‘भारतमा विद्युत व्यापार शुरु भइसक्‍यो, अब बंगलादेशमा पनि बेच्छौं’

काठमाडौं – ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत र बंगलादेश लगायतका छिमेकी देशहरूलाई विद्युत् बिक्रीको बाटो खुलेको बताएकी छन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री भुसालले भारतसँग विद्युत् व्यापार सुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढिरहेको बताएकी हुन् ।

उनले भारतमा विद्युत् व्यापारको सुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यापार दक्षिण एसियाकै पहिलो भएको बताइन् । मन्त्री भुसालले जलविद्युत क्रमशः बढ्दै गएको आन्तरिक खपत बढाउनु पर्ने बताउँदै विद्युत् व्यापारले देशकै व्यापार घाटाको अवस्थामा सुधार गर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘ऊर्जा व्यापार पहिलेदेखि नै सुरु भएको हो, तर हामीले बढी हुँदा पनि सप्लाइ गर्न सकेका थिएनौँ, अहिले भारतको सम्बन्धित निकायले हामीसँग विद्युत् खरिद गर्ने सहमति गरेर सप्लाइ सुरु भइसकेको छ,

त्यसैले विद्युत् व्यापारको सुरुवात भएको भनेर यसलाई मान्न सकिन्छ,यस प्रकारको व्यापार दक्षिण एसियाको पहिलो हो, हामीकहाँ क्रमशः जलविद्युत उत्पादन हुँदै गइरहेको छ, आन्तरिक खपत पनि बढाउने आवश्यक्ता छ,त्यसको पनि अध्ययन र तयारीमा छौँ,

तर हामीसँग बढी नै इनर्जी हुने कुराको निर्यात गर्न सक्ने, पाउने नयाँ स्थितिमा पुगेका छौँ, यसले विद्युत्को व्यापार मात्रै हुन्न, हाम्रो व्यापारको असन्तुलन छ, व्यापार घाटा बढी छ, त्यसलाई क्रमशः न्यूनीकरण गर्ने भूमिका खेल्छ,

भर्खर हामीले भारतमा विद्युत् व्यापार सुरु गरेका छौँ, बंगलादेश भारत भएर जाने हो, त्यसैले हामीलाई त्रिपक्षीय सम्झौता हुनुपर्छ, त्यो सम्पन्न हुन पनि सकारात्मक वातावरण बन्दै गएको छ ।’

मन्त्री भुसालले भान्सामा प्रयोग हुने एलपी ग्यास लगायतका ऊर्जाहरूलाई विद्युत्ले विस्थापित गर्न सके देशको व्यापार घाटा कम हुने बताइन् । उनले नेपाल कृषिप्रधान देश भएकोले सतह सिँचाइ, ग्राउण्ड वाटर, वा लिफ्ट सिँचाइ गरेर खेतीयोग्य जमिनमा सिँचाइ पुर्‍याउने बताइन् ।

मन्त्री भुसालले उद्योगहरूलाई अब चाहिए जति विद्युत् दिन सक्ने बताउँदै ऊर्जा खपत गर्ने उद्योगलाई नयाँ सोचका साथ अघि आउन पनि आग्रह गरिन् । उनले आन्तरिक खपतको लागि विद्युत् महसुल घटाएको बताइन् ।

मन्त्री भुसालले अब सवारी साधन खरिद गर्दा विद्युतीय सवारीसाधनलाई प्रोत्साहन दिइने बताउँदै पेट्रोलियम पदार्थ र एलपी ग्याँसलाई विस्थापित गर्न सके नेपालको व्यापार घाटामा सुधार हुने बताइन् । 

यस्तै सर्वसाधरणलाई दैनिक १८ घन्टा लामो लोडसेडिङबाट मुक्ति दिलाउने कुशल व्यवस्थापकको जस पाएका कुलमान घिसिङ शुक्रबार साँझ काठमाडौंको उज्यालो हेर्न चन्द्रागिरि पुगेका थिए ।

नेपाल विद्युत् प्राधिकरणको संचालक समितिका तीन सदस्य सहित चन्द्रागिरि पुगेका प्रबन्ध निर्देशक कुलमानको ‘तिहारमा काठमाडौं कस्तो देखिने रहेछ ?’ भनी अवलोकन गर्ने योजना रहेछ ।

