइकलबारे जानकारी गराएको’ बताए ।

अर्थसचिवको ट्वीटमा अर्थमन्त्री शर्मासहित अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय वातावरण सम्मेनलन (कोप-२६) को ट्वीटर ह्यान्डललाई मेन्सनसमेत गरिएको छ। उनले टेस्ट राइड गर्ने क्रममा खिचिएका चारवटा तस्बिर सेयर पनि गरेका छन्।

यो पनि : सरकारले बुधबार दिउँसोबाट इ–पासपोर्ट (विद्युतीय राहदानी) जारी गर्दैछ । राहदानी विभागका अनुसार बुधबारबाट उक्त पासपोर्ट जारी गर्न थालिए पनि मंसिर १५ गतेबाट पूर्णरुपमा सर्वसाधरणका लागि वितरण गरिनेछ ।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो ।

विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

विद्युतीय पासपोर्टमा बायोमेट्रिक सूचनाहरु ‘चिप’मा हुन्छ । यसमा हातका औंला, आँखा र अनुहारलाई कैद गर्छ । कुनै पनि व्यक्तिको पासपोर्ट हेर्ने बित्तिकै उसको बारेमा सम्पूर्ण जानकारी प्राप्त हुन्छ ।

व्यक्तिगत, कूटनीतिक अधिकारी, आधिकारिक, शान्ति मिसनमा जाने सुरक्षाकर्मी, ट्राभल डकुमेन्ट, अस्थायी पासपोर्ट र रेकर्ड बुक गरी सात प्रकारका विद्युतीय पासपोर्ट आउन लागेको राहदानी विभागले जनाएको छ ।

सरकारले तीन पटक टेन्डर आह्वानपछि दुई वर्ष अघि फ्रेन्च कम्पनी आईडिमियासँग नयाँ एनआरपी छाप्न सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार नेपालले ५० लाख इ–पासपोर्ट प्राप्त गर्छ ।

नेपालले एमआरपी लागू गरेको बेलामा कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभलतर्फ गरी जम्मा ७० लाख एमआरपी छापेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...