काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटालाई चिठ्ठा पर्ने सम्भावना देखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भागमा परेको चीनको राजदूतमा सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटाको सम्भावना बढेको हो ।
अमेरिका, बेलायत र भारतको राजदूत नेपाली कांग्रेसको कोटाबाट नियुक्त गरिएपछि आर्थिक विकासमा फड्को मा’रिरहेको चीनको राजदूत माओवादीको भागमा परेको हो ।
सरकारले पछिल्लो समय अमेरिका, चीन र भारतका राजदूतलाई मन्त्रीस्तरीय सुबिधा दिने गरेको थियो । सरकारले भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरिसकेको छ ।
प्रधानमन्त्री शेरवहादुर देउवा बेलायतबाट फर्किएपछि चीन लगायत अन्य देशका राजदूत नियुक्त गर्ने तयारी भइरहेको बताइएको छ । युवा कुटनीतिज्ञका रुपमा उदाउँदै गरेका सापकोटाले चीनको रेनमिन विश्वविद्यालदययबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् ।
चीनमै भूराजनीतिको विषयमा अध्ययन गरेका सापकोटाले यसै साता कात्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् ।
राजदूतको लागि लबिङ भइरहेका बेला सापकोटाले आकर्षक पदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यस्तै नेकपा मा’ओ’वा’दी केन्द्रको एमसीसीबारे फाइनल निर्णय बाहिरिएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीले पछिल्लो समय र’डाको म’च्चि’र’हे’का बेला सो
पार्टीका पूर्वप्रवक्ता पार्टी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगको एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पारित गर्न नसकिने र यही नै अन्तिम निर्णय भएको सुनाएका हुन् ।
एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वि’रो’धाभाष देखिएका बेला नेता श्रेष्ठले यथास्थितिमा एमसीसी पारित नगर्ने माओवादीको आधिकारिक धारणा र निर्णय रहेको बताएका छन् ।
श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित वि’प’रीतका प्रावधानहरू नस’च्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्न सक्दैन र संसदबाट पारित गर्न सकिन्न । यो नै हाम्रो पार्टी नेकपा माओवादी केन्द्रको आधिकारिक निर्णय र धारणा हो । त्यसैले कुनै भ्र’ममा नपरौं ।’
यता राज्यका तीनै अंग यति बेला खलबलिएका छन् । न्यायपालिकाको नेतृत्व चरम वि’वा’दमा छ । प्रधानन्यायाधीश विरु’द्धको आ’न्दो’लनले सर्वोच्च अदालतमा न्यायसम्पादन ठप्पप्रायः छ । सरकारले अ’व’रो’ध नै नफुकाई दुवै सदनका अधिवेशन अन्त्य गरेपछि संघीय संसद् गतिहीन छ ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति प्रश्न उठेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आ’लो’च’ना भइरहेको छ ।
तापनि, सरकार र सत्तापक्षले ‘जिम्मेवारीबोध’ गरेको देखिँदैन। सय दिनको ‘हनिमुन पिरियड’ पूरा गरेको सरकारले जनताले अनुभूति गर्ने गरी कुनै काम गरेको छैन ।
उल्टै व्यवस्थापिका र न्यायपालिकाको अल्झनमा ‘रमिते’ बनेको छ। यस्तो अवस्थामा पनि सरकारले पहलकदमी नलिएको भन्दै सत्तासीन कांग्रेसकै नेताले प्रधानमन्त्री देउवाको भूमिकाप्रति प्रश्न उठाएका छन्।
एमालेले प्रधानमन्त्री नियुक्ति प्रक्रियामा नै लगातार प्रश्न गरिरहेको छ। सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री बनेका देउवाका अधिकांश निर्णय वि’वा’दमा छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘भाग’मा गजेन्द्र हमाललाई मन्त्री बनाएपछि सरकारको आलोचना बढ्यो ।
जनद’बा’ब बढेपछि हमालले दुई दिनमै मन्त्री पदबाट राजीनामा दिए । त्यसयता सरकारले १२ देशबाट आफ्ना राजदूत फिर्ता बोलायो । को’भि’डले थिलथिलो बनेको अर्थतन्त्रलाई माथि उकास्न विदेशी मुलुकसँग कूटनीतिक संवाद र पहल गर्नुपर्ने बेला राजदूत फिर्ता बोलाइए ।
यो पनि पढनुहोस : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि ग’म्भी’र प्रश्न उठाएका छन् । ओलीले बाबुरामको आम्दानीमाथि नै प्रश्न उठाएका हुन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाएका हुन् ।
‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’ उनले भने, ‘एउटा भू’मि’ग’त क्रा’न्ति’का’री नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’
ओलीले अगाडि भने, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४–५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भू’मि’ग’त हिँड्दा ? कहाँको आम्दानीले ?’
पुलिस रेकर्ड ख’रा’ब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गा’ह्रो भएको ओलीले सुनाए । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उनले भने, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’
यस्तै यता पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले उडन्ते कुरा नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चुनौती दिएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काएका छन् ।





