चिसो स्याँठ चलिरहेको औंसीको रातमा कुलमान गुपचुप २५ सय मिटर उचाईको चन्द्रागिरिबाट डाँडाभन्दा ११ सय मिटर मुनिको (१४ सय मिचर उचाईमा फैलिएको) काठमाडौं उपत्यकाको उज्यालो नियालिरहेका थिए ।

चन्द्रागिरिबाट काठमाडौं, भक्तपुर र ललितपुरको झिलिमिलि देखिन्थ्यो । तर, सडक देखिएन । डाँडाबाट भक्तपुर–सूर्यविनायक सडक, नैकाप–कलंकी सडक, काठमाडौं विमानस्थल र स्वयम्भू–वनस्थली सडकमात्रै प्रस्ट देखिरहेको थियो । त्यो पनि सडकमा गुडिरहेका गाडीको उज्यालोले ।

‘स्ट्रिट–लाइट नभएकाले सडकहरु देखिएनन्,’ कुलमानले सहर अवलोकन गर्दै भने । उज्यालोकै कारण धरहरा देखियो । उनलाई उज्यालो काठमाडौंको फोटो खिच्ने रहर थियो । तर, मोबाइलको ब्याट्री सकिएकाले उनले अन्य सहयात्रीको मोबाइलबाट ‘पछि फोटो पठाइदिने सर्तमा’ फोटो खिचे– खिचाए ।

०७३ को लक्ष्मी पूजाको दिन विद्युत् प्राधिकरणले ‘अब लोडसेडिङ हुँदैन’ भनेर घोषणा गरेयता देश लोडसेडिङ मुक्त भयो । यसबीच उनी आफ्नो पहिलो कार्यकालमा दुईपटक काठमाडौंको उज्यालो हेर्न उपत्यकाका दुईटा अग्ला डाँडा उक्लिएका रहेछन् ।

‘एक पटक स्वयम्भूपारीको डाँडाबाट तिहारको उज्यालो हेरेको छु,’ उनले भने, ‘परार यही डाँडाबाट हेरेको थिएँ ।’ साउनमा प्राधिकरणमा दोस्रोपटक प्रबन्ध निर्देशक भई आएका कुलमानको यो यात्रा यसपटक पहिलो थियो ।

अहिले नेपालमा दिउँसो २ सय र राति ४ सय मेगावाट हाराहारी विद्युत् खेर गइरहेको छ । कागतिहारको दिन नेपालले भारतसँग उर्जा व्यापार सुरु गरेकोको तेस्रो दिन कुलमानले ६ वर्षको काठमाडौं चन्द्रागिरि डाँडाबाट सम्झिँदै भने, ‘लोडसेडिङका बेला एक भाग अँध्यारो हुन्थ्यो । अर्को भाग उज्यालो हुन्थ्यो ।’

उनले यति भनेपछि चन्द्रागिरि रिसोर्टको आगनमा रमाइरहेका स–साना केटाकेटीसँग भेट भयो । केटाकेटीहरुले कुलमानलाई नमस्ते अभिवादन गरे ।

उनीसँगै आएका एक जना सञ्चालक समितिका सदस्यले केटाकेटीहरुलाई प्रश्न गरे, ‘तिमीहरुले कुलमान सरलाई चिनेका छौं ?’ ६–७ वर्ष हाराहारीका केटाकेटीले ‘चिन्दैनौं’ भनेपछि हाँसो गुन्जियो ।

भीडबाट कसैले भने, ‘यीनीहरु जन्मिँदा नेपालमा लोडसेडिङ नै हटिसकेको थियो । कसरी चिन्नु कुलमान सरलाई ।’

फेरि सबै जना हाँसे । तिहारको बेला रिसोर्टमा बास बस्न पुगेका आन्तरिक पर्यटकहरुको भीडमा कुलमान घिसिङ फोटो सेसन गर्न थाले । यो क्रम चलिरह्यो ।

धेरैले लोडसेडिङ मुक्त गरेका कुलमानलाई आदरका साथ तिहारको शुभकामना र उज्यालो बनाउने अभियान्तका रुपमा सम्मान प्रकट गरिरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...