काठमाडौंको मःमः नखान प्रा.डा.कोइरालाको अनुरोध, यस्तो छ कारण

काठमाडौं –

प्रा.डा. उमा कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट पोषण विषयमा विद्यावरिधि गरेकी छन् ।

अहिले पनि त्रिविमै अध्यापनरत कोइराला पोषणसम्बन्धी थुप्रै राष्ट्रिय/अन्तर्राष्ट्रिय अनुसन्धानमा सहभागी भइरहेकी छन् ।

राष्ट्रिय योजना आयोगको पोषणसम्बन्धी सल्लाहकार समितिमा सदस्यसमेत रहेकी कोइराला काठमाडौंमा खाजाका रुपमा प्रयोग हुने मःमः सकेसम्म उपभोग नगर्न सुझाव दिन्छिन् ।

काठमाडौंमा बन्ने अधिकांश मःमः अस्वस्थकर हुने बताउँदै उनले खानै परे आफूलाई विश्वास लाग्ने ठाउँमा मात्रै खान सुझाव सल्लाह दिएकी छन् ।

काठमाडौंमा बनाइने मःमःमा प्रयोग हुने मासु, सागसब्जी  गुणस्तरहीन हुने गरेको उनी बताउँछिन् ।

‘काठमाडौंमा मःमः खान स्वास्थ्यका दृष्टिकोणले एकदमै जोखिम छ । हामीकहाँ गुणस्तर नियमन नभएकाले प्रयोग भएका वस्तुको स्वच्छताबारे थाहा हुन्न,’ डा.कोइरालाले भनिन्, ‘हत्तपत्त गएर जहाँ पायो त्यही मःमः नखानु नै बेस हो ।’ 

कोक, फन्टा, पेप्सीजस्ता पेय पदार्थसँग मःमः खान नहुने कोइरालाले बताइन् । 

यस्तै हामी दुध र दहि दैनिक जसो खाईरहेको हुन्छौ । हाम्रो शरिरको लागि हामीले खाने गरेको दुबै चिच स्वास्थ्यको लागि नै फाईदाजनक

नै रहेको छ । हामीलाई यो थाहा छैन कि दुध खानु स्वास्थ्यको लागि बढि फाईदाजनक हुन्छ कि दहि खादा बडि फाईदाजनक हुन्छ भनेर ।

दूध’भन्दा दही खानु स्वास्थ्य’का लागि लाभ’दायक मानिन्छ दूधलाई जमाएर अमि’लो बनाएर दही बस्नाइन्छ । यसमा भएका ब्याक्टेरिस्याका

कारण पाचन प्रक्रियास्लाई सहज बनाउँछ । दहीमा दूध’भन्दा बढी प्रोटीन, ल्याक्टोज, क्याल्सियम र अन्य धेरै भिटा’मिनहरू पाइने वैज्ञा’निकहरू बताउँछन् ।

दहीमा भिटा’मिन ए र बी–१२ हुन्छ अनि क्या’ल्सियम पनि धेरै हुने हुँदा हाड र दाँत बलियो बनाउन यसले मद्दत गर्छ । साथै दहीमा हुने तत्वले अस्टियो’पोरोसिस जस्ता रोग’सँग ल’ड्न पनि सहयोग गर्छ ।

अर्को कुरा त दूध छिट्टो न’पच्ने हुँदा यसले क’ब्जियत तथा ग्या’स पैदा गर्छ । दही तुरन्तै पच्ने हुँदा खाना खाए’पछि दही लिँदा पाचन’प्रणालीलाई सहयोग पुग्छ ।

डाक्टर’हरूका अनुसार एक दिनमा २५० मिलि दही खानु सही हुन्छ । दिउँसो भोजनको सम’यमा दही पिउँदा पनि यसले फाइदा गर्छ ।

राति भने दही खानु स्वस्थ’कर मानिँदैन । अझ मा’सु खाएका बेला त बिर्सेर पनि दूध वा दही खानु हुँदैन । साथै बासी दही पनि स्वास्थ्यका लागि हानी’कारक हुन्छ ।

मधुमेह, रुघाखो’की, टन्सिल, दम र सास फेर्न समस्या भएकाहरूले पनि दही खानु हुँदैन । दूधलाई फर्मेन्टेसन गरी दही बनाइन्छ ।

यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिन्छ । किनकि दहीलाई केही दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा बिग्रन्छ ।

