गजबका विप्लवका ब’न्द’क’र्ता : न टायर बाले, न तो’ड’फो’ड नै उल्टै यस्तो काम गरि सबैको मन जिते

दाङ –

नेपाल ब’न्द भनेपछि सामान्यतया हामी सडकमा टायर बाल्ने, तो’ड’फो’ड गर्ने र झ’ड’प तथा गि’र’फ्ता’रीका घटना सम्झिन्छौं ।

तर पेट्रोलियम पदार्थमा भएको मु’ल्यबृ’द्दी लगायतको वि’रो’धमा नेपाल ब’न्द गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भने ब’न्द आयोजक भएर पनि रचनात्मक काम गरेको छ ।

मंगलबार गरेको नेपाल ब’न्दको क्रममा दाङमा बन्दकर्ताहरूले सडक सफा गरेका छन् भने ट्राफिक संकेतहरूको समेत व्यवस्थापन गरेका छन् ।

सडकका देखिएका ब’न्दक’र्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन् । ब’न्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन् ।

राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि वि’रो’ध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको आयोजकले जनाएको छ ।

‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ ब’न्द आयोजक दलका नेता हेमन्त प्रकाश वलीले संचारकर्मीसंग  भने । मूल्यवृ’द्धिको विरोधमा ब’न्द भएपनि त्यसलाई स’दु’प’यो’ग गरेर रचनात्मक काम गर्न लागिएको उनको भनाई छ ।

ब’न्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए ।

लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताएको        अन्नपूर्णपोष्टका दाङ संवाददाता गोपाल शर्माले रिपोर्ट तयार गरिएको छ ।

ब’न्दमा प्रेस, एम्बुलेन्स लगायत अस्पताल सम्बन्धी, कानुन व्यवसायी (आ’न्दो’ल’न जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्ने बाहेक सबै गाडी ब’न्द हुने नेकपाले जनाएको छ ।

नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल ब’न्दका क्रममा प्रेस, एम्बुलेन्स लगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुन व्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् ।

ब’न्दमा सहयोग गर्न महँगीको मा’रमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ ।

नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि ब’न्दमा साथ दिन आह्वान गरेको छ ।

यसै क्रममा नेकपाले नेपाल ब’न्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जु’लु’स निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर वि’द्रो’ह गर्न बाध्य पारेको बताए ।

उनले आज साँझको मसाल जु’लु’स र भोलि मङ्गलबारको नेपाल ब’न्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ।

केहिदिन अघि महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल ब’न्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...