‘उज्यालो नेपालका नायक’ कुलमान घिसिङसँग कति छ सम्पत्ति ?

काठमाडौं –

रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएका छन् ।

घिसिङ नेतृत्वमा आइसकेपछि प्राधिकरणले देशैभरि विद्युत् चो’री नियन्त्रणका लागि अभियान नै चलायो ।

बिजुलीका नाङ्गा तारमा हुकिङ गरेर घरमा हुने चोरी मात्र होइन, ठूला व्यावसायिक उपभोक्तासँग प्राधिकरणका कर्मचारीको मिलेमतोमा चो’री भइरहेको घिसिङले सुइँको पाए ।

त्यसलाई रोक्न २०७३ माघमा घिसिङले प्राधिकरणको वितरण प्रणालीका करिब २ हजार ५०० कर्मचारीलाई एकैपटक सरुवा गरिदिएका थिए ।सानै उमेरबाट निकै पढ्नमा रुची राख्ने घिसिङ उनको प्राथमिक शिक्षा गाउँमै बित्यो ।

उनी सधैं स्कुल फर्स्ट हुन्थे । ५ कक्षा पास गरेपछि उनी दाइहरूसँग काठमाडौं आए । काठमाडौं आएपछि कुलमानलाई उनका दाजुहरुले झोंछेको सरकारी स्कुल बालसेवा माध्यमिक विद्यालयमा कक्षा ७ मा भर्ना गरिदिए ।

कुलमान त्यहाँ पनि प्रथम नै भएका थिए । यसरी जहाँ पनि प्रथम–प्रथम हुँदै आएका कुलमान अहिले सबै नेपालीका लोडसेडिङ मुक्त गर्ने प्रथम र प्रिय पात्र बनेका छन् । बेला बेलामा उनि विभिन्न कारणले चर्चामा आए पनि उनी एक सच्चा देश भक्तका कारण नै फेरि पनि एक पटक यो देशको सेवा गर्ने मौका पाएका छन् ।

कुलमानले भारतबाट एलइडी बल्ब खरिद गर्दा राष्ट्रघात गरेको र कमिसन खाएको हो भनेर कुनै समय निकै वि’वादमा तानिएका कुलमानको सम्पत्ति यस्तो रहेको छ । ५० वर्षीय कुलमान रामेछापको बेथान भन्ने गाउँमा जन्मेका उनी हाल काठमाडौंमा बस्दै आएका छन् ।

विभिन्न समयमा विभिन्न ठाउँमा जागिर गर्दै आएका कुलमान अहिले महिनाको ५० देखि ७० हजारसम्म कमाउने गर्दछन्। उनको जम्मा कुल सम्पति ५ देखि ७ करोडसम्म रहेको बताइएको छ । त्यस्तै उनीसँग एउटा मित्सुबिसी पजेरो रहेको छ ।

जसको नेपाली मूल्य १ करोड ६२ लाख रहेको छ । उनले दीपा तामांगसंग विबाह गरेका छन् । उनीहरूका दुई छोराहरू रहेका छन् । काम सधैं राम्रो गरे फेरि जसले पनि आफै बोलाउँदो रहेछ भन्ने एक राम्रो उदाहरण हुन् कुलमान ।

पेशाले इञ्जिनियर घिसिङको जन्म रामेछापमा वि.सं २०२७ मंसिर १० गतेका दिन भएको हो । रामेछापको दुर्गम बेथान गाविसमा बुवा कृपासिंह घिसिङ तामाङ र आमा स्व. सेतीडोल्मा घिसिङ तामाङका साइला सुपुत्र कुलमानका ६ जना दाजुभाइ र ३ जना दिदीबहिनी छन् ।

उनीकी श्रीमती दीपा तामाङ हुन् । घिसिङले कक्षा पाँचसम्मको अध्ययन गाउँकै प्राथमिक विद्यालयमै गरे । त्यसपछि उनको अध्ययन यात्रा काठमाडौंबाट अघि बढ्यो । दाजुहरुका साथमा उनी पनि काठमाडौं आए ।

र, अमरआदर्श आवासीय माविबाट पढाई अघि बढाए । विसं २०४३ सालमा एलएलसी पास गरेका घिसिङले उच्च शिक्षा भारतबाट आर्जन गरेका छन् ।

काठमाडौंको अमृत साइन्स क्याम्मपसबाट आइएस्सी उतीर्ण गरेका घिसिङले सन् १९९४ मा भारतमा जम्सेदपुरबाट इलेक्ट्रिकल इञ्जिनियरिङको अध्ययन पूरा गरेका छन् ।

पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट उर्जा प्रणालीमा स्नातकोत्तर गरेका घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए गरेका हुन् । नेपालबाट पढ्नकै लागि भारतको जम्सेदपुर गएका घिसिङ २०५१ सालतिर नेपाल फर्किए ।

जागिरे जीवनको सुरुवातमा उनी नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इञ्जिनियर भए । काम गर्ने क्रममा घिसिङको सरुवा रसुवाको चिलिमे जलविद्युत परियोजनामा भयो । चिलिमेमा उनी प्रबन्ध सञ्चालकको जिम्मेवारीमा गए ।

उनले चिलिमेलाई मुलुकको नमूना जलविद्युत आयोजनाको रुपमा विकास गरे । चिलिमे जलविद्युतमा वि.सं. २०६७ साउनदेखि २०७१ असारसम्म प्रबन्ध सञ्चालक रहेका घिसिङकै नेतृत्वमा चिलिमेकै आम्दानीबाट रसुवागढी जलविद्युत, मध्यभोटेकोसी, साञ्जेन माथिल्लो परियोजनाको थालनी गरियो ।

समय क्रमसँगै उनलाई आयोजनाबाट काठमाडौं फिर्ता बोलाइयो । दुई वर्ष ‘बिजिनेस’ विहीन भएका घिसिङलाई वि.सं. २०७३ साल भदौ २९ गतेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा पहिलोपटक नियुक्त गरेको हो ।

चिलिमे जलविद्युतको शेयर आमनागरिकहरुबाट विद्युत क्षेत्रका दलालले खोस्न थालेपछि घिसिङकौ अगुवाईमा एउटै गाउँ ७ करोड रुपैयाँ बराबरको शेयर फिर्ता भएको थियो ।

जसबाट रसुवाका नागरिक उनलाई प्रिय मान्न थाले । तर, दलालहरुका आँखामा उनी कसिंगर भएर बिझाउन थाले ।

यही घटनाले नै एमाले कार्यकर्ता र दलालको बहकावमा लागेर तत्कालीन उर्जामन्त्री ज्ञवालीले घिसिङलाई काम गर्न नदिएको प्राधिकरण स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...