दही बनाउने समयमा दूधमा प्रयोग गरिने जोडनको माध्यमबाट ल्याक्टोब्यासिल जीवाणु सक्रिय भई दूधमा रहेको ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्छ, फलस्वरुप दही बन्छ । यसलाई प्रोबायोटिक कल्चर पनि भनिन्छ ।

दहीको पौष्टिक गुण बाहेक केही स्वास्थ्य समस्या निदान गर्न समेत मद्दत पु¥याउने भएकाले यसलाई फङ्सनल फूडको रुपमा पनि लिइएको छ । दहीमा पाइने ल्याक्टोब्यासिल जीवाणुले शरीरभित्र अन्य हानिकारक जीवाणुहरुको वृद्धि हुन दिंदैन ।

विशोष अमोबिक डिसेप्ट्रीका जीवाणुको वृद्धिलाई रोक्छ । पेट गडबडी हुँदा अर्थात पखाला लागेको समयमा दहीको सेवन गर्दा पखाला कम गर्छ ।

फर्मेन्टेसन क्रियाबाट दही बन्ने भएकोले दूधभन्दा पचाउन पनि सजिलो हुन्छ । एन्टिबायोटिक औषधिको सेवनबाट पाचनक्रियामा भएको गडबडीलाई दहीले ठीक राख्न मद्दत गर्छ । यस्तो औषधिले शरीरमा भएका राम्रा तथा

नराम्रा दुवै किसिमका जीवाणु नष्ट गर्ने भएकोले पाचनक्रियामा समेत असर पार्छ । यस्तो स्थितिमा घरमै बनाएको अमिलो नभएको दही खानाले नराम्रा जीवाणुको वृद्धि लाई रोकी पाचन अंगलाई पुनः साधारण अवस्थामा ल्याउन मद्दत गर्छ ।

यसैगरी महिलाहरुमा विशेषतः गर्भवती, मधुमेह तथा एन्टिबायोटिक औषधि सेवन गरेको अवस्थामा देखा पर्ने एक प्रकारको योनिको संक्रमण (योनि चिलाउने तथा बाक्लो तरल पदार्थ बग्ने)

लाई हटाउन दैनिक भोजनमा प्रशस्त मात्रामा दहीको समावेश गर्न आवस्यक भएको कुरा विभिन्न अध्ययनले देखाएको छ । दैनिक भोजनामा दही समावेश गर्न सकेमा यस प्रकारको संक्रमण तीन गुणाले कम हुनेछ ।

तुलनात्मकरुपमा हेर्ने हो भने दूध र दूधबाट बनेका अन्य खाद्यपदार्थहरुमा भन्दा दहीमा प्रशस्त मात्रामा पौष्टिक तत्व पाइन्छ । १०० ग्राम दहीमा प्रोटिन ३ दशमवल १ ग्राम, चिल्लो ४० ग्राम,

क्यालोरी ६० र क्याल्सियम १४९ मि।ग्रा। पाइन्छ । हुन त दूधबाट दही बनाउने भएकाले साधारणतया दुवै खाद्यपदार्थको पौष्टिक गुुण समान भए पनि दहीमा क्याल्सियमको मात्रा, शोषण हुने प्रक्रिया दूधको भन्दा केही फरक छ ।

नेसनल इन्स्टिच्युट अफ न्युट्रेसन इन हैदराबादले गरेको अध्ययन अनुसार एक कप अर्थात २५० मि.ग्रा.दहीबाट ३७० मि.ग्रा. क्याल्सियम पाइन्छ भने एक कप दूधबाट ३०० मि।ग्रा।

मात्र क्याल्सियम पाइन्छ । यसरी एक कप दहीबाट एक वयष्कको क्याल्सियमको आवस्यकता ३०–४० प्रतिशत पूर्ति हुन्छ । यसैगरी प्रोटिन ८ ग्राम प्राप्त हुन्छ ।

यी बाहेक दही भिटामिन बी, फोस्फोरस तथा पोटासियमको पनि राम्रो स्रोत मानिन्छ । एक कप दहीबाट २५० मि.ग्रा. पोटासियम पाइन्छ, जुन एक पाकेको केराबाट पाउने बराबरको हुन्छ । दूधमा भएको क्याल्सियम भन्दा दहीमा भएको क्याल्सियमको शोषण तथा उपयोग छिटो हुन्छ ।

