दोलखा काँग्रेस सभापति काठमाडौँबाट यस्तो अवस्थामा रं’गे’हा’त प’क्रा’उ

काठमाडौं – नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट प’क्रा’उ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा प’क्रा’उ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट प’क्रा’उ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छा’पा मारेको थियो ।

सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फ’रा’र रहेको प्रहरीको भनाइ छ ।

यस्तै पर्सा प्रहरीले चाडपर्वका बेला आर्थिकपमा जितहार हुने सबैखाले जुवालाई नियन्त्रण गर्न अभियान नै चलाएको छ । ठूलो परिमाणमा सम्पतिको हार जित हुनेखालका  जुवातासलाई  निरुत्साही पार्नका लागि अभियान चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । 

चाडपर्वका बेला हुनसक्ने सम्भावित आ’प’रा’धि’क क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजनालाई निरन्तता दिइएको उनको भनाइ थियो । 

चाडपर्वमा हर्षोल्लासको माहोल र भीडभाड साविकभन्दा बढी हुने र त्यसबखत आर्थिक कारोबारको फाइदा उठाउँदै चो’री, लु’ट’पा’ट, पा’के’टमा’री जस्ता घटना बृद्धि हुने गरेको छ ।  

सीमापारिबाट समेत अपराधी नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा श’ङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाइएको छ ।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा द’बा’ब तथा जोखिमलाई मध्यनगर गरी सुरक्षा रणनीति, का’र’बा’ही, ड्युटी परिचालनका साथै ट्राफिक व्यवस्थापन सम्मको योजना जारी गरेको हो ।

यस्तै कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना प’क्रा’उ परेका छन् । जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई प’क्रा’उ गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको बाणगंगा नगरपालिका-१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ प’क्रा’उ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगद सहित उनीहरुलाई प्रहरीले प’क्रा’उ गरेको हो ।

प’क्रा’उ परेकाहरू स्थानीय उद्योगी व्यापारी भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अ’प’रा’ध संहिता दफा १२५ अन्तर्गत मु’द्दा चलाइने जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...