राजाको बारेमा मोहन बैद्यले यस्तो भनेपछि नेपाली राजनितिमा भुँ’इ’चा’लो

काठमाडौं –

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको बि’ग्रँ’दो अवस्थालाई सुधार गर्न राजासँग मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

केही दिनअघि योहो टेलिभिजनमा अन्तर्वार्ता दिँदै नेकपा माओवादी क्रा’न्ति’का’रीका महासचिव मोहन वैद्यले पनि देशको बद्लिँदो अवस्थालाई सुधार गर्न राजतन्त्रसँग मिलेर अघि बढ्न सकिने बताएका थिए ।

वैद्यको प्रस्तावसँग मिल्ने गरी बिजुक्छेले पनि देशको हितका लागि राजासँग मिलेर अघि बढ्ने बेला आएको स्वीकार गरेका हुन्।

सोमबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै देशभक्त शक्ति एक ठाउँमा उभिनु पर्ने बेला आएको र त्यसका लागि राजतन्त्रसँग पनि सहकार्य गर्न सकिने बताएका हुन्।

कम्बोडियामा सा’म्रा’ज्य’वा’दीहरुसँग मिलेर लड्दा नरोद्दम सिंहानुकलाई पुनः राजामा पुनःस्थापना गरे जस्तै नेपालमा त्यस्तै कोर्षमा जान सकिने उनको प्रस्ताव छ । बिजुक्छेले संसारमा कहीँ पनि कम्युनिष्ट र राजातन्त्रबीच सं’घ’र्ष नभएको दाबी गरे।

नेपालमा राजतन्त्र पुनःस्थापना गर्न सकिन्छ भन्ने प्रश्नमा बिजुक्छेले जवाफ दिएका छन्, ‘संसारमा कहीँ पनि कम्युनिष्ट र राजाबीच भि’ड’न्त भएको छैन । रुस, चीनमा राजा र कम्युनष्टिबीच भि’ड’न्त भएको होइन।

त्यहाँ पुँजीपति वर्ग र कम्युष्टिबीच मात्रै सं’घ’र्ष भएको हो । नेपालको सन्दर्भमा पनि भारतीय बिस्तारवाद र अमेरिकी सा’म्रा’रा’ज्यवा’द वि’रु’द्ध उभिन तयार भयो भने राजतन्त्रबारे छलफल गर्ने ढोका खुल्छ ।’

महासचिव वैद्यले पनि राष्ट्रिय स्वाधिनता जोगाउन र एमसिसीका विरु’द्ध राजासँग एकैठाउँमा उभिन सकिने उल्लेख गरे । सहकार्यका लागि कम्युनिष्ट र राजा दुवै पुरानो सोचाइबाट बाहिर आउनुपर्ने उनको भनाइ छ।

‘यदि राष्ट्रिय स्वाधिनततालाई मान्ने हो। अहिलेको अवस्थामा एकैठाउँमा आउने स्थित पैदा भएको छ। यो राम्रो कुरा हो। हामीले पूर्वाग्रह लिदैनौँ। पुरानै कुरा मात्र भनेर पनि हुँदैन ।

कम्युनिष्टहरुले पनि पुराना कुरा भनेर हुँदैन, नयाँ ढंगले जानुपर्छ। राजा छैनन् । शक्ति होला, तर त्यसलाई नयाँ ढंगले सोच्चुपर्छ’, वैद्यले भने।

ज्ञानेन्द्रले नरो’द्दम सिंहा’नुकको जस्तोे भूमिका निभाए भने उनलाई ग्रहण गर्न तयार हो? भन्ने प्रश्नमा वैद्यले भनेका छन्, ‘त्यो भूमिका निभाउँदा उनले फेरि म राजतन्त्र ल्याउँछु भन्न थाले भने हुँदैन ।

म राजतन्त्र छोड्छु नयाँ ढंगले जान्छु भन्ने हो भने त हामी त्यहीँ पूर्वाग्रहमा किन बस्ने ?’ वैद्यले कम्युनिष्टले परम्परागत धारणा छाड्ने र राजाले पनि पुरानो मान्तयालाई छाड्ने हो भने सँगै अघि बढ्न सकिने प्रस्ताव वैद्यले गरे ।

उनले भने, ‘नयाँ ढंले भन्नाले देश भक्त र कम्युनिष्ट शक्तिहरु मिलेर जाउँ। छलफल गरौँ। तर श्रीपेच फर्काउने भन्ने कुरा चाहिँ हुँदैन। इतिहास पुरानोतिर फर्किँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...