कुलमान घिसिङले गरेको यस्तो भित्रि तयारीका कारण देशैभर लक्ष्मीपुजाको दिन उज्यालो

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो । 

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो ।  गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो । 

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ । यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ । 

यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो । 

चालु आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड १६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो डिमाण्ड गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत माग १७५८.८ रेकर्ड गरिएको छ । यो नै अहिलेसम्मको सबैभन्दा बढी पिक डिमाण्ड हो । 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाल, प्राधिकरणका सञ्चालकहरु विश्वप्रकाश गौतम, कपिल आचार्य,कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोलीले स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगी लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको थियो ।  

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ । प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो । 

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत अवरो’ध हुन नदिन मुलुकभर रहेका वितरण केन्द, विद्युत गृहका प्रमुखहरु र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो । 

यो पनि पढनुहोस : चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि बुधबार मध्यान्ह चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् ।

मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा समस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए ।

उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए ।

‘तिहारको समयमा बत्ती नबलेपछि जनतालाई खुल्लो हुन्छ, त्यसैले मर्मतको काममा उत्प्रेरणा होस् भनेर म पनि यतै छु,’ घिसिङले टेलिफोनमा भने,’यहाँको ट्रान्सर्फमर हटाएर पोखराबाट अर्को ल्याएर जाडेपछि आपूर्ति चालु हुन्छ ।’ उनले काममा ढिलाइ हुन नदिने पनि आफैं फिल्डमा जानु परेको बताए ।

उनले दिउँसो नै कर्मचारीहरुलाई ग’म्भी’रतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बि’डम्ब’नापूर्ण अवस्थाको स’म्वेदन’शील’ता बुझ्न उनको आग्रह थियो ।

कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई काम गर्नेहरुले जे खान चाहे खसी नै काटेर खवाएर भएपनि छिटो काम गर्न अनुरोध गरेका थिए ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा सम’स्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

‘अन्य क्षेत्रका सबस्टेसनबाट विभिन्न क्षत्रेमा विद्युत् त दिएका छौं, तर ठूलो क्षत्रेमा अझै पनि बत्ती दिन सकिएको छैन,’ घिसिङले भने,’प्राविधिक कारण आएको सम’स्यालाई बुझिदिन म अनुरोध गर्न चाहन्छु ।’

यस्तै चितवनको भरतपुर क्षेत्रमा ३६ घण्टापछि विद्युत आपूर्ति सुचारु भएको छ । सबस्टेसनमा सम’स्या आउँदा भरतपुर क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द रहेको थियो । 

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएकोमा आज बिहान १ बजेदेखि विद्युत आपूति सुचारु भएको विद्युत प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका ट्रान्सफर्मर वदलीका साथै अन्य आवश्यक मर्मतको काम सकेर विद्युत सुचारु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...