काठमाडौं –
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृ त्यु आ त्म ह त्या नभई शारीरिक दु र्ब ल ताका कारण भएको पाइएको छ ।
चतुर्वेदीले आ त्म ह त्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिँगटा लागेर अ चे त भइ ढ ले र नि ध न भएको स्पष्ट पारेको हो ।
असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो ।
रामाज्ञाप्रसादको आ त्म ह त्या भनेर मिडियामा आएपछि परिवारले उनको मृ त्यु आ त्म ह त्याबाट नभई शारीरिक कारण भएको जनाएको हो ।
गौतम अग्रवालको निर्माणाधीन होटलको चौथो तलाबाट रामाज्ञाप्रसाद ढलेर सडकमा श व भेटिएको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ‘पो ष्ट मा र्ट म’ गर्दा पनि आ त्म ह त्या नदेखिएको स्व.चतुर्वेदीकी श्रीमती आशा चतुर्वेदीले बताइन् ।
“चतुर्वेदीको नि ध नबारे विभिन्न सञ्चारमाध्यममा परिवारका सदस्यलाई नसोधी एकतर्फी रुपमा आ त्म ह त्या हुनसक्ने भन्ने खालको भ्रा म क समाचारले हामी परिवारका सदस्य झन् विक्षिप्त र मर्माहत भएका छौँ”, उनले भनिन् ।
सो दु र्घ ट ना हुनुभन्दा अघिल्लो दिन अर्थात् असोज २० गते कमजोरी महशुस भई रिङ्गटा लागेर चाबहिलको ओम हस्पिटलमा उपचारको क्रममा ल्याब परीक्षण गर्दा रामाज्ञाप्रसादमा सोडिमको कमी र अत्याधिक मधुमेह, उच्च रक्तचाप देखिएको परिवारले जनाएको छ ।
दु र्घ ट ना हुनुभन्दा तीन साताअघि उनको तिलगंगा आँखा अस्पतालमा मोतिविन्दुको सल्यक्रिया समेत गरिएको थियो ।
रामाज्ञाप्रसाद तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष थिए । त्यस्तै उनी होटल तपस र होटल रामानमका पनि अध्यक्ष रहेका थिए ।





















