काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ३ सय १७ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ९ हजार १३४ जनाको पिसिआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ९७ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ८९ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ८९ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप ३ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।
यसैगरी को’रोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ । त्यस्तै, काठमाडौं उपत्यकामा १७१ थपिएका छन् । जसमध्ये काठमाडौंमा १२५, ललितपुरमा ४२ र भक्तपुरमा ४ संक्र’मित छन्।
यस्तै भारतमा विकास भएको को’भि’ड १९ खोप कोभ्याक्सिन अति प्र’भा’वका’री रहेको प्रतिष्ठित मेडिकल जर्नल लान्सेटले जनाएको छ ।
‘वयस्कहरुमा कोभ्याक्सिन अति प्र’भा’वका’री देखिएको छ,’ लान्सेटको अध्ययन प्रतिवेदनले भनेको छ,‘अन्तरिम विश्लेषणका दौरान सुरक्षाको कुनै प्रश्न उठेको छैन ।’
गत सातामात्रै को भ्याक्सिनले विश्व स्वास्थ संगठनबाट आपतकालिन प्रयोगका लागि अनुमति पाएको थियो । यो खोपले अहिल्यै १७ वटा देशमा प्रयोगको अनुमति पाइसकेको छ ।
बीबीभी १५२ कोडले चिनिने यो खोप निष्क्रिय बनाइएको भाइरसमा आधारित को’भि’ड १९ खोप हो । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च एन्ड द नेशनल इन्स्टिच्युट अफ भिरोलोजीसँगको सहकार्यमा भारत बायोटेकले यसको विकास गरेको हो ।
सहज भण्डारण क्षमताका कारण यो खोप न्युन र मध्यम आय भएका देशहरूका लागि अति उपयुक्त हुने डब्ल्युएचओले जनाएको छ ।
डब्लयुएचओबाट मान्यता पाएका अन्य केही खोपहरू अति न्युन तापक्रममा भण्डारण गर्नुपर्ने मापदण्ड छ, जसकारण खर्च बढी हुन जाने गर्दछ ।
यो खोप एक महिनाको अवधिमा दुई डोज लगाउन सकिन्छ र यसको सुरक्षा प्रभावकारिता दर ७८ प्रतिशत रहेको डब्ल्युएचओले जनाएको छ ।
डब्ल्युएचओबाट यसअघि नै फाइजर/बायोनटेक, मोडर्ना, एस्ट्रेजेनेका, जोन्सन एन्ड जोन्सन, सिनोफार्म र सिनोभ्याकलले आ’प’त’का’लि’न प्रयोगको अनुमति पाइसकेका छन् ।
यस्तै स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दा माथिका सबैलाई को’भि’ड–१९ वि’रु’द्धको खोप लगाइदिने भएको छ । को’भि’ड–१९ स’ङ्क्र’मणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।”
वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ ।
“वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “त्यसैले यहाँ सबै जनाले आ-आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासी समक्ष अनुरोध गर्दछु ।”
अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताउनुभयो ।
नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।
वालिङमा स’ङ्क्र’मणलाई शून्यमा झार्ने अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाले को’भि’ड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।
तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताउनुभयो । अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो ।
खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाले को’भि’ड–१९ को स’ङ्क्रम’णकालीन अवस्थामा को’भि’डको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ ।






















