काठमाडौं –
मूल्यवृद्धिको वि’रो’धमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल ब’न्दका कारण यात्रुहरुले सा’स्ती पाएका छन् ।
सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सा’स्ती पाएका छन् ।
विशेष गरी लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने गाडीहरू पनि निकै कम छन् । काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा कमैमात्र चलेका छन् ।
काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तै’ना’थी बढाइएको छ । बन्दको क्रममा कुनै अ’प्रि’य घ’ट’ना नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
उनका अनुसार महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना ब’न्द’क’र्ता प’क्रा’उ परेका छन् ।
ब’न्दमा प्रेस, एम्बुलेन्स लगायत अस्पताल सम्बन्धी, कानुन व्यवसायी (आ’न्दो’ल’न जारी रहेका कारण), कूटनीतिक नियोग र फोहोर बोक्ने बाहेक सबै गाडी ब’न्द हुने नेकपाले जनाएको छ ।
नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल ब’न्दका क्रममा प्रेस, एम्बुलेन्स लगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुन व्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् ।
ब’न्दमा सहयोग गर्न महँगीको मा’रमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थलापरेका सबै पक्षलाई आह्वान गरेको छ ।
नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि ब’न्दमा साथ दिन आह्वान गरेको छ ।
यसै क्रममा नेकपाले नेपाल ब’न्दको पूर्वसन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जु’लु’स निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुन्धाराबाट सुरु भएर जुद्धसडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर वि’द्रो’ह गर्न बाध्य पारेको बताए ।
उनले आज साँझको मसाल जु’लु’स र भोलि मङ्गलबारको नेपाल ब’न्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशबासीलाई आह्वान गरे ।
केहिदिन अघि महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल ब’न्द सहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका थिए ।





















