आज देशभर को’रोना संक्र’मित र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ४ सय १६ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा  ७ हजार ८६३ जनाको पिसिआर र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ९९ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय ६० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय ६० जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ६ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

हाल देशभर को’रोना भा’इ’रसको सक्रिय संक्र’मितको संख्या ७ हजार ६४२ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा को’रोना संक्र’मितको कुल संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ भने ७ लाख ९९ हजार १७६ जना संक्र’मणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल ७ हजार १६९ जना होम आइसोलेसनमा रहेका छन् भने ४७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । को’रोनाका बि’रामीमध्ये २२४ जना आईसीयू र ६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ४ बालबालिकामा कोरो’ना संक्र’मण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना को’रोना संक्र’मित थपिएका छन् ।

कुन जिल्लामा कति संक्र’मित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा 90, ललितपुरमा २५, झापामा २१, मोरङमा १५, रुपन्देहीमा १३, चितवनमा १२ र कास्कीमा १० जनामा संक्र’मण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...