दुर्गा प्रसाईंले पाए यति ठुलो सम्मान, कस्ले किन गर्यो प्रसाईलाई यति ठुलो सम्मान

झापा –

दुर्गा प्रसाईलाई यस बर्षको उत्कृष्ट नागरिकबाट सम्मानित भएको छ ।

स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईंलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ट नागरिकका रूपमा सम्मान गरेको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईंलाई केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईंलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गर्नुभयो । बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै उहाँलाई सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईंले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईंले भन्नुभयो, ‘असाधारण मान्छेले नै चामत्कारिक काम गर्ने भएकाले मैले पनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।’

बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संघर्ष गरेको बताउँदै बिर्तामोड विस्तारै मेडिकल क्षेत्रको हब बन्दै गएको तथा बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिएको बताउनुभयो ।

यो पनि : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले महिला क्रिकेटर कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ ।

चोट कारण मैदान बाहिर रहेकी उनी हाल आर्थिक संकटमा छिन् । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि समेत समस्या परेको खबर आएको थियो ।

लगतै सिप्यानले गौतमको उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै उपचारका लागि अस्पताल र चिकित्सकसँग आवश्क समन्वय गर्ने प्रतिवद्धता समेत सिप्यानले जनाएको छ ।

यो पनि : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले महिला क्रिकेटर कविता गौतमलाई आर्थिक सहयोग गर्ने भएको छ । नेपाली चलचित्रका कलाकारहरु टिकटकमा रमाइरहेका छन् ।

टिकटकलाई केही कलाकारले दर्शकसँग जोडिने माध्यमको रुपमा हेरेका छन् भने कसैले पैसा कमाउने प्लेटफर्मको रुपमा पनि अगाडि बढाएका छन् ।

केही वर्ष अघिसम्म कलाकारहरु  सार्वजनिक कार्यक्रममा पुग्दा तस्वीर खिच्नेको भीड लाग्ने गर्दथ्यो । तर, अहिले कलाकार देख्ने बित्तिकै टिकटक बनाउनेको भीड लाग्छ ।

कतिपय कलाकारहरु दर्शकसँग टिकटक बनाउन सहजै स्वीकार गर्छन् भने कतिपयले असजिलो पनि मान्ने गरेका छन् ।

नायक सरोज खनालले भने दर्शकसँग टिकटक नबनाउने बताउँछन् । उसो त उनले आजसम्म एउटा मात्र टिकटक बनाएका छन् । सरोजले चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकनका क्रममा लण्डनमा नायिका गौरी मल्लसँग एउटा टिकटक बनाएका थिए । यसपछि आफूले टिकटक नै नबनाउने निर्णय गरेको सरोज बताउँछन् ।

‘मैले भ्याउँदै नभ्याएर नबनाएको होइन । तर, एउटा दर्शकसँग बनाउने, अर्कोसँग नबनाउने गर्दा पक्षपात हुन्छ,’ उनले भने, ‘बरु कसैसँग पनि नबनाउने हो भने राम्रो हुन्छ भन्ने लागेर नै नबनाएको हुँ ।’

सरोजले पहिले पहिले दर्शकहरु तस्वीर खिच्न आउने गरेपनि अहिले टिकटक बनाउन अगाडि सर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...