नवौँ तामाङ ज्ञान महोत्सव हुदै !

काठमाडौं – नवौँ तामाङ ज्ञान महोत्सव हुने भएको छ। तामाङ पहिचान दिवसको अवसरमा बिहीबार ज्ञान महोत्सव हुन लागेको हो ।

१९८९ साल भदौ ६ गते तत्कालीन प्रधानमन्त्री भीमशमशेर राणाले तामाङ लेख्न–लेखाउन इस्तिहार जारी गरेकोले सो दिनलाई पहिचान दिवसको रूपमा मनाउने गरिएको छ ।

ज्ञान महोत्सवमा दशवटा कार्यपत्रहरू प्रस्तुत हुने नवौँ तामाङ ज्ञान महोत्सव संयोजक निष्णु थिङले बताए। ज्ञान महोत्सवमा तामाङ समाजमा बोन परम्परा, तामाङ समाजमा द्वन्द्व व्यवस्थापन, तामाङ भाषाका भौगोलिक भाषिक भेदहरू, बागमती प्रदेशमा तामाङ भाषा सरकारी कामकाजको कार्यान्वयन के हुँदै छ?लगायत कार्यपत्र प्रस्तुत हुनेछन्।

विगत नौँ वर्षदेखि पहिचान दिवसको उपलक्ष्यमा तामाङ न्हाङखोर, तामाङ डाजाङ र तामाङ राष्ट्रिय पुस्तकालय संस्थाहरूको संयुक्त आयोजनामा ज्ञान महोत्सवको आयोजना हुँदै आएको छ। महोत्सवलाई विभिन्न अनलाइन मिडियाले लाइभ गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...