शरीरमा क्याल्सियम शोषणको लागि एसिडको आवश्यक पर्छ, जुन एसिडको दही भएका जीवाणुहरुले पैदा गर्छन् अर्थात दूधबाट दही बन्ने क्रममा यी

जीवाणुले ल्याक्टोज चिनीलाई ल्याक्टिक एसिडमा परिणत गर्ने काम गर्छन् । यसैगरी प्रोटिन तथा लौहतत्वको शोषणमा पनि ल्याक्टिक एसिडले मद्दत पु¥याउँछ ।

यस प्रकार शरीरमा दहीमा भएको क्याल्सियम राम्ररी शोषण तथा सदुपयोग हुने भएकाले अस्टोपोरोसिस भएका वयष्क महिलाको दैनिक भोजनमा आवश्यक मात्रामा दही समावेश गर्दा क्याल्सियमको औषधिले भन्दा बढी फाइदा भएको पाइएको छ ।

दूधमा भन्दा दहीमा पानीको मात्रा कम हुनाले स्वाभाविकरुपमा यसमा पौष्टिक तत्व बढी हुन्छ तर क्यालोरीको परिमाण भने दूधमा भन्दा दहीमा कम हुन्छ ।

दुधको फाइदा संगै बेफाइदा
दूध बालबालिकाका लागि अनिवार्य खाद्यपदार्थ हो । बालबालिकाका लागि न्युट्रेसनको आवश्यकता हुने भएकाले दूध निकै महत्वपूर्ण हुन्छ ।

कुपोषणको सिकार भएका व्यक्तिले पनि दूध खानुपर्छ । कतिपयलाई थोरै खाएर धेरै क्यालोरी चाहिने हुन सक्छ । त्यस्ता व्यक्तिका लागि पनि दूध निकै राम्रो हुन्छ । किनभने दूधमा अत्यधिक क्यालोरीको मात्रा हुन्छ ।

स्वस्थ मानिस अर्थात् हेल्दी एडल्टले भने दूध नखाँदा राम्रो हुन्छ । आफैँमा स्वस्थ व्यक्तिले दूधको प्रयोग गर्दा ओभर न्युटे«सनको समस्या हुन सक्छ । त्यो किनभने हेल्दी एडल्टका लागि स्टक क्यालोरीको अवश्यकता हुँदैन ।

त्यस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूधको प्रयोग असुरक्षित मानिन्छ । किनकि दूधबाट पाइने ५० प्रतिशत क्यालोरी स्याचुरेटेड फ्याटबाट प्राप्त हुन्छ ।

दैनिक रूपमा मानिसलाई खानाबाट करिब सात प्रतिशत क्यालोरीको लिनुपर्ने हुन्छ । यस्तो क्यालोरी अन्य खाद्यपदार्थबाट पनि प्राप्त गर्न सकिन्छ । तर, दूधबाट मात्रै तीन प्रतिशत क्यालोरी प्राप्त हुन्छ । जुन हानिकारक सावित हुन सक्छ ।

दूधमा स्याचुरेटेड फ्याट बढी पाइने भएकाले यसबाट उच्च रक्तचाप, कोलेस्ट्रोल, तौल बढ्न सक्छ । अझ यस्ता समस्या भएका व्यक्तिले त दूधको प्रयोग नै नगर्दा राम्रो हुन्छ । किनभने दूधकै कारणले यस्तो समस्या निको नहुने र लामो समयसम्म दुःख दिने हुन सक्छ ।

स्वस्थ व्यक्तिले खानामा बोसोकोे मात्रा कम लिनुपर्छ । तर, दूधमा भने फ्याट र क्यालोरी अत्याधिक हुने भएकाले त्यस्ता मानिसले दूधको प्रयोग नगर्दा राम्रो हुन्छ । भैँसीको दूध अझ बढी हानिकारक मानिन्छ । किनभने यसमा गाईको दूधमा भन्दा डबल फ्याट हुन्छ । जसले नराम्रो असर गर्न सक्छ ।

दहिका फाईदा र बेफाईदा
दही सगुनको रुपमा प्रयोग गर्दै आएका छौ । भनिन्छ दही खाएर कतै शुभ कार्यमा जड शुभ हुन्छ भनिन्छ । दहिको फाईद यतिमात्र हैन दहिको सेवानले

फाईदा गर्छ र कसैलाई बेफाईदा पनि गर्दछ । दहीमा भएका रासायनिक पदार्थका कारण खाना छिट्टै पच्छ । अपच, कब्जियत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ ।

तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हानि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।

एलर्जी
जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ ।

तत्कालै नसुत्नुस्
दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ ।

राति नखानुस्
राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।

अमिलो दही नखानुस्
दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, एसिडटी वा पेटको खराबी हुन सक्छ ।

नतताउनुस्
दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्याक्टेरिया सकिन्छन् ।

दमको रोगीले नखानुस्
तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ ।

मासुसँग नखानुस्
मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ :
कम इम्युनिटी

रोगप्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ ।

मोटोपन

मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ ।

मधुमेह

मधुमेहका रोगी महिलाको योनिमा यीस्ट संक्रमण भएमा दही खाँदा ठीक हुन्छ ।

दहीका १० फाइदा
१. पाचन शक्ति बढाउन
दहीको नियमित सेवन शरीरका लागि अमृत समान छ । यसले रगतको कमी र कमजोरीलाई पनि कम गर्न सक्छ । दूधले जब दहीको रुप लिन्छ, तब त्यो अम्लमा बदलिन्छ । यसले पाचनमा मद्दत पुर्याउँछ । जसलाई भोक कम लाग्छ, उसलाई दहीले निकै फाइदा गर्छ । त्यसैले पनि पाटी तथा सेमिनारहरुमा डेजर्टको रुपमा दहीको प्रयोग बढि हुन्छ ।

२. पेटको गडबडी रोक्छ
दही वा लस्सीको सेवनबाट पेट पोल्ने तथा पेटमा गडबड हुने सम्भावना कम हुन्छ । दहीलाई चामलमा मिसाएर पनि खान सकिन्छ । यस्तै सिंधे नुन दहीमा मिसाएर खानु पेटका अन्य समयस्याहरुका लागि पनि उपयोगी छ ।

३. मुटुको रोगका लागि पनि फाइदाजनक
अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले आंतको रोगलाई समेत फाइदा पुर्याउँछ । यस्तै दहीले मुटुरोग, हाई ब्लड प्रेसर नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । यसले कोलेस्ट्रोल बढ्नबाट रोक्ने र मुटुको धडकनलाई स्वभाविक अवस्थामा ल्याउन पनि सहयोग पुर्याउँछ ।

४. हड्डीको मजबुती
दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ । यसले हड्डीको विकासमा सघाउँछ । साथै दाँतलाई मजवुद् बनाउन पनि यसले भूमिका खेल्छ । यसले मांसपेसीलाई सही ढंगले काम गर्न पनि सघाउँछ ।

५. तौल बढ्न मद्त गर्छ
दूब्ला पातला व्यक्तिहरुलाई यदि दहीमा किसमिस, बदाम, छोकोडा मिसाएर खान दिएमा वजन बढ्न थाल्छ । दहीको सेवले शरीरमा रहेको अनावश्यक बोसोलाई पनि हटाउन सक्छ ।

६. सौन्दर्य
दही शरीरमा लगाएर नुहाएमा छाला कोमल र सुन्दर बन्दछ । यसमा कागतिको रस मिसाएर अनुहार, गर्दन, जस्ता अंगहरुमा लगाउँदा सुन्दरतामा निखारता आउँछ । साथै दहीको लस्सीमा मह मिसाएर खाएमा सुन्दरता बढ्न थाल्छ ।

७. कपालको सुन्दरता
दही या तरले कपाल धोएमा कपाललाई सुन्दर र आकर्षक बनाउन सहयोग पुग्छ । यसका लागि नुहाउनु अघि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्ने हुन्छ । त्यसको केही समय पछि कपाल धुँदा कपालको सुख्खापन निख्रिन्छ ।

८. पसिनाको दुर्गन्ध हटाउन
दहीमा बेसनको मिश्रणले शरीरमा मालिस गर्नुस् । त्यसको केही बेरपछि नुहाउनुस् । यसले पसिनाको दुर्गन्ध कम हुँदै जान्छ ।

९. बच्चाको दाँत निकाल्न
भर्खरै दाँत आउन लागेका बच्चालाई दहीमा मह मिसाएर चटाउनुस् । यसले दात सजिलै निस्कन मद्दत गर्छ ।

१०. अनिद्रा हटाउन
रातमा निद्रा नलागरेर चिन्दामा हुनुहुन्छ भने पनि दही वा तरको नियमित सेवनले अनिद्राको समस्या बिस्तारै कम हुँदै जान्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ ।

सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...