संक्र’मितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर, आज मुलुकभर को’रो’ना संक्र’मित र निको कति भए ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा  २ सय ९५ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ३ सय ९७ जना संक्र’मित भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ५ हजार २२५ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा थप  २ सय ९५ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ४ सय ७८ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ४ सय ७८ जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४७१ पुगेको छ ।

हाल देशभर ७ हजार २७८ जना सक्रिय स’ङ्क्र’मित रहेका छन् । हालसम्म कूल स’ङ्क्र’मित मध्ये ९ लाख ९७ हजार ९२६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ ।

यस्तै हैदरावादस्थित भारत बायोटेक कम्पनीले उत्पादन गरेको को’रो’ना विरु’द्धको खोप ७७.८ प्रतिशत प्रभावकारी देखिएको छ ।

शुक्रबार भारत बायोटेकले आफूले उत्पादन गरेको को’भि’ड खोप ‘कोभ्याक्सिन’ भा’इरस’विरु’द्ध प्रभावकारी देखिएको जानकारी गराएको हो । लान्सेटद्वारा गरिएको ‘पियर रिभ्यू’ले लक्षणयुक्त को’भि’ड-१९वि’रु’द्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको कम्पनीको भनाइ छ ।

‘प्रभावकारिता सम्बन्धी विश्लेषणले २५ जना खोप समूहका र १०६ जना प्लेसिबो समूहअन्तर्गत पुष्टि भएका १३० संक्रमितको मूल्याङ्कन मार्फत सामान्य लक्षणसहितको को’भि’ड संक्र’मण विरु’द्ध कोभ्याक्सिन ७७.८ प्रतिशत प्रभावकारी देखाएको छ’, लान्सेटको अध्ययनलाई उदृत गर्दृ भारत बायोटेकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसबाहेक ग’म्भी’र लक्षण सहितको को’भि’ड-१९ विरु’द्ध कोभ्याक्सिन ९३.४ प्रतिशत प्रभावकारी हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, कोभ्याक्सिन तेस्रो चरणको परीक्षणबाट डेल्टा भेरियन्टविरु’द्ध ६५.२ प्रतिशत प्रभावकारी देखिएको पहिलो को’भि’ड खोप भएको पनि कम्पनीको दाबी छ । खोपको साइड इफेक्टसम्बन्धी विश्लेषणबाट देखिएका ग’म्भी’र असर प्लेसिबोका जस्तै भएको र १२ प्रतिशतमा मात्रै सामान्य साइड इफेक्ट देखा परेको कम्पनीले बताएको छ ।

यस्तै को’रोनाविरु’द्धको फाइजर खोप कार्तिक २८ गतेदेखि १२ वर्षभन्दा माथिका दी’र्घरो’गीलाई लगाइने भएको छ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रो’गीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने दाहालले बताए । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।

दाहालका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरो’गीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने उनले बताए ।

यो खोप सामान्य अवस्थामा झोल वा सेतो हल्का धमिलो सेतो रङको हुन्छ । फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ ।

त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए । उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...