मन्त्रालयमा भ्र ष्टा चा रको ग न्ध आएपछि मन्त्रि आलेको यस्तो कडा ए क्स न, भ्र ष्ट हरुको चल्यो रु वा बा सी

काठमाडौं –

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सम्हालेको मन्त्रालयमा भ्र ष्टा चा रको ग न्ध आएको छ ।

आलेले सेटिङमा टेण्डर आह्वान गरेर एकै निर्माण व्यवसायीलाई ठेक्का दिन लागिएको उ जु रीपछि पर्यटन विभागले गरेको तीनवटा टेण्डर प्रेमबहादुर आलेले सोमबार ठाडो आदेशमा बोलपत्र सूचना र द्ध गराएका छन् ।

मन्त्रीको निर्देशन लगत्तै पर्यटन विभागले ग्रेट हिमालयन ट्रेलका तीनवटा खण्डको निर्माण तथा स्तरोन्नति गर्ने सम्बन्धी टेण्डर र द्द गरेको महानिर्देशक तारानाध अधिकारीले बताएका छन् ।

बढीमालिका, मनास्लु र धौलागिरि क्षेत्रमा पर्ने ग्रेट हिमालयन ट्रेल अर्न्तगत रहेका पदमार्ग सुधार र निर्माणका लागि पर्यटन विभागले कात्तिक ११ गते एक दैनिक पत्रिकामा ५/५ करोडका दरले १५ करोड रुपैयाँ बराबरको निर्माण तथा सुधार गर्न सूचना निकालेको थियो ।

उक्त सूचनाले सबै समूहका निर्माण व्यवसायीलाई प्रतिष्पर्धा गर्ने बाटो रोक्दै विभागबाट विगत तीन/चार वर्षदेखि निर्माणको ठेक्का सेटिङमा लिँदैआएका केही निर्माण व्यवसायीको मात्रै योग्यता पुर्‍याउने गरी सूचना निकालेको भन्दै उ जु री परेको थियो ।

‘एक पूर्व अर्थमन्त्री निकट ठेकेदारले वर्षौदेखि विभागका महानिर्देशकसँग मिलेमतोमा ठेक्का ह त्या उँदै, कमिसनका आधारमा ठेक्का लिने, कमसल काम गर्ने उ जु री पाएको थिएँ,’

पर्यटनमन्त्री प्रेमबहादुर आलेले भने, ‘गो प्य तरिकाले छा न बि न गर्दा पदमार्गमै काम गरेको, कारोबार रकमको सीमा तोकिएको, ढुंगा छापेको घनमिटर तोकिएर टेन्डर निकालेको पाइयो ।’

बोलपत्रमा कुनै निश्चित कम्पनीको योग्यता मात्रै मिल्ने गरी पदमार्गमा ३ करोड ६० लाख रुपैयाँको ठेक्का लिएको, १ हजार १ सय ८ घनमिटर ढुंगा छि ना ले र काटेको जस्ता शर्त राखिएका थिए ।

मन्त्री आलेले सोमबार पर्यटन सचिव यादव कोइराला, पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारी र टेन्डर डकुमेन्ट निकाल्ने विभागका इन्जिनियर सचिन्द्र यादवलाई बोलाई सूचनामा त्रु टी रहेकाले र द्द गर्न निर्देश दिएका थिए ।

मन्त्रीको निर्देशनलगत्तै सोमबार साँझ विभागले कात्तिक ११ गते जारी गरेको सूचना र द्द गरेको जनाएको छ । ‘पर्यटनमन्त्रीको निर्देशन अनुसार ग्रेट हिमालयन ट्रेल पदमार्गको सूचना र द्द गरेका छौं,’ विभागका महानिर्देशक तारानाथ अधिकारीले भने ।

महानिर्देशक अधिकारीले यी रुटका लागि बिनियोजन गरिएको बजेटलाई यसै आर्थिक वर्षमा खर्च गर्नेगरी चाँडै मन्त्रालयको राय लिई सूचना परिमार्जन गर्ने बताए ।

विभागले बाजुराको बढीमालिका क्षेत्रमा पर्ने भोल्दे–पइमा भन्डार–गृहमाना हुँदै फूल चढाउने रुट, मनास्लुको रुबिनला फेदी–रुबिन्ला पास–ठाडो बोराङ, सामागाउँ हुँदै

विरेन्द्रताल रुट र धौलागिरि क्षेत्रको रुइसे डाँडा–धौलागिरि आइसफल रुट गरी तीन वटा पदमार्ग निर्माणको ठेक्का निकालेको थियो । यी रुटको निर्माणका लागि मंसिर १२ गतेभित्र टेन्डर बुझाउने सूचना थियो ।

यी टेन्डर सम्वद्ध स्रोतका अनुसार यी तीन क्षेत्रको ठेक्कामा दोब्बर लागत बनाई सूचना जारी गरिएको छ । ‘विभागका विगतका ठेक्कामा ६७ प्रतिशतसम्म घटाघटमा काम भएको देखिएकाले लागत रकम कम्तीमा दोब्बरसम्म राखेको बोलपत्र जारी गरिएको देखिन्छ,’ स्रोतले भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...