काभ्रे – खानिखोला गाउँपालिका वडा न: ४ मा निर्माण भएको पेङ्दोर्जे डम्फुपार्कमा कुमारी माध्यामिक विद्यालय परिवारले वनभोज कार्यक्रम सम्पन गरेका छ्न ।
विद्यालयले खानिखोला सरकारको गौरवको आयोजना र संघीय सरकारको आर्थिक सहयोगमा गतवर्ष मात्र निर्माण भएको डम्फू पार्क विशेष गरेर तामाङ समुदायको संस्कृति झल्किने महत्त्वपूर्ण पार्क भएकोले पर्यटन विकासको प्रवर्धन गर्ने खास उदेश्य राख्दै डम्फुपार्कमा वनभोज कार्यक्रम आयोजना गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य रुपेश लोप्चनले बताएको छ ।
खानिखोलाको सात वटै वडाको भूगोल र काभ्रे सिन्धुली मकवानपुर र केही बाराजिल्लाको दृश्य समेत अवलोकन र देख्न सक्ने भएको हुदा पालिका तथा अन्तरपालिका को विद्यालयहरुलाई पनि खुल्ला बनभोज तथा “घुम्न न लाई जाउ है खानिखोलाको पेङ्दोर्जे डम्फूपार्क” भनेर अनुरोध पनि गर्ने बताएका छन ।
कार्यक्रममा प्रमुख अतिथि को रुपमा इन्द्रबहादुर थिङ गाउपालिका अध्यक्ष र विशेष अतिथि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राम कुमार तिमसिना लगायत को उपस्थिति रहेको थ्यो भने विव्यस सदस्य नीर माया घिसिङ र बिस्नु माया मोक्तानले डम्फूरे गित गाएर स्वागत गरेका थिए भने विभिन्न नाच गान तथा नृत्य सहित गरेर सम्पन्न गरेका छन ।


















