पेट्रोलियम पदार्थमा मूल्यवृद्धिमा विप्लवको वि’रो’ध, देशैभरको ताजा अवस्था के छ ?

काठमाडौं –

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको वि’रो’धमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको ब’न्दले काठमाडौं लगायत देशका विभिन्न जिल्लाको जनजीवन प्र’भा’वि’त भएको छ। 

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले इन्धनमा गरिएको अस्वभावित मूल्यबृद्धिको वि’रो’धमा आज आह्वान गरेको नेपाल ब’न्दको प्रभाव राजधानी काठमाडौं उपत्यकामा सामान्य परेको छ ।

पेट्रोलियम पदार्थ सहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मू’ल्यवृ’द्धि तत्काल खा’रे’ज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले कात्तिक ३० गते ब’न्द आह्वान गरेको थियो ।

मंगलबार बिहान सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी साधन भने चलेका छैनन् । लामो दूरीका सवारी सन्चालकहरु बन्दको प्रभाव र प्रदर्शनकारीको उपस्थिति हेरेर दिउँसोदेखि चलाउने मनशायमा छन् । उपत्यकाका कतिपय विद्यालयले आजका लागि विदा दिएका छन् ।

यसै क्रममा काठमाडौंको त्रिपुरेश्वरमा विप्लवका कार्यकर्ताले टा’यर बा’लेर वि’रो’ध प्रदर्शन गरेका हुन् । 

यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल ब’न्दको प्रभाव पूर्वी नेपालमा आंशिक रहेको छ ।

ब’न्दका कारण लामो तथा छोटो दूरीका सवारी ठप्प छन् भने बजार, पसल, उद्योगलगायत खुल्न सकेका छैनन् । पूर्वी नेपालमा सार्वजनिक  यातायात साधान नचल्दा नागरिकलाई है’रा’नी भएको छ ।

तर अन्य सवारी साधन भने फाटफुट रुपमा राजमार्गमा गुडेका छन् । सार्वजनिक सवारी साधान नचलेका कारण कतिपय ठाउँमा गन्तव्यमा हिँडेका यात्रु बजार र चोक–चोकमा अलपत्र परेका छन् ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि वि’रो’धमा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल ब’न्दको आह्वान​ गरेको थियो ।

यस्तै ब’न्द गराउँदै हिँड्का नेकपा कास्कीका सदस्य काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीका डीएसपी सुन्दर तिवारीले प’क्रा’उ परेकासँग सोधपुछ भइरहेको बताए । नेकपाका कार्यकर्ताले पोखराका विभिन्न चोक र सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

पोखरामा बिहानैदेिख ब’न्दको प्र’भा’व छ । सार्वजनिक यातायात ठप्प छ भने निजी सवारीसाधन पनि फाट्टफुट्ट गुडेका छन् । बजार ब’न्द छ। अत्याश्यक ढुवानीका मालबाहक गाडी भने चलिरहेका छन् ।

ब’न्दमा प्रेस, एम्बुलेन्स लगायत अस्पताल सम्बन्धी, कानुन व्यवसायी (आ’न्दो’ल’न जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्ने बाहेक सबै गाडी ब’न्द हुने नेकपाले जनाएको छ ।

नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल ब’न्दका क्रममा प्रेस, एम्बुलेन्स लगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुन व्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् ।

ब’न्दमा सहयोग गर्न महँगीको मा’रमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ ।

नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि ब’न्दमा साथ दिन आह्वान गरेको छ ।

यसै क्रममा नेकपाले नेपाल ब’न्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जु’लु’स निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर वि’द्रो’ह गर्न बाध्य पारेको बताए ।

उनले आज साँझको मसाल जु’लु’स र भोलि मङ्गलबारको नेपाल ब’न्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ।

केहिदिन अघि महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल ब’न्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...