काठमाडौं –
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना अन्तर्गत सम्झौता भएको ४०० किलो भोल्टको प्रसारण लाइन जरुरी रहेको बताएका छन् ।
एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेका बेला शनिबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले भने, ‘रकम कहाँबाट जुटाउने सरकारको कुरा हो, तर उक्त प्रसारण लाइन आवश्यक छ ।’
नेपाल सरकार र अमेरिकी सरकारबीच भएको एमसीसी सम्झौतामा नेपालभित्र डबल सर्किट ४०० किलो भोल्टको ३०० किलोमिटर प्रसारण लाइन निर्माण गरिने उल्लेख छ।
जसअन्तर्गत काठमाडौंको उत्तर पूर्वमा पर्ने लप्सीफेदीदेखि रातमाटेसम्म, रातमाटेदेखि हेटौंडासम्म, रातमाटेदेखि नै पश्चिम दमौलीसम्म, दमौलीदेखि पश्चिम बुटवलसम्म र बुटवलदेखि भारतीय सीमासम्म प्रसारण लाइन निर्माण गर्नुपर्छ।
घिसिङले यो प्रसारण लाइन मुलुकको लागि अति आवश्यक रहेको बताए। एमसिसीअन्तर्गत बन्ने भनिएको प्रसारण लाइनप्रति प्राधिकरणको धारणा के हो? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘रकम कहाँबाट ल्याउने भन्ने सरकारको कुरा हो, तर प्रसारण लाइन आवश्यक छ ।’
प्राधिकरणले अहिले देशभित्रै विद्युतको खपत कसरी बढाउन सकिन्छ भनेर गृहकार्य गरिरहेको उनले बताए ।
एलपी ग्यास विस्थापित गरी इन्डक्सन चुल्होको प्रयोग बढाउने, इन्धन बाहेक सवारी साधनलाई हटाएर विद्युतीय सवारीतर्फ प्रोत्साहन गर्नुपर्ने गरी प्राधिकरणले काम गरिरहेको उनले बताए ।
‘देशभरका शहरमा ५० वटा चार्जिङ स्टेशन बन्दैछन्, ५० देखि १०० किलोमिटरको दूरीमा बन्ने ती स्टेसनबाट विद्युतीय गाडी गुडाउन सहज हुन्छ। अब यसतर्फ मुख्य ध्यान दिनुपर्छ,’ घिसिङले भने ।
देशका धेरै ठाउँमा अहिले सवस्टेशनहरु निर्माण भैरहेको र ती ५/६ महिनामै सम्पन्न हुने जानकारी दिँदै घिसिङले निर्माणाधीन प्रसारण लाइनको कामले पनि गति लिएको बताए ।
कतिपय ठाउँमा प्रसारण लाइन निर्माणका क्रममा जग्गा अधिग्रहण, रुट विवाद, वनका रुख कटानीजस्ता समस्याले आयोजनाहरु ढिला हुन पुगेको उनले बताए ।
उद्योगले विद्युतको माग बढाउने भएकाले चाहिए जति बिजुली उपलब्ध गराउने गरी माग र आपूर्तिलाई व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए ।
हाल देशभर २ हजार १ सय मेगावाट उत्पादन भइरहेको बताउँदै उनले यो वर्ष ५०० मेगावाट थपिने उल्लेख गरे । अर्को वर्षदेखि एक हजार मेगावाटका दरले थपिँदै जाने गरी प्राधिकरणले काम अघि बढाइरहेको उनले जानकारी दिएको नेपाल खबर अनलाइनले प्रकाशित गरेको छ ।
यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टु’ट्ने हो कि भन्ने आ’शं’का नपाल्न पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन साथै रिक्त रहेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा गठबन्धनका दलहरू मिलेर उम्मेदवारी दिने सहमति भएको बताए । साथै यस्तो सहमतिले गठबन्धन टुटाउन खोज्नेहरूको सपना चकनाचुर पारेको दाबी गरे ।
काठमाडौंको सानेपा स्थित शनिबार सुरु भएको पार्टी केन्द्रीय कमिटीको बैठकमा उनले सत्तारुढ गठबन्धनको आयु लामो छैन भन्नेहरूलाई जवाफ दिनेगरी आफूहरूले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको पनि बताए ।
‘पाँचदलीय राजनीतिक गठबन्धनले आगामी चुनावसम्मको सन्दर्भमा, खासगरी आगामी चुनावलाई लक्षित गरी मिलेर उम्मेदवारी दिने र जिताउने अभियानमा जुट्ने सहमति गरेको छ ।
एउटा राष्ट्रियसभाको चुनाव, जुन आउँदो माघ महिनामा हुन गइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त रहेको उपनिर्वाचनमा पनि मिलेर उम्मेदवारी तय गर्ने र मिलेर नै जिताउने सहमति भइसकेको छ’ नेता नेपालले भने ।
साथै उक्त सहमतिले गठबन्धनको एकतालाई तोड्न खोज्नेहरू सबै चकनाचुर भएको उनले ठोकुवा गरे । साथै दुईवटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीच सहकार्य झनै कसिलो भएर जाने उनको भनाइ थियो ।
कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीच सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिए । उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको भन्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साह साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आहृवान गरे ।





















