ओलीलाई बाबुरामले दियो यस्तो कडा चु’नौ’ती, नेता कार्यकर्ता समेत दं’ग

काठमाडौं –

पूर्वप्रधानमन्न्त्री डा. बाबुराम भट्टराईले उडन्ते कुरा नगर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । साथै आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न समेत चु’नौ’ती दिएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वप्रधानमन्त्री ओलीले भट्टराईलाई कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएको भनेर प्रश्न गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष भट्टराईले ओलीलाई तत्काल जवाफ फर्काएका छन् ।


पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय नभएको भन्दै उनले ट्वीटरमा भनेका छन्, ‘हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा ज’न’यु’द्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेला संगै गएको र संगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न ’

आइतबार काठमाडौँमा कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए : “बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जाने भिसा पाउँदैन थियौँ । बाबुरामका छोराछोरीले भिसा पाउँथे ।

कसरी होला, के जादु होला त्यसमा ? एक जना भू’मि’ग’त क्रा’न्ति’का’री नेताका छोराछोरी…. बाबुको नाम त चाहिन्छ, बाबुको नागरिकता चाहिन्छ, पासपोर्ट बनाउन अनेक चिज चाहिन्छ ।

कुन पासपोर्टबाट जानु भएको थियो ? कहाँ भिसा लागेको थियो ? बाबुरामजी बताउनुहोस् त ! तपाईंको छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४ लाखदेखि ५ लाख महिनाको खर्च हुन्छ, छोरा छोरी कसरी पढाउनुभएको थियो ? कहाँको आम्दानीले भूमिगत हिँड्दा खेरी ? मैले यसो सम्झाइदिएको मात्र ! “

यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर अ’भि’व्य’क्ति दिन सुझाव  दिएकी छन् ।

ओलीले आइतबार एक कार्यक्रममा बाबुराम भट्टराईकी छोरी बेलायतमा महिनाको ५ लाखसम्म खर्च गरेर पढेको दाबी गरेका थिए । मानुषीले त्यसको जवाफमा ओलीलाई तथ्यसहित अ’भि’व्य’क्ति दिन सुझाएकी हुन् ।

ओलीले राजनीतिलाई नै मजाकको विषय बनाएको भन्दै प्रश्न गरेकी छन्, ‘राजनीतिलाई कतिन्जेल यस्तै हा’वा’दा’री र मजाकको विषय बनाउने ?’

मानुषीले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्, ‘पूर्वप्रधानमन्त्री ओलीजी, अलिकति तथ्यसहित आ’रो’प लगाउनु उपयुक्त होला ।’ ओलीले लगाएको आ’रो’पबारे उनले लेखेकी छन्, ‘स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमा (हिसिला यमी) ले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किएका थियौं ।’

नेपालमा भूमिगत नेताकी छोरी बेलायतमा कताबाट कमाएर पढाएको ? भनेर प्रश्न गरेका थिए । ओलीले आफूहरूले पासपोर्ट बनाउन नसक्ने र भीसा लगाउन नसक्ने अवस्थामा माओवादीका भूमिगत नेता भट्टराईका छोराछोरी बेलायत र युरोप गएको आरोप लगाएका थिए ।

यसको जवाफमा मानुषीले लेखेकी छन्, ‘हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं । त्यहाँ कस्तो अवस्थाबाट गुज्रियौं भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला को पेज नम्बर ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला ।’

जसपा संघीय परिषद्का अध्यक्ष भट्टराईले पनि ओलीलाई आरोप पुष्टि गर्न चुनौती दिएका थिए ।

यो पनि पढनुहोस : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वा र’ मा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आ’लो’च’ना भइरहेका बेला ओलीले भने ‘सोसल मिडिया वा र’मा सहभागी हुनुपर्ने बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अभिव्यक्तिको ग’ल’त प्रयोग गरेको भन्दै टेलिभिजनको आ’लो’च’ना गरे । एक नेताले पदका लागि उपदो म’च्चा’एपछि आफूले अभिनयका साथ ‘मलाई त पदमै रस बस्यो, पद नभई भएन’ भन्छन् भनेर बोलेको, तर एउटा टेलिभिजनले मलाईं नभई हुँदैन’ भनेर देखाएर आफूलाई ब’द्ना’म गर्न खोजेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकार भएका बेला पनि टेलिभिजन, रेडियो, सामाजिक सञ्जाललाई प्रयोग गरेर भ्र’म फैलाउने काम गरेको उनले बताए ।

आफ्नो कला, साहित्य, प्रचार माध्यम र सामाजिक सञ्जाल मार्फत यस्ता भ्रमहरु चिर्नुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएका छन् ।

आफूहरु नभएको भए २०१७ साल आइसक्थ्यो भन्दै उनले अघि भने, ‘आज त हामीसँग हरेकसँग मोबाइल छ । कसैले ग’ल’त कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी, फेरिदेखि त्यस्तो टिप्पणीहरु नगर्ने गरी त्यसको सातो लिन सक्छौं ।’

कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उनले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामी पनि यस वा रमा यथाशक्य सामेल हुनुपर्छ । हामी ठूलो संख्यामा छौं । ठूलो संख्यामा भएकाले हामी सरिक भयो भने कसैमा भ्र’म पर्न जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...