जनकपुरमा मुस्लिम र हिन्दुबीच झ ड प लगाइयो नि षे धा ज्ञा, के कारणले भयो त झ ग डा ?

जनकपुर –

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच भएको वि वा दले शनिबार उ ग्र रूप लिएपछि अवस्था त ना वपूर्ण बनेको छ । 

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अ व रो ध गरेपछि यो वि वा द सुरु भएको थियो । 

वि वा द हुँदा भएको झ ड पमा चारजना हिन्दु समुदायका व्यक्ति घा इ ते भएका थिए । सोही विषयलाई लिएर शनिबार मुस्लिम र हिन्दु समुदायबीच वि वा द हुँदा पुनः उग्ररुप लिएको छ।

सोही विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था त ना वपूर्ण बनेको हो ।

स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने झ ड पको क्रममा दुई जना प्रहरीसहित तीन जना घा इ ते समेत भएका छन् ।

झ ड पमा एक सशस्त्र प्रहरी, एक जनपद प्रहरी र एक जना महिला समेत गरी तीन जना घा इ ते भएको प्रहरीको भनाइ छ । प्रहरीले एक दर्जनभन्दा बढी अश्रुग्याँस प्र हा र गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

अवस्था नियन्त्रणमा आउन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा नै जारी गरेको छ । जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा प्रहरीले ब न्द गरेको छ । 

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।

केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झ ड पमा चार जना घा इ ते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झ ड प भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...