भुम्लु गाउँपालिकाले गर्यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान !

काभ्रे – भुम्लु गाउँपालिकाका ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ ।

गाउँपालिकाभित्रका विद्यालयहरूबाट छात्र र छात्रातर्फ सर्वाधिक जीपीए हासिल गर्ने दुई विद्यार्थीलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार सहित  सम्मान गरिएको हो ।

माध्यमिक परिक्षा एसईईमा सेतीदेवी माध्यमिक विद्यालय वडा नं १ का प्रशन गिरी र अरुणोदय माध्यमिक विद्यालय वडा नं २ का मनिता खड्का रहेका छन् । उनीहरुले क्रमश ३.७४ जीपीए र ३.४४ जीपीए ल्याएर गाउँपालिका भरकै उत्कृष्ट ठहरिएका हो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल, उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा), जिल्ला समन्वय समिति सदस्य कमलराज गिरी, सामाजिक विकास समितिका संयोजक तथा वडा नं ५ का अध्यक्ष अञ्चल मोक्तान र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर के.सी सहितका पदाधिकारीहरूले उनीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रममा उपाध्यक्ष तामाङले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उत्कृष्ट विद्यार्थी र विद्यालयहरूलाई सम्मान गरिएको बताउनु भएको छ साथै उहाँले गाउँपालिकाले विगत दुई वर्षदेखि एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद सहित पुरस्कृत गर्दै आएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...