स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँ’जा उत्पादनलाई सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन् ।
गाँ’जालाई वैधानिक रूपले खुला गर्नुपर्छ भन्दै लामो समयदेखि वकालत गर्दै आएका स्वास्थ्यमन्त्री खतिवडाले अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गरेर गाँ’जालाई ला’गु’औ’ष’धको श्रेणीबाट हटाउने जानकारी दिए ।
‘नयाँ कानुन बनाउने होइन, अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गर्ने हो,’ उनले भने, ‘गाँ’जालाई ला’गु’औ’ष’ध भनिएको ठाउँमा त्यसलाई संशोधन गरेर औषधिजन्य प्रयोजनका लागि र नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्ने गरी कानुनमा संशोधन गर्ने हो ।’
अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्नेमा विभिन्न राजनीतिक सम’स्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताए।
नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो। प्रतिनिधिसभा बैठकमा तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४६ सांसदले गाँजा ‘वैधानिक’ बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका थिए ।
यसबारे पहिलो कुरा उठाउने खतिवडा नै हुन्। बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा उनले विदेशमा धमाधम गाँ’जा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।
अहिले आफू स्वास्थ्यमन्त्रीका रूपमा आएपछि उनी औषधिजन्य प्रयोग निम्ति गाँजालाई वैधानिक रूपले खुला गर्न कानुन संशोधनको तयारीमा छन्।
‘पछिल्लो समय कहिले गठबन्धनको समस्या, कहिले पार्टीको समस्या, कहिले प्रमुख प्रतिपक्षले सदन नै चल्न नदिने अवस्था रह्यो। यस्ता विधेयकहरू अघि बढ्ने संसदबाटै हो। संसद नै चल्न नसकेपछि हामीले ग’म्भी’र ढंगले छलफल गर्ने अवसर पाएका छैनौं,’ उनले भने।
अहिलेसम्म भएका छलफलका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरू कोही पनि यसविरू’द्ध नउभिएको उनले बताए। लिखित वा कानुनी रूपमा सबैको सहमति पारित नभए पनि सबै यसमा एक हदसम्म सहमत भइसकेको उनको भनाइ छ।
‘यसलाई अब विधिसम्मत ढंगले वैधानिकता दिन मात्र बाँकी छ। अहिले भएको कानुनमा केही प्रावधान संशोधन गरेर संसदबाट पारित गराउने प्रक्रियासम्म बाँकी हो,’ उनले भने।
गाँ’जा भनेको ला’गु’औ’ष’ध होइन, यो औषधिजन्य बिरूवा हो भनेर नेपालले संयुक्त राष्ट्रसंघमा मतदानसमेत गरिसकेको स्वास्थ्यमन्त्री खतिवडाले जानकारी दिए। राष्ट्रसंघले पहिले यसलाई अ’फि’म, च’रे’स सरह ला’गुऔ’ष’ध वर्गमा राखेको थियो। अहिले त्यसबाट हटाएर औषधिजन्य बिरूवाको वर्गमा राखिसकेको उनले बताए।
‘राष्ट्रसंघको यस्तो कदमपछि नेपाललाई पनि अगाडि बढ्न सजिलो भएको छ,’ उनले भने, ‘मैले जति बेला यो विषय उठाएको थिएँ, राष्ट्रसंघले यसलाई ला’गु’औ’ष’धबाट हटाइसकेको थिएन। त्यो बेलाभन्दा अहिले स्थिति सहज भएको छ।संसद बस्ने र देशको राजनीतिक वातावरण अलि सहज हुनेबित्तिकै कानुन संशोधन प्रक्रिया अगाडि बढ्छ।’
एकचोटि गाँ’जालाई औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा उत्पादन गर्न अनुमति दिइसकेपछि यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल हुने उनले बताए।
‘नियमावलीमा के राख्ने, कसरी नियमन र अनुगमन गर्ने, दुरूपयोग हुनबाट कसरी जोगाउने जस्ता नियन्त्रण र निगरानीका क्षेत्रमा हामी त्यसपछि छलफल गर्छौं,’ स्वास्थ्यमन्त्री खतिवडाले भने।
विभिन्न वैज्ञानिक अनुसन्धानले गाँ’जा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ। यही अनुसन्धानका आधारमा गाँ’जा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो। त्यसयता अमेरिकाका विभिन्न राज्य, क्यानडा र केही युरोपेली देशले औषधिजन्य प्रयोग निम्ति गाँ’जा खुला गरेको छ।
नेपालमा गाँ’जा उत्पादन र बिक्री इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो।
दोस्रो वि’श्व’यु’द्धकै समयदेखि नेपाली गाँ’जा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरूआतसँगै काठमाडौंमा गाँ’जा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यति बेला यहाँ ३० वटा जति गाँ’जा र च’रे’स केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँ’जा खान असन र न्यूरोडका पसल आइपुग्थे।
यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा ला’गु’औ’ष’ध ऐन जारी गर्यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो।
गाँ’जा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्यो। राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँ’जा उत्पादन र किनबेचविरु’द्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।
त्यस बेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुपदार्थको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँ’जा प्र’तिब’न्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आ’लो’च’ना गर्यो। एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँ’जा तुरून्तै प्र’तिब’न्ध लगाउन उसले द’बा’ब दियो।
खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चि’न्ति’त थियो। र, उसकै द’बा’बले नेपालमा प्र’ति’ब’न्ध लाग्यो।
गाँ’जाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ। उति बेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन गाँ’जा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँ’जा प्रयोग हुन्थ्यो।
गाँ’जालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँ’जाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ । सेतोपाटीबाट सभार





















