पोखरा –
कार्यालय र व्यापारिक भवनमा सिसी क्यामेराको नि’ग’रा’नी सामान्य हुन थालिसक्यो। अलि ठूलाबडाले चाहिँ घरमै पनि सिसी क्यामेरा राख्न थालेका छन् ।
बाहिरफेरबाट आफ्नो घरमा को आउँदैछ भन्ने थाहा पाउन चाहनेलाई सिसी क्यामेरा काम लाग्दो प्रविधि हो । चापापानीको एउटा घरमा त्यस्तै सिसी क्यामेरा छ, जसका घरधनीलाई अरुलाई भन्दा बढी चासो आफ्नो घरभित्र कोही आइहाल्छ कि भन्ने हुँदो रहेछ।
नवीन गौचनले घरमा जडान गरेको सिसी क्यामेराको खास निगरानीमा चाहिँ प्रहरी थियो। किनभने घरमा जुवातास खेल्ने खेलाउने उनी प्रहरी आइहालेको खबर पहिल्यै पाएर सुरक्षित हुन चाहन्थे ।
र, सिसी क्यामेराले खिचेका दृश्य देखिने टेलिभिजन सेट तास खेल्ने टेबलमै जडान गरेका पनि थिए । तर हुने हार दैव नटार उनले सोचेजस्तो भएन, उनको घर शनिबार राति (बिहान) २ बजे प्रहरीले घेरिहाल्यो ।
जसै प्रहरी पुग्यो, घरको गेट, ढोका खोल्नभन्दा तास, पैसा र जु’वा’डे लुकाउन लागि हाले । अनेक प्रयासपछि प्रहरी गौचनको घरभित्र पसिछाड्यो र उनीसहित ६ जनालाई प’क्रा’उ गर्यो । साथबाट १८ लाख ७५ हजार रुपैयाँ नगर बरामद पनि गर्यो ।
३२ वर्षीय नवीन गौचन, पोखरा महानगरपालिका १२ फूलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा १२ माटेपानी बस्ने ३८ वर्षीय सूर्य गुरुङ, दैलेख नौमुले गाउँपालिका ८ घर भई पोखरा २६ विजयपुर बस्ने ३५ वर्षीय खम्बसिंह राना,
कास्की मादीगाउँपालिका १० घर भई पाखेरा महानगरपालिका १३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा महानगरपालिका १६ बस्ने ३५ वर्षीय श्याम श्रेष्ठ प’क्रा’उ परे ।
पछिल्लो समय जुवाखालबाट ब’रा’म’द मध्ये यो सबैभन्दा ठूलो रकम हो । कास्की प्रहरी प्रमुख एसपी रमेश थापा असार दोस्रो सातादेखि यहाँको कमान्ड सम्हाल्न आएदेखि उनले जुवातास, लागुऔ’ष’ध कारोबारलाई ता’रो बनाएर नियन्त्रणमा लागेका छन्।
यसबीच थुप्रै जुवाडे र ला’गु’औ’ष’ध कारोबारी समातिसकेका छन् । कात्तिक १८ गते कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिकाबाट १५ लाख नगदसहित ११ जना जु’वा’डे प’क्रे’को थियो।
त्यहाँ जु’वा’डेहरु होटल भाडामा लिएर तास खेलिरहेका थिए । दुर्गम गाउँमा प्रहरीले सुइँको नपाउने भन्दै पोखराबाट गएका उनीहरुलाई पनि प्रहरीले रातिको समयमा समात्न सफल भएको थियो ।
स्याङ्जाको हरिनास गाउँपालिका ३ का २८ वर्षीय कमल भण्डारी, पोखरा–१७ ड्यामसाइडका २३ वर्षीय सरोज श्रेष्ठ, स्याङ्जा पुतलीबजार २ का २८ वर्षीय दीपेश गुरुङ, अर्घाखाँची भूमिकास्थान नगरपालिका २ घर भई पोखरा १७ बस्ने ३४ वर्षीय दामोदर पौडेल,
पोखरा–१७ छोरेपाटनका २६ वर्षीय विनय गुरुङ र पोखरा–१७ छोरेपाटनका ३२ वर्षीय कर्ण केसी, चितवन भरतपुर महानगरपालिका १ घर भई पोखरा बसपार्क बस्ने ३५ वर्षीय राजु घिमिरे, पोखरा ८ सिमलचौर बस्ने ४३ वर्षीय नारायण सिग्देल,
पोखरा ६ बैदामका ४३ वर्षीय राजु कार्की, पोखरा २६ अर्चलेका ३३ वर्षीय स्वागत रानाभाट र बागलुङ नगरपालिका ८ घर भई पोखरा १७ बस्ने ३९ वर्षीय मनबहादुर खड्का त्यतिबेला प’क्रा’उ परेका थिए ।
जु’वा’डेहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नै’ति’क’ता विरु’द्धको क’सु’र अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने शीर्षक मु’द्दामा प्रहरीले का’र’बा’ही चलाएको छ ।